-->
शहिद मङगलसिह राजपुतको शव कालेबुङ ल्याईपुर्‍याईयो

शहिद मङगलसिह राजपुतको शव कालेबुङ ल्याईपुर्‍याईयो

डी के वाइबा, कालेबुङ अगस्त। छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति शहिद भएका मङगलसिह राजपुतको शव आज कालेबुङ ल्याईपुर्‍याईयो। तिनको शव कालेबुङ ल्याईपुर्‍याउँदा हजारौँ मानिसहरुले सडकमा गोर्खाल्याण्ड जिन्दावाद ! मङगलसिह राजपुत अमर रहोस !! भन्दै जोडदार नाराबाजी लगाए। तिनको मृत्युले शोकित बनेका सम्पूर्ण मानिसहरुले तिनलाई श्रद्धाञ्जली अर्पण गर्दै जोडदार नाराबाजी गर्दा एकचोटी कालेबुङ शहर नै गोर्खाल्याण्डको नाराले गुञ्जयमान भयो। यस अवधी सडकमा जीटीए मूर्दावाद र बङगाल सरकार मूर्दावादको नारा पनि मोर्चा समर्थकहरुले लगाए। सिलगडीको एउटा निजी नर्सिङ होममा तिनको मृत्यु भए पछि आज तिनको पार्थिव शरिर उत्तरबङ्गाल मेडिकल कलेज एंव अस्पतालमा पोष्टमार्टम गरेर कालेबुङ स्थित डा ग्राह्म होम्समा तिनको पार्थिव शरिर ल्याईएको छ। यस अवधी तिनको शव कालेबुङ ल्याईपुर्‍याउँदा सम्ममा सडकमा मानिसहरुको भीड व्यापक मात्रमा जमेको थियो। तिनलाई श्रद्धाञ्जली प्रकट गर्न कालीझोडा देखि नै मानिसहरु सडक किनारामा लामबद्ध थिए। जति जति तिनको पर्थिव शरिर कालेबुङ ल्याउँदै थियो त्यति त्यति नै मानिसहरुको भीड पनि बडदै थियो। आखिरमा कालेबुङ आईपुग्दा जनसैलाबले सम्पूर्ण सडक नै ढाकेको थियो। छुट्टै राज्य गोर्खाल्याण्ड चाहने जनताहरु कालेबुङको मेन रोडमा हजारौको संख्यामा तिनको अन्तिम दर्शन गर्न भेला भएका थिए। यस अवधीको तिनको शवको दर्शन गर्न यहाँको डम्बर चौकमा केहीक्षणको निम्ति राखिएको थियो। यस अवधी कालेबुङ शहरमा गोर्खाल्याण्डको नाराले गुञ्जियो। बङ्गाल सरकार प्रति आक्रोश मानिसहरुले नारामा प्रकट गरिरहेका थिए। मानौ एउटा मङगलसिहको मृत्युमा ओर्लिएको भीड राज्य प्राप्तिको लडाईमा सरकार बिरुद्ध आफ्नो ज्यान प्राणको वास्ता नगरी लडनलाई आज उत्सुक देखिन्थे। राजपुतको मृत्युमा शोक थियो त बङगाल सरकार प्रति आक्रोश। यसै अवधी तिनलाई उच्च नागरिक सम्मानका साथ साँझमा निजी निवास पुर्यापइएको छ भने भोलि तिनको अन्तिम संस्कार गरिने छ। राजपुतको अन्तिम यात्रामा सम्पूर्ण पहाडबाट मानिसहरू सहभागी हुन आउने कुरालाई ध्यानमा राख्दै मोर्चाले भोलि सवारीसाधनहरूको चलाचलमा छूट दिएको छ। अर्कोतिर, आज अनिश्चितकालिन पहाड बन्दको दोस्रो दिन केही छुटपूट हिंसाका घटनाहरूबाहेक शान्तिपूर्ण बितेको छ। राष्ट्रीय राजमार्ग31एको बिरीक डाँडामा आज बन्द समर्थकहरूले एउटा म्याक्स वाहन जलाइदिएका छन। WB 3016 नम्बर भएको सो वाहनको दिशामा उत्तरतिर थियो। यो घटना विहानलगभग आठ बजीतिर भएको थियो। उक्त घटना बिषयमा पुलिसले जाँच गरिरहेको छ भने घटना बिषयमा कसैले पुष्टि गर्न सकेको छैन। 


0 Response to "शहिद मङगलसिह राजपुतको शव कालेबुङ ल्याईपुर्‍याईयो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.