-->
एनबीएसटीसी बसको खचाखच चलाचल - राज्य सरकार प्रसन्न

एनबीएसटीसी बसको खचाखच चलाचल - राज्य सरकार प्रसन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 अगष्ट 2013। गोर्खाल्याण्ड राज्य प्राप्तिको आन्दोलनमा जनता सडकमा छन, आन्दोलनकारीहरुलाई पक्रिन सीआरपी तैनाथ छन अनि यता दार्जीलिङ पहाड राज्य प्राप्तिको मागमा अनिश्चितकालिन बन्द छ। शहिद दिवसलाई छेक पारेर शुरु भएको तेस्रो चरणको गोर्खाल्याण्ड आन्दोलनको आगो अहिले दार्जीलिङ पहाडमा दन्किरहेको छ। आन्दोलनलाई अघि बडाउँन गोर्खाल्याण्ड माग्ने दलहरु एउटै मञ्चमा उभिसकेका छन। 
आन्दोलनलाई सहयोग गर्ने जनताहरुमा सरकारी र गैरसरकारी कार्यालयका कारिन्दा र अधिकारीहरु कार्यालयको आफ्नो काम त्यागेर बसेका छन भने आर्कोतिर चालकहरु समेत सडकमा उत्रिएको कारण वाहनहरुको चलाचल समेत ठप्प छ। दोकानपाट्, शैक्षिक संस्थान सबै लगभग महिना दिनदेखि बन्द अवस्थामा रहेको छ। यस्तो अवस्थामा पनि राज्य सरकारले भने गोर्खाल्याण्ड आन्दोलनकारीहरुबाट अहिले दैनिक मुनाफा कमाईरहेको छ। छुट्टै राज्य प्राप्तिको मागमा सम्पूर्ण दार्जीलिङ पहाड बन्द रहेको छेक पारेर राज्य सरकारले अहिले एनबीएसटीसी बस सेवा सञ्चालन गरेर मुनाफा कमाईरहेको छ। 
पहाडका सम्पूर्ण चालकहरु आफ्नो वाहन ग्यारेज र घरमा थन्काएर सडकमा गोर्खाल्याण्ड जिन्दावादको नाराबाजी लगाईरहेको समयमा उता राज्य सरकारले चलाएको एनबीएसटीसी बस भने दैनिक खचाखच भिडको साथमा यात्रीहरु बोकेर ओहोर दोहोर गरिरहेको छ। यसबाट बन्दको संकटमा आपतकालिन कार्यको निम्ति मानिसहरुले सुबिधा त पाईरहेका छन नै तर यता आन्दोलनलाई शिथिल पार्न पनि सरकारले चालेको उक्त पहल सफल बन्दै गएको भान भईरहेको छ। 
किनभने गोर्खाल्याण्ड माग्ने दलहरुलाई अझसम्म सरकारले न त बैठकमा बोलाएको छ नत गोर्खाल्याण्ड गठन र यहाका जनताहरुको मागबारे कुनै सकारात्मक दृष्टिकोण नै राखेको छ। गोर्खाल्याण्ड आन्दोलन प्रति किञ्चित पनि सकारात्मक दृष्टिकोण नराखेको राज्य सरकारले एकातिर आन्दोलनलाई शिथिल पार्न यसरी एनबीएसटीसी सेवा सञ्चालन गरिरहेको छ भने भीडको साथमा चडीरहेका यात्रीहरुले सरकारको पाईलालाई सफलताको गोरेटोमा दोहोर्‍याईरहेको भान भएको छ।

0 Response to "एनबीएसटीसी बसको खचाखच चलाचल - राज्य सरकार प्रसन्न"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.