
छुट्टै राज्य गोर्खाल्याण्ड चाहने राजनैतिक पार्टीहरु एउटै मञ्चमा
डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 अगष्ट 2013। छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्ने दार्जीलिङ पहाडका राजनैतिक पार्टीहरु एक सुत्रमा बाँधिएका छन। दिर्घ दिनदेखी छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने पहाडका राजनैतिक पार्टी एक होस भन्ने जनताको चाहना आज पूर्ण भएको छ। गोजमुमो पार्टीले आज दार्जीलिङको जिमखाना हलमा डाकेको सर्वदलिय बैठकमा गोर्खाल्याण्ड माग्ने दलहरु एक भएर आन्दोलनलाई अघि बडाउँने कुरामा सहमत भएका छन।
मोर्चाले डाकेको उक्त सर्वदलिय बैठकमा गोजमुमो संगै क्रामाकपा, गोर्खालिग, भारतिय गोर्खा परिसंघ, गोर्खाल्याण्ड टास्क फोर्स, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा, हिल काङ्ग्रेस, हिल भाजपा पार्टीका प्रतिनिधीहरुले भाग लिएका थिए। मोठ आठवटा दलहरुको सहभागीता रहेको सर्वदलिय बैठकमा आखिरमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई आगामी दिनमा कसरी बडाउँनुपर्ने भन्ने बिषयमा साझा समिति गठन गरेर आन्दोलनको रुपरेखा तयार पार्ने सहमति बनिएको छ।
मोर्चा प्रमुख बिमल गुरुङ स्वय उपस्थित रहेको उक्त सर्वदलिय बैठकमा गोजमुमो पार्टीका महासचिव रोशन गिरी, उपाध्यक्ष प्रदिप प्रधान, तीनजना बिधायकहरु डा हर्कबाहादुर छेत्री, त्रिलोक देवान, डा रोहित शर्मा लगायत अन्य केन्द्रिय नेताहरु उपस्थित रहेका थिए।
यता क्रामाकपा पार्टीको पक्षमा पार्टीका उपाध्यक्ष जे बी राई, आनन्द लामा, किशोर प्रधान, गोबिन छेत्री, नर्बुजी लामा, अभागोलीबाट उपाध्यक्ष लक्षमण प्रधान, भागोपबाट अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधान, गोटाफो राष्ट्रिय समन्वयक आर मोक्तान गोरानिमोका दावा पाख्रिन लगायत अन्य पार्टीका नेतृत्ववर्ग उपस्थित रहेको उक्त सर्वदलिय बैठकमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई कसरी अघि बडाउँनु भन्ने बिषयमा निकै बहस भएको थियो। यसका साथै बैठकमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन जीटीए खारेज गर्नु अनिवार्य रहेको पनि अन्य राजनैतिक पार्टीका प्रतिनिधीहरुले बताए।
चार घण्टा भन्दा अधिक समयसम्म सम्पन्न भएको उक्त बैठकमा सम्पूर्ण राजनतिक पार्टीका प्रतिनिधीहरुले राखेको कुराहरुलाई मोर्चा अध्यक्ष बिमल गुरुङले गम्भिरतापूर्वक सुने पछि तिनले पनि आन्दोलनलाई साझारुपले कसरी बडाउँनु भन्ने बिषयमा आफ्नो कुरा राखे। धेरै लामो समय सम्म बहस चलेपछि आखिरमा दार्जीलिङ पहाडका आठवटा राजनैतिक दलहरुले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँने साझा मञ्च गठन गर्नुपर्ने कुरालाई सर्वसम्मतिले स्वीकार गरे।
सम्पूर्ण राजनतिक पार्टीहरुले एउटा साझा मञ्च तयार पारेर गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन साझा रणनीति तयार पार्नुपर्ने कुरामा सहमती जनाउनको साथै अहिलेघरी पुलिस प्रशासनले आन्दोलनलाई दबाउँन गरिरहेको कार्यप्रति पनि बिरोध जनाएको छ।
आन्दोलनलाई अघि बडाउँनको निम्ति आगामी 16 अगष्टको दिन पुन: सर्वदलिय बैठक बसेर कार्यक्रम तय गर्ने पनि सहमति बनेको छ भने मोर्चाले पूर्वघोषणा गरेको जनता कर्फ्युलाई सम्पूर्ण राजनतिक पार्टीहरुले सफल बानाउँने निर्णय गरेको छ। दार्जीलिङ पहाडमा छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने दलहरु एकबद्ध भएपछि यता सम्पूर्ण मानिसहरुमा खुशीको लहर देखा परेको छ।
यद्यपी उक्त सर्वदलिय बैठकमा तृणमूल कङ्ग्रेस, गोरामुमो अनि माकपा पार्टीका प्रतिनिधीहरुले भने भाग लिएनन।
0 Response to "छुट्टै राज्य गोर्खाल्याण्ड चाहने राजनैतिक पार्टीहरु एउटै मञ्चमा "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.