-->
गोजमुमो पहिला जीटीए नै खारेज गर्नुपर्छ तब मात्र आन्दोलनमा विश्वास हुनेछ – गोटाफो

गोजमुमो पहिला जीटीए नै खारेज गर्नुपर्छ तब मात्र आन्दोलनमा विश्वास हुनेछ – गोटाफो

डी के वाइबा, कालिमन्युज, कालेबुङ 2 अगस्त 2013। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले जीटीए चिफको पदबाट राजीनामा दिए पनि जबसम्म मोर्चाले जीटीएलाई नै त्याग्दैन तबसम्म मोर्चाको आन्दोलनमाथी विश्वास गरिहाल्न नमिल्ने बिभिन्न राजनैतिक पार्टीहरुको सयुक्त मञ्च गोटाफोले स्पष्ट पारेको छ। 
गोटाफोको बैठकमा मोर्चाले जीटीएलाई त्याग गरे आफुहरु सहर्ष आन्दोलनको निम्ति मैदानमा उत्रिने प्रस्ताव पारित गरेकोछ। “गोजमुमो पार्टीले जीटीएलाई त्याग्न पर्छ। जीटीएको घडेरीमा गोर्खाल्याण्डको ईँटा थप्न मिल्दैन। यदि मोर्चाले जीटीए त्यागे हामी उनीहरुसंग काँधमा काँध मिलाएर आन्दोलनमा अघि बड्नेछौँ” – गोटाफो अध्यक्ष सुखमान मोक्तानले भने। 
तिनले जीटीए अलग राज्यको मार्गमा बाधा हो भन्ने मोर्चाले अहिले अनुभव गरेको कुरा गोटाफोले सम्झौता भएको दिनदेखि नै भन्दै आएको बताउँदै मोर्चाले अब सामुहिक नेतृत्वको आन्दोलन गर्ने दिशातिर सोच निर्माण गर्नु पर्ने विचार व्यक्त गरेका छन। 
यसक्रममा तिनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै “जीटीए चिफको पदबाट बिमल गुरुङले राजीनामा दिएको कार्यलाई हामी स्वागत गर्छौँ । तथापी अझै शंका गर्ने ठाउँ छ। यदि तिनी आन्दोलनको निम्ति इमान्दार छन भने तत्कालै जीटीए खारेज गरेर अघि आउन। हामी एकसाथ मिलेर आन्दोलनको पथमा बढ्न तयार छौं” मोक्तानले भने। आफुहरुले जीटीएको सम्झौता नै गोर्खाल्याण्डको निम्ति हानिकारक थियो भन्दै आगमी दिनमा जीटीएको सम्झौता पत्र जलाएर आफ्नो विरोध प्रदर्शन गर्ने कार्यक्रमसमेत तय गरेको जानकारी पनि दिएका छन। 
यता, पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गोटाफो महासचिव मुनिश तामाङले भागोप अनि गोटाफोले गोर्खाल्याण्डको निम्ति केही कार्य नगरेको आफुहरुलाई आरोप लाग्ने गरेको बताउँदै भागोप अनि गोटाफोले गोर्खाल्याण्डको निम्ति गरेको कार्यहरुको सम्पूर्ण जानकारीनै दिए। 
“हामी हिज पनि गोर्खाल्याण्डको निम्ति काम गर्दै थियौँ आज पनि गर्दैछौ अनि भोली पनि गरिरहनेछौँ” मुनिष तामाङले भने। आफुहरुले छुट्टै राज्य गोर्खाल्याण्डको समर्थनमा भारतका बिभिन्न मन्त्री, मुख्यमन्त्री, सांसदहरुलाई भेट्ने कार्य गरिसकेको बताउँदै राष्ट्रिय बहसमा हराउँदै गएको गोर्खाल्याण्डको मुद्दालाई आफुहरुले सक्रिय बनेर जिउँदो राखेको दाबी गरेका छन। 
तिनले गोर्खाल्याण्डको निम्ति भागोपलगायतका विपक्षी दलहरूले के गरे भन्ने प्रश्न उठाउनु तर्कसम्मत नहुने दाबी गर्दै आफुहरुलाई प्रश्न गर्न अघि जनताले जसलाई भोट दिएर चुनेका छन उनीहरुलाई पहिला प्रश्न गर्नु भनि सुझाव दिएका छन। किनभने पहिला जवाबदेही जनताको भोट पाउँनेहरु हुने तामाङले दाबी गरे। यसैक्रममा भागोप राष्ट्रिय अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले पनि छुट्टै राज्य प्राप्तिको निम्ति मोर्चाले जीटीए पहिला त्याग्नु पर्ने सुझाव दिएका छन। 
“मोर्चाले जीटीए त्यागेर आन्दोलनलाई सयुक्तरुपमा अघि बडाउँन सकिने सहमतिमा ल्याउँने कार्य गर्नुपर्छ” प्रधानले भने।
/div>

Related Posts

0 Response to "गोजमुमो पहिला जीटीए नै खारेज गर्नुपर्छ तब मात्र आन्दोलनमा विश्वास हुनेछ – गोटाफो"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.