-->
सभासद निमा तामाङ र युवा कार्यकर्ताहरुको पक्राउ

सभासद निमा तामाङ र युवा कार्यकर्ताहरुको पक्राउ

Photo: दैनन्दिनी समाचार, कालेबुङ 15 अगष्ट। कालेबुङका सभासद निमा तामाङलाई राती पुलिसले छापा मारेर पक्राऊ गरेको छ। तिनी संगै अन्य युवाहरु पनि पक्रा परेका छन। जानकारी अनुसार सभासद निमा तामाङलाई पुलिस अनि सीआरपीले सन्युक्त छापा मारेर राती 1:45 बजे पक्राऊ गरेको हो। तिनी संगै अन्य छ जना युवाहरु पनि पक्रा परेको जानकारी प्राप्त भएको छ। पक्रा परेका सभासद तामाङलाई राती नै सिलगडी लगिएको थाह लाग्को छ।
कालिमन्युज / दैनन्दिनी समाचार, कालेबुङ 15 अगष्ट। कालेबुङका सभासद निमा तामाङलाई राती पुलिसले छापा मारेर पक्राऊ गरेको छ। तिनी संगै अन्य युवाहरु पनि पक्रा परेका छन।  
जानकारी अनुसार सभासद निमा तामाङलाई पुलिस अनि सीआरपीले कालेबुङमा सन्युक्त छापा मारेर राती 1:45 बजे पक्राऊ गरेको हो। तिनी संगै अन्य छ जना युवाहरु पनि पक्रा परेको जानकारी प्राप्त भएको छ। सभासद निमा भालुखोप होम्स समस्टीका सभासद हुन।
पक्रा परेका सभासद तामाङलाई राती नै सिलगडी लगिएको थाहा लागेको छ। पुलिसले  अहिलेसम्म उनको पक्राउको खबर सार्वजनिक गरेको छैन। वर्तमानसम्म 8 जना सभासद्लाई पक्राउ गरेर जामिन दिन अस्वीकार गर्दै विभिन्न स्थानका जेलमा रिमाण्ड्मा राखिएकोछ। आज सम्म पक्रा पर्ने गोक्षेप्र सभासदहरु हुन रमेश लामा (पेशोक), प्रकाश गुरुङ (रिम्बीक लोधोमा), अनित थापा (खर्साङ गिद्धेपहाड), महेन्द्र प्रधान ( सोनादा पचेङ), प्रणय थापा ( प्ंखाबारी अम्बोटे),  कल्याण देवान (ग़ित्डाब्लीङ निम्बोङ), अनुज थापा (टुङ सेंट मेरी) र निमा तामङ( होम्स भालुखोप) ।
यता कालेबुङ लगायत पहाड्का विभिन्न स्थानमा 2 घण्टा, र भोलिदेखि बन्दको अफवाह र ह्ल्ला कतिपय मानिसहरुले आफै आतंकित भएर फैलाइरहेको विभिन्न सुत्रले जनाएकोछ।  

0 Response to "सभासद निमा तामाङ र युवा कार्यकर्ताहरुको पक्राउ "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.