
गोर्खाल्याण्डको मुद्दा बोकेर प्रो महेन्द्र पी लामा अब चुनावी मैदानमा... Prof M.P.Lama may contest MP election 2014 for Gorkhaland
ठिक ठाउँमा ठिक तरिकाले हाम्रो मुद्दा उठाउँन सके गोर्खाल्याण्ड हुनेछ – प्रो लामा
डी के वाइबा, कालिमन्युज, कालेबुङ, 6 जुलाई। “मैले बाहिर बसेर धेरै कार्य गरे। देशका धेरै ठूला नेताहरु देखि लिएर मन्त्रीहरु साथै आन्तरिक सुरक्षा समितिका सदस्य समेत बनेर कार्य गरे। अब आफ्नो जाति र समाजको निम्ति काम गर्ने बिचार जागेको छ। छुट्टै राज्य गोर्खाल्याण्ड प्राप्तिको निम्ति काम गर्ने चाह बडेको छ। यदि जनताको निम्ति काम गर्न सांसदको निम्ति चुनाव लड्न भनेर आम जनता लगायत सबै राजनैतिक पार्टीहरुले भन्छन भने त्यसको निम्ति म तयार छु” – उक्त कुरा प्रो महेन्द्र पी लामाले भनेका हुन।
राजनीति र राजनैतिक पार्टीहरुदेखि टाडा बसेर घरी घरी छुट्टै राज्य गोर्खाल्याण्डको वकालती गर्ने प्रो महेन्द्र पी लामाले आखिरमा छुट्टै राज्यको मुद्दालाई टुङ्गो लगाउँन मैदानमा ओर्लिने निश्चय गरेका छन। तिनले आगामी 2014 मा हुने लोकसभा चुनावलाई मध्यनजर राखेर यदि छुट्टै राज्य गोर्खाल्याण्ड चाहने आम जनताले आगामी लोकसभा चुनावमा सांसदका रुपमा आफुलाई खडा हुने आह्वान गरे आफु तयार रहेको स्थानिय पत्रकारहरुलाई स्पष्ट पारे।
यद्यपी तिनले सांसदको निम्ति आफुलाई सम्पूर्ण जनता, राजनैतिक पार्टी, सामाजिक संघ संस्थाहरुको सहयोग हुनपर्ने अनि यसमा आम सहमति हुनपर्ने बताए। तिनले गोर्खाल्याण्डको मुद्दालाई निष्कर्षमा पुर्याउँन यसपल्ट गोर्खाल्याड चाहने सबै राजनैतिक दल, सामाजिक संस्था लगायत आम जनताले जात, धर्म र रंग हेर्न नहुने बताउँदै जनताले चाहेको खण्डमा आफु राजनैतिक पार्टीको टिकटमा नभएर निर्दल प्रार्थीको रुपमा खडा हुने घोषणा नै गरे।
दार्जीलिङ पहाडको राजनीतिमा एकाएक आगामी लोकसभा चुनावमा जनताले चाहेको खण्डमा खडा हुने बिचार प्रकट गरेपछि अहिले प्रो महेन्द्र पी लामा चर्चाको बिषय बनेका छन। पहाडको राजनीतिमा अचानक खैलाबैला मच्चाउँने प्रो लामा आज कालेबुङ आईपुगेका थिए। यस अवधी तिनले पत्रकारहरुसंग कुराकानी गर्दै जनताले चाहे निर्दल प्रार्थीको रुपमा खडा हुने आफ्नो अडान स्पष्ट पारे।
आज कालेबुङ आईपुगेका लामाले आफ्ना साथीहरुलाई भेटघाट गर्न आएको बताउँदै आगामी लोकसभा चुनावलाई लिएर प्राराम्भिक कसरत गर्न आएको होईन भने।
“हामीले के गर्न सक्छौँ भन्ने कुरामा ध्यान दिईरहेका छौ। बिगतका दिनहरुमा जे भयो भयो त्यसलाई भुलेर अघि बड्न आवश्यक छ। हाम्रो समय धेर छैन। भविष्यमा आफ्नो जाति, क्षेत्र र राष्ट्रको निम्ति के गर्न सक्छौ भनेर अब लागी परेका छौँ” प्रो लामाले भने।
छुट्टै राज्य गोर्खाल्याण्डको सपना साँचेर आफु पनि यसै क्षेत्रमा हुर्किएको बताउँदै अहिले धेरै मानिसहरुले आगामी लोकसभा चुनावमा उठेर छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा अघि बडाउँने आह्वान गरिरहेको तिनले अझ बताए। यस सन्दर्भमा यदि जनताले नै आफुलाई चाहन्छन भने “नाई” भन्न सक्दिन भने। छुट्टै राज्यको मुद्दालाई लिएर दार्जीलिङ पहाडबाट चुनावमा जितेर राष्ट्रिय स्तरका नेताहरु गए पनि उनीहरुले संसदमा अहिलेसम्म मौनता अप्नाएर बसेको तिनले एक प्रश्नको उत्तर दिदै भने।
“छुट्टै राज्य गठनको निम्ति सरकारलाई बुझाउँने कार्य गर्न सक्छु। मैले सरकारसंग धेरै कार्य गरेको कारण यस मुद्दालाई ठिक ठाउँमा पुर्याउँन सक्छु भन्ने म आफैलाई विश्वास छ। अहिलेसम्म हाम्रो मुद्धा ठिक ठाउँमा ठिक तरिकाले ठिक समयमा पुर्याउँन हामी असमर्थ बनेका छौँ। यदि सांसद भए हाम्रो मुद्दालाई अघि बडाउँन टेवा पुग्नेछ अनि हामीले छुट्टै राज्यको दिर्घकालीन समाधान निकाल्न सक्नेछौँ” प्रो लामाले भने।
पत्रकारहरुसंग कुराकानी गर्दै तिनले छुट्टै राज्यको निम्ति अब आफुले सामाजिक उत्तरदायित्व पूरा गर्ने समय आएको पनि बताए। यस अवधी आगामी लोकसभा चुनावमा निर्दलीय प्रार्थीका रुपमा खडा हुने मनाशय बनाएको समयमा यदि कुनै पनि राष्ट्रिय स्तरका राजनैतिक पार्टीहरुले सांसदको टिकट दिए के गर्नुहुन्छ भनि तिनलाई प्रश्न गर्दा तिनले भने – “म शुरु देखिनै कुनै राजनैतिक पार्टीमा सम्बद्ध छुईन। यसभन्दा अघि पनि मलाई सांसदको निम्ति राष्ट्रिय स्तरका पार्टी लगायत क्षेत्रिय स्तरका पार्टीहरुले सोधेकै हो। यद्यपी आफु राजनैतिक पार्टीबाट टाडा भएको कारण अनि निर्दलीय भएर पनि काम गर्न सकिन्छ भन्ने विश्वास भएकै कारण कुनै पनि राजनैतिक पार्टीको टिकटमा नउठेर निर्दलीय लड्ने नै निर्णय गरेको हो”।
तिनले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँन निर्दलीय प्रार्थीको रुपमा जनताले चाहे चुनाव लड्ने घोषणा गरे पनि कुनै राजनैतिक पार्टी गठन गर्ने सोंच भने नरहेको स्पष्ट पारे। एउटा निर्दिष्ट लक्ष्य लिएर अघि बड्दा कसैले कसैलाई गाली गर्ने र नराम्रो व्यवहार गर्न नहुने बताउँदै सबै राजनैतिक पार्टी लगायत संघ संस्था एक हुन अति आवश्यक रहेको तिनले दोहोर्याए। तिनले आगामी दिनहरुमा पहाडको सत्तासिन पार्टी गोजमुमो लगायत अन्य राजनैतिक दल, गैरराजनैतिक संगठन, धार्मिक संगठन सबैसंग पत्राचार गरेर भेटघाट गर्ने थप जानकारी पनि दिए।
0 Response to "गोर्खाल्याण्डको मुद्दा बोकेर प्रो महेन्द्र पी लामा अब चुनावी मैदानमा... Prof M.P.Lama may contest MP election 2014 for Gorkhaland"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.