-->
  जलपाईगुडी जिल्लाको चुनाउ शान्ती पूर्ण समपन्न भयो ।

जलपाईगुडी जिल्लाको चुनाउ शान्ती पूर्ण समपन्न भयो ।

राजेश शर्मा, कालिमन्युज, जयगांव 25 जुलाई 2013 । पश्चिम बंगालको अन्तीम चरणको पंचायत चुनाउ आज जलपाइगुडी डुवर्समा शान्तीपूर्वक सम्पन्न् भयो । आज जलपाईगुडी जिल्लामा कूल 2745 पुलिंग बुथहरुमा चुनाउ समयमै प्रारम्भ भयो । आजको चुनाउको माहौल कालचिनी क्षेत्रमा भने सदा भन्दा धेरै अचम्भको देखीयो बिगत दिनहरुमा भएको चुनाउमा पार्टी पार्टी माझ आपसी तनाव हुने वा उतेजना हुंथ्यो तर आज यसो भएन तर शान्तीपूर्ण सम्पन्न भयो । 
जलपाईगुडी जिल्लाको मैनागुडी र धुपगुडीमा भने सिपिएममाझ झड्प् भयो जसमा केही व्यक्तिहरु सामन्य रुपमा घाईते भए। चुनाउको दिन दिउसोको गर्मी धेरै तेज भएकोले आज मतदाताहरुले मत खसाल्नुमा धेरै असुविधा भएको थियो जसको कारण जलपाईगुडी जिल्लाको  फुलबारी डाबग्राम क्षेत्रमा भने भोट दिन गएका एक् 75 वर्षका बृद्ध महेन्द्र बर्मनले चुनावको लाइनमा नै दमतोडेको जानकारी उक्त क्षेत्रको सुत्रले बताएको छ ।
आज चुनाउ शान्तीपुवर्क् भएता पनि धुपगुडी क्षेत्रको 230 नम्बर बुथमा भोट आरम्भ हुनू भन्दा अघि नै भोट बन्द भयो । त्यस क्षेत्रमा खडा भएका सिपिएना उम्मेव्दारको नाम ब्यालोट पेपरमा नछापिएकोले गर्दा भोट बन्द गरिएको जानकारी उक्त क्षेत्रका चुनाउ अधिकारीले बताए । सात बजे देखी आरम्भ गरीएको चुनावमा बेलुकि पांच बजे देखी मतदान बन्द गर्न पर्ने समयसम्म भिड बडेको कारण लाइनमा लागेकाहरुलाइ टोकन दिएर पाचं बजे पछिसम्म पनि मतदान भयो। जिल्लाला 71% प्रतिसत मत खसेको  जलपाईगुडी जिल्ला शासक सकारी महापात्रोले जनाए।  जलपाईगुडी जिल्लामा कुल 13 ब्लकमा  146 ग्राम पंचायत आसनको निम्ति 7538 उम्मेद्वारहरुले आफनो भाग्य अजमाए भने  133  पंन्चायत समिति आसनको निम्ति 1519 उम्मिव्दारहरुले भाग्य अजमाएका छन। जिल्ला परिषदको ३७ आसनमा जम्मा २०५ जनाले उम्म्वेदारिता दिएका छन। कुल मतदाता  21 लाख 67 हजार  8 सय 82 जना रहेको यस क्षेत्रबाट चुनावमा 9 वटा जिल्ला परिषदको स्थानमा 9 जना जसमा 2 वटा तृणमूल 2 काग्रेस 3 वटा सिपिएम र 1 निदर्लय उम्मिव्दार छन तथा उक्त  क्षेत्रमा जम्मा  २७४७ पुलिंग बुथ छन ।  तथा आज बिहन 6 बजे देखी भोली छ बजे तर अंतराष्टीय सिमा सिल गरेको छ । 

Related Posts

0 Response to " जलपाईगुडी जिल्लाको चुनाउ शान्ती पूर्ण समपन्न भयो ।"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.