-->
युवा मोर्चा अनि विद्यार्थी मोर्चाको “जीटीए मूर्दावाद" लाई गोर्खाल्याण्ड टास्क फोर्सको स्वागत  ....... बन बस्तिहरुको बिकाशको निम्ति आएको धनराशी प्रयोग नगरेको आरोप

युवा मोर्चा अनि विद्यार्थी मोर्चाको “जीटीए मूर्दावाद" लाई गोर्खाल्याण्ड टास्क फोर्सको स्वागत ....... बन बस्तिहरुको बिकाशको निम्ति आएको धनराशी प्रयोग नगरेको आरोप

डी के वाइबा, कालिमन्युज, कालेबुङ 19 जुलाई 2013।  जीटीए सम्झौताको ठिक दुईवर्ष पछि गोर्ख जनमुक्ति मोर्चाको भातृ संगठन युवा मोर्चा अनि विद्यार्थी मोर्चाले “जीटीए मूर्दावाद” भन्दै गोर्खाल्याण्डको माग अघि बडाउँने घोषणालाई गोर्खाल्याण्ड टास्क फोर्सले स्वागत जनाएको छ। 
गोटाफो राष्ट्रिय समन्वयक आर मोक्तानले आज एक पत्रकार सम्मेलन डाकेर युवा मोर्चा अनि बिद्यार्थी मोर्चाको घोषणालाई स्वागत गरे। 
“गोजमुमो पार्टीले जीटीए थापेको दुईवर्ष पछि भातृसंगठन युवा अनि विद्यार्थी मोर्चाले जीटीए खारिज गरेको छ। यो गोर्खाल्याण्डको निम्ति शुभ संकेत हो। हामी उनीहरुको बिचारलाई स्वागत गर्छौँ” मोक्तानले भने। 
छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति गोटाफोले सबै राजनैतिक पार्टीहरुलाई एक मञ्चमा ल्याउँने प्रयास गरेको अनि गोजमुमोलाई पनि पत्राचार गरेर एउटा मञ्चमा आउँने आह्वान गरेको बताउदै यदि उनीहरुलाई गोटाफोमा आउन असुबिधा भए मुद्दाको निम्ति एक हुनपर्ने आह्वान गरे। 
केन्द्रमा तेलेंगना गठनको चर्चा चुलिएको समयमा दार्जीलिङ पहाडका गोर्खाल्याण्ड माग्ने दलहरु एकार्काको वैमन्यष्यता भुलेर एक हुन आवश्यक रहेको पनि मोक्तानले बताएका छन। 

कालेबुङ 19 जुलाई। हिमालयन फरेष्ट भिलेजर्स अर्गनाईजेसनले सरकारबाट बन बस्तिहरुको सर्वाङ्गिन बिकाशको निम्ति आएको धनराशी आगामी 24 जुलाई सम्ममा कालेबुङको बन बिभागले बनबस्ति बिकाशको निम्ति दिनुपर्ने चेतावनी दिएको छ। यदि बिभागले बनबस्ति बिकाशको निम्ति आएको धनराशी प्रयोग नगरे 25 जुलाईको दिनदेखि कालेबुङ महकुमा अधिनस्थ बनबिभागमा तालाबन्दि गर्ने घोषणा गरेको छ। 
संगठनका महासचिव लिलाबहादुर छेत्रीले केन्द्र सरकारबाट बनबस्ति बिकासको निम्ति प्राप्त हुने बिशेष सहुलियत कालेबुङको बनबिभागले गत धेरैवर्ष देखि प्रयोग नगरेको आरोप लगाउँदै उक्त धनराशी 4 करोड भन्दा धेर रहेको बताएका छन। 
तिनले यस बिषयमा सम्बन्धित बिभाग, महकुमा अधिकारी, पुलिस प्रशासन आदि सबैलाई पत्राचार गरेर जानकारी दिईसकेको पनि पत्रकारहरुलाई अवगत गराए। सरकारबाट प्राप्त उक्त धनराशी दार्जीलिङ अनि खरसाङ महकुमामा प्रयोग गरिसकेको बताउँदै कालेबुङ महकुमाका बन बिभागिय अधिकारीले भने बिना कारण बनबस्तिको बिकाशको पैसा रोकेको तिनले आरोप लगाए। 
यदि यस समबन्धमा बिभागले सही पदक्षेप ग्रहण नगरे आफुहरुले बिभाग बिरुद्ध उच्च न्यायाक्क्ष्लयमा जनताको हितमा मुद्दा दर्ता गर्न बाध्य हुने चेतावनी समेत छेत्रीले दिएका छन।

Related Posts

0 Response to "युवा मोर्चा अनि विद्यार्थी मोर्चाको “जीटीए मूर्दावाद" लाई गोर्खाल्याण्ड टास्क फोर्सको स्वागत ....... बन बस्तिहरुको बिकाशको निम्ति आएको धनराशी प्रयोग नगरेको आरोप "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.