पैह्रोले भत्काएका बाटोहरु बनाउँन नवज्योति युवा क्लब अघि आयो
डी के वाइबा, कालिमन्युज, मङपू 15 जुलाई। लगातार परिरहेको अविरल बर्षाले यहाको रोङचोङ ग्राम पञ्चायत वार्ड नम्बर पाँच गोपाल धुरामा बाटो अनि घरहरु पैह्रोले क्षति पुर्याए पछि क्षेत्रको नवज्योति युवा क्लब यसको समाधानको निम्ति अघि आएको छ।
दैनिक परिरहेको अविरल बर्षाले क्षेत्रको बिभिन्न स्थानहरुमा बाटोहरुमा भित्ता झरेको कारण यातायात समेत अवरुद्ध बनेको थियो। उक्त स्थानबाट बिभिन्न बिद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले बिषेश गरेर यातायातको समस्या भोग्न परिरहेको थियो। उक्त समस्याहरुलाई मध्यनजर राखेर बाटोमा झरेको पैह्रोहरु सोहोरेर यातायात सुचारु गराउँन आखिरमा क्षेत्रकै नवज्योति युवा क्लब अघि आएको क्लबका उपसभापति सुदर्शन तामाङले बताएका छन।
क्लबका सम्पूर्ण सदस्यहरुले गाउँमा पह्रोको कारण भत्केका बाटोहरु बनाउँने निर्णय गरेपछि सबैले सामाजिक कार्यको निम्ति अघि आएर बिभिन्न स्थानहरुमा गएको पैह्रो सोहर्ने कार्य गरेको तिनले अझ बताए।
यसको साथै क्षेत्रमा कतिपय मानिसहरुको घरमा पनि पैह्रोले प्रभाव परेको बताउँदै उक्त घरहरुको पैह्रो समेत सोहोरेर सफाई कार्य गरेको तिनले बताएका छन।
“हामीले अहिले पैह्रोले भत्काएका बाटोहरु बनाउँने कार्य गरेका छौ। पैह्रोको कारण यहाँ विद्यार्थीहरुले निकै समस्या झेल्न परिरहेको थियो। यातायातको असुबिधालाई मध्यनजर राखेर हामीले नवज्योति युवा क्लबको पक्षबाट यसरी सफाई अभियान थालेका हौँ” सुदर्शन तामाङ भने।
0 Response to "पैह्रोले भत्काएका बाटोहरु बनाउँन नवज्योति युवा क्लब अघि आयो"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.