
14 महिने शिशुलाई पिटेर हत्या गर्ने पिताको पक्राऊ
डी के वाइबा, कालिमन्युज, कालेबुङ 10 जुलाई। “छोरीको जन्म हारेको कर्म” भन्ने उखान एकपल्ट चरितार्थ बनेको छ। 31 राष्ट्रिय राजमार्ग रियाङ निवासी संजय बराईलीले आफनो 14 महिने शिशुलाई निर्ममतापूर्व पिटेर हत्या गरेका छन। पेशाले मजदुर काम गर्ने आरोपी पिता संजय बराईलीलाई पुलिसले पक्राऊ गरेको छ।
उक्त घटना मंगलबार बिहान भएको हो। जानकारी अनुसार आरोपी पिता संजय बराईलीले आफ्नो प्राणप्रिय नवजात शिशु प्रिय बराईलीलाई बेस्सरी पिटेको कारण तिनको स्वास्थ्य अचानक् बिग्रेको थियो। तिनको स्वास्थ्य बिग्रेपछि आरोपी पिताले आफ्नो स्वास्नी पूजा बराईलीको साथमा आफ्ना छोरीलाई लिएर रम्बी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्न पुगेका थिए।
गम्भिर अवस्थामा रहेको शिशुलाई देखेर अस्पतालमा चिकित्सकले तिनको बारेमा सोधेपछि आरोपी पिताले खेलीरहेको समयमा लडेर तिनको स्वाथ्य बिग्रेको डाक्टरलाई जनाए। उक्त समय आफ्नो पतिको डरले तिनका स्वास्नीले भने केहि बताएनन तर जब पिडीत शिशुको अवस्था बिग्रेर राती 7 बजे मृत्यु भएपछि भने आफ्नो प्राणप्रिय छोरीको शवलाई लिएर तिनले गाउँलेहरुलाई आरोपी पिताको बिषयमा जानकारी गराए।
नवजात शिशुको मृत्युपछि जब तिनकी आमाले गाउँलेहरुलाई घटनाबारे बताए तब गाउँलेहरुले तत्कालै पुलिसलाई सूचना दिए पछि आरोपी पितालाई पक्राऊ गरेको हो। आफ्नै नवजात शिशुलाई हत्या गरेको आरोपमा आरोपी पिता संजय बराईलीलाई पुलिसले धारा 304 अन्तर्गत मुद्दा दर्ता गरेर आज यहाक़ो न्यायलयमा पेश गरेपछि न्यायलयले न्यायिक हिरासतमा पठाएको छ।
आज मृत शिशुको पोष्टमार्टम गर्न तिनकी बाजे दिलीप दर्जी कालेबुङ अस्पतालमा आएका समय पत्रकारहरुसंग कुराकानी गर्दै आरोपी पिताको सम्पूर्ण बिषयमा जनकारी गराए। तिनले जानकारी दिएअनुसार आरोपी पिता मूलत दार्जीलिङको भोटे बस्ति निवासी हुन। तिनको एकछोरा अनि एकछोरी थिए। आरोपी पिताले छोरीको जन्मपछि नै घरमा अशान्ति गर्दै आईरहेका थिए। तिनले 14 महिने नवजात छोरीलाई बारम्बार पिट्ने गरेको कारण घरमा मानिसहरुले छोरीलाई अन्य कसैलाई दिने प्रस्ताव समेत राखेका थिए। तर उक्त प्रस्ताव राख्दा उल्टै तिनले छोरीको हत्या गर्ने धम्कि घरका मानिसहरुलाई दिदै आईरहेको जानकारी पाईएको छ।
सोमबार् साँझ पनि तिनले आफ्नो छोरी बारम्बार रोईरहेको कारण देखाएर उल्टै छोरीलाई बेस्सरी पिटेका थिए। जसको कारण तिनको स्वास्थ्यमा खराबी आएको थियो। यता अस्पतालको पोष्ट्मार्टम रिपोर्टमा पनि तिनको मृत्यु कारण शरिरमा गहिरो धक्का लागेको कारण तिनको कतिपय अंगहरुले काम नगरेर मृत्यु भएको उल्लेख गरिएकोको छ। यस सम्बन्धमा रम्बि ग्राम सुधार समितिका सचिव जितेन छेत्रीले आफ्नो नवजात शिशुलाई मार्ने हत्यारा पितालाई पुलिसले कडा सजाय दिनुपर्ने माग गरेको छ।
0 Response to "14 महिने शिशुलाई पिटेर हत्या गर्ने पिताको पक्राऊ "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.