
Dooars waits for GJM Chief... गुरूङको प्रतीक्षामा डुवर्सका गोजमुमो समर्थक
राजेश शर्मा, कालिमन्युज, जयगाउँ, १८ जून।दार्जीलिङ पहाड देखि तराई-डुवर्ससम्म व्यापक रूपले गोर्खा जनमुक्ति मोर्चाद्वारा गरिएको विगत ४४ महिनाको गोर्खाल्याण्ड आन्दोलनले विभिन्न राजनैतिक पार्टीहरूमा आ-आफ्नै स्वार्थ लिएर विभाजित भएका तराई-डुवर्स क्षेत्रका गोर्खा जातिलाई एउटै संगठन तथा पार्टीमा एकबद्ध हुन साथै जातीय भावना जागृत गर्न गोजमुमो सफल बनेको थियो भने विगत १८ जुलाई २०११-को जीटीए सम्झौता पछि मौरीको गोला झै एक मुष्ठ बनेका डुवर्सका गोर्खा समुदाय पुन तितर-वितर भएको संकेत उजागर भइसकेको छ।
जीटीएमा तराई-डुवर्सका मौजाहरू अन्तर्भुक्त नहुनु साथै सत्तारूड तृणमूल कांग्रेसले पहाडदेखि तराई-डुवर्ससम्म् विभिन्न विकाश गर्ने र सुरक्षा दिने प्रलोभनको आधारमा गोर्खा समुदायलाई विभाजन ल्याउने शकुनी चालको कारण नै केही संख्यामा भएपनि गोर्खा सदस्यहरूले गोजमुमोको साथ छोडनु मुख्य कारण बताउँछन् राजनीतिक विशेषज्ञहरू।
जीटीएमा तराई-डुवर्सका मौजाहरू अन्तर्भुक्त गरेर गोर्खा समुदाय अर्थात गोजमुमोको सांगठनिक शक्तिलाई अझ शक्तिशाली बनाउने पक्षमा वर्तमान तृणमूल सरकार कदाचित छैन भन्ने ममता सरकारको मनासय उजागार भइसकेको तथ्यलाई नकार्न सकिदैन।
राज्य सरकारको गोर्खा विरोधि उक्त नीतिलाई चुनौति दिन नै गोजमुमो आज डुवर्सको पञ्चायत चुनाउमा जित हासिल गर्ने जोरदार कोशिशमा रहेको गोजमुमोले दावी गरिरहेछ भने तृणमूल कंग्रेस पनि डुवर्सको गोर्खा अनि आदिवासी बाहुल क्षेत्रमा सत्ताको अख्तियारमा विभाजन नीति प्रयोग गर्दै आफ्नो आधार दह्रिलो बनाउने प्रयासमा रहेको स्पष्ट छ। तसर्थ बङ्गालमा अन्यक्षेत्रहरूको अपेक्षा डुवर्समा मुख्यरूपले गोजमुमो-झामुमो गठबन्धन अनि तृणमूल कंग्रेसआविप (विर्सा तिर्की) गठबन्धनविच नै प्रतिद्वन्दिता हुने सम्भावना रहेको विज्ञजनको मत छ।
उक्त पञ्चायत चुनाउकै सिलसिलामा डुवर्स अन्तर्गत नगरकट्टामा मोर्चा केन्द्रिय महासचिव रोशन गिरीले डुवर्समा मोर्चाका शिर्ष नेतृत्वलाई लिएर बैठक गरेका थिए भने हिजो आइतबार मोर्चा केन्द्रिय उपाध्यक्ष तथा जीटीए अध्यक्ष प्रदिप प्रधानको उपस्थितिमा पूर्व डुवर्स अन्तर्गत जयगाउँ-स्थित एउटा अंग्रेजी स्कूलमा कालचिनी ब्लकका गोजमुमोका प्रार्थिहरूलाई लिएर सभा सम्पन्न भयो। सो सभामा पञ्चायत चुनाउ गोजमुमो कोर कमिटी प्रमुख अशोक लामाले प्रार्थीहरूको नामको घोषणा गरे भने प्रार्थीहरूले चुनाउमा विजय हासिल गरून् भन्ने शुभकामनासहित आशिर्वाद दिइयो।
सभालाई सम्बोधन गर्दै जीटीए अध्यक्ष प्रदिप प्रधानले पञ्चायत चुनाउमा जीत हासिल गर्नु भनेको गोजमुमो पार्टीको जीत मात्र होइन तर सम्पूर्ण गोर्खा जातिको अस्मिताको प्रश्न रहेको बताए। सभालाई अन्य बाहेक कालचिनी ब्लक जिल्ला परिषदका गोजमुमो उम्मेदवार सुरेश ठकुरी, लक्ष्मी प्रधान अनि राजेश शर्माले सम्बोधन गरे। गोजमुमो केन्द्रिय कमिटीका प्रतिनिधि टोलीहरू पर्याप्त संख्यामा अहिले डुवर्स पञ्चायत चुनाउको प्रचार-प्रसारकार्यमा सक्रिय रहेको भए पनि डुवर्सका अधिकांश मोर्चा समर्थकहरू पार्टी अध्यक्ष विमल गुरूङको उपस्थितिको प्रतिक्षामा रहेको मोर्चा समर्थकहरू परस्परको वार्तालापबाट संकेत पाइएको छ। तसर्थ पञ्चायत चुनाउ अघि मोर्चा अध्यक्ष विमल गुरूङको डुवर्स भ्रमण अनिवार्य रहेको वर्तमान स्थितिले बताउछ।
0 Response to "Dooars waits for GJM Chief... गुरूङको प्रतीक्षामा डुवर्सका गोजमुमो समर्थक"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.