-->
 पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव हुन पर्ने माग

पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव हुन पर्ने माग

डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 जुन। दार्जीलिङ पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव हुनपर्ने सबै राजनैतिक पार्टीहरुले माग गर्दै आईरहे तापनि यपल्टको पञ्चायत चुनावमा पनि दार्जीलिङ पहाड छुटिन पुगेको छ। राज्यभरी भईरहेको पञ्चायत चुनाव संगै दार्जीलिङ पहाडमा पनि पञ्चायत चुनाव हुने मानिसहरुले अपेक्षा राखिरहेकै समयमा राज्य सरकारले भने दार्जीलिङ जिल्लालाई पञ्चायत चुनाव देखि टाडो राखेको छ। 
यस सम्बन्धमा आज कालेबुङ कृषक कल्याण संगठनका महासचिव बिष्णु छेत्रीले पत्रकारहरुसंग कुराकानी गर्दै पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव हुन पर्ने माग गरे। तिनलाई जीटीए व्यवस्था भित्र पञ्चायत व्यवस्था कसरी लागु हुनसक्छ भनि प्रश्न गर्दा तिनले जीटीए संग पञ्चायत व्यवस्थाको कुनै सम्बन्ध नरहेको बताउँदै यहाँ पञ्चायत चुनाव हुनमा कुनै असुबिधा नरहेको जनाए। 
अहिलेघरी त्रिस्तरीय पञ्चयात चुनाव हुनपर्ने पहाडका सबै राजनैतिक दलहरुले माग गरिरहेको भए पनि उक्त त्रिस्तरीय पञ्चायत चुनाव दार्जीलिङ पहाडको जीटीए क्षेत्रभित्र मात्र हो कि सम्पूर्ण दार्जीलिङ जिल्लामा हो ? तिनले प्रश्न गरे। उक्त त्रीस्तरीय पञ्चायत चुनाव सिलगडीको महकुमा परिषदलाई भङ्ग गरेर यथाशिघ्र सम्पूर्ण दार्जीलिङ जिल्लालाई लिएर सम्पन्न हुनपर्ने माग समेत गरे। 
यहाँ त्रिस्तरीय पञ्चायत चुनावको नाउँमा सिलगडी महकुमा संगै चारवटा खण्डहरुलाई छोड्ने षडयन्त्र भईरहेको आशंका व्यक्त गर्दै यदि सिलगडीमा त्रिस्तरीय पञ्चायत चुनाव हुँदा दार्जीलिङबाट छुट्टिए घातक हुने पनि बिष्णु छेत्रीले दाबी गरे। 
“त्रिस्तरीय पञ्चायत चुनाव सम्पूर्ण दार्जीलिङ जिल्लालाई लिएर हुनपर्छ। यसमा सिलगडी महकुमा परिषद भङग भएको हुनेछ। यदि त्रिस्तरीय पञ्चायत चुनाव गराउँदा सिलगडी मह्कुमालाई छोडे त्यो अत्यन्तै घातक हुनेछ। यसको साथै भविष्यमा छुट्टै राज्य गोर्खाल्याण्डको माग सधैको निम्ति बिलुप्त हुनेछ” बिष्णु छेत्रीले भने। यसको निम्ति सबै जागरुक बन्नु पर्ने आह्वान गर्दै सम्पूर्ण राजनैतिक पार्टीहरुले पनि उक्त बिषयमा आवाज उठाउँनुपर्ने छेत्रीले आह्वान गरे।
अर्कोतिर दार्जीलिङ पहाडमा पञ्चाय चुनाव हुनपर्ने गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा (गोरानिमो)ले पनि माग गरेको छ। गोरानिमो अध्यक्ष दावा पाख्रिनले पत्रकारहरुसंग कुराकानी गर्दै पहाडमा पञ्चायत व्यवस्था अचल भएको कारण ग्रामीण क्षेत्रका मानिसहरुले समस्या भोग्न परिरहेको बताए। अहिले सरकारले बिभिन्न योजनाहरु ग्रामिण क्षेत्रमा पञ्चायत व्यवस्था मार्फत प्रयोग गरिरहेको बताउँदै पहाडमा पञ्चायत व्यवस्था अतिनै आवश्यक रहेको तिनले दाबी गरे। 
यसै क्रममा तिनले अहिलेघरी गोर्खाल्याण्ड राज्य कसैले पनि गठन हुँदैन भन्ने वक्तव्य दिईरहेको सन्दर्भमा टिप्पणी गर्दै गोर्खाल्याण्डको निम्ति बिगतमा आन्दोलन गरेर अहिले त्यही नेताहरुले गोर्खाल्याण्ड हुँदैन भन्नु दुर्भाग्यपूर्ण रहेको पाख्रिनले बताए।

Related Posts

0 Response to " पहाडमा त्रिस्तरीय पञ्चायत चुनाव हुन पर्ने माग"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.