
गोजमुमोले एकतन्त्रिय शाषण गर्ने षडयन्त्र गरिरहेको छ – ननिता गौतम
डी के वाइबा, कालिमन्युज, कालेबुङ 19 जुन। “तृणमूल कङ्ग्रेस पार्टीमा संलग्न भएर राजनीति गर्न चाहनेहरुलाई गोजमुमोले धम्काउँने अनि घर भत्काउँने कार्य गर्दैछ। हिज राती शेल्पुमा पनि मोर्चाका नेताहरुले हाम्रा तृणमूल कार्यकर्ता धनकुमार राईको घर अनि दोकान भत्काउँनुको साथै जलाएर अगणतान्त्रिक कार्य गरेका छन। यसको हामी घोर बिरोध गर्छौँ” – उक्त कुरा हिल तृणमूल नारी संगठनका अध्यक्षा ननिता गौतमले पत्रकारहरुलाई सम्बोधन गर्दै भने।
तिनले हिज राती खरसाङ महकुमा अन्तर्गत शेल्पुमा तृणमूल कार्यकर्ताको घर गोजमुमो पार्टीका कार्यकर्ताहरुले भत्काएको आरोप लगाउँदै “राजनीति गर्ने मानिसहरुको आ आफ्नो मौलिक अधिकार हो। कसैले कुनै पनि पार्टीमा संलग्न भएर राजनीति गर्न सक्छन। हामीले तृणमूल कङ्ग्रेस पार्टीमा लागेर राजनीति गर्दा मोर्चालाई के को डर ?” तिनले प्रश्न गरिन।
तृणमूल कार्यकर्ता धनकुमार राईको घर भत्काउँनुको साथै जलाएर मोर्चा नेताहरुले अगणतान्त्रिक कार्य गरेको बताउदै आफुहरुले मोर्चाको चौकि ताकेर राजनीति नगरेको दाबी गरिन। “हामीले अन्दोलन गरेर बनाईदिएको चौकिमा तिमीहरु सुरक्षित बस्दा हामीलाई कुनै लोभ छैन। तिमीहरु त्यो चौकिमा बस तर हाम्रो राजनीति गर्ने मौलिक अधिकारबाट बञ्चित पार्ने कार्य भने नगर। यसमा प्रशासनले पनि उचित कार्यवाही गर्दै दोषीहरुलाई कडा सजाय दिनुपर्नेछ” ननिता गौतमले भनिन।
उक्त बिषयमा आज तिनले कालेबुङ थानामा प्राथमीकि दर्ता गर्नुको साथै थाना अधिकारीलाई भेट गरेर कडा कार्वाहीको माग गरेको जानकारी गराईन। तिनी आफ्ना पार्टी समर्थकहरुको साथमा नै कालेबुङ थानामा पुगेकी थिईन भने यस बिषयमा थाना प्रभारी अचिन्ता गुप्तासंग कुराकानी गर्दै तृणमूल कार्यकर्ताहरुको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग गरिन। थाना प्रभारीलाई भेट गरेर निस्केपछि श्रीमति गौतमले पत्रकारहरुसंग कुराकानी गर्दै अहिले तृणमूल कङ्ग्रेसले आफ्नो संगठन बिस्तार गरिरहेको बताउँदै संगठनको बिस्तार क्रममा मोर्चा समर्थकहरुले तृणमूल समर्थकहरुलाई कुटपिट गरेको आरोप लगाईन।
“यहाँ मोर्चालाई तृणमूल संगठन बिस्तार हुने कार्य हुँदा किन डर हुँदैछ ? यो मोर्चाको एकतन्त्रिय शाषण कायम गर्ने षडयन्त्र हो। यसरी एकतन्त्रिय शाषण कायम गर्न खोज्दा यहाँ संवैधानिक अधिकारहरुको समेत मोर्चाले हनन गर्ने कार्य गर्दैछ” हिल तृणमूल नारी एकाईका अध्यक्ष ननिता गौतमले भनिन। तिनले उक्त घटनामा मोर्चा समर्थकहरु संलग्न रहेको दाबी गर्दै त्यस क्षेत्रमा लेप्चा समुदायका मानिसहरुलाई पनि मोर्चा कार्यकर्ताहरुले कुटपिट गरेको तिनले आरोप लगाईन।
शेल्पु क्षेत्रबाट कुनै पनि घटना सम्बन्धि थानामा प्राथमिकी दर्ता गर्न परे खर्साङ पुग्न पर्ने बताउँदै उक्त क्षेत्रमा पुलिस पोष्ट निर्माण गरेर पुलिसले मानिसहरुलाई सुरक्षा प्रदान गर्नुपर्ने पनि तिनले माग गरिन। “क्षेत्रीय पार्टीहरुले अहिले छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा बारम्बार भुल्याउँने कार्य गरिरहेको छ। यहाँ गोर्खाल्याण्डको नाउँमा मानिसहरुको मनमा भावनात्मक जागृति फैलाउँने कार्य हुन्छ अनि त्यसै जनभावनालाई कुल्चेर एउटा कुनै व्यवस्थामा सम्झौता गर्ने कार्य भईरहेको छ। यहाँ गोर्खाल्याण्ड केवल मागी खाने भाँडो भएको छ” ननिता गौतमले गोजमुमो प्रति कटाक्ष गर्दै भनिन।
पहाडमा यसरी गोर्खाल्याण्डको नाउँमा चर्केको आन्दोलनले खासै कुनै उपलब्धि ल्याउँन नसकेको दाबी गर्दै यस्तो आन्दोलनले पहाडको बिकाश होईन उल्टा बिनास भईरहेको बताईन। पहाडमा आन्दोलनको मार्काले जनताले सरकारबाट पाउँनुपर्ने सहुलियतहरु समेत पाउँनबाट बञ्चित रहेको दाबी गर्दै सरकारी सहुलियतहरु जनताले पाउँनुपर्ने माग गरिन।
0 Response to "गोजमुमोले एकतन्त्रिय शाषण गर्ने षडयन्त्र गरिरहेको छ – ननिता गौतम"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.