-->
आन्दोलनको नाटक गर्ने पार्टीहरुलाई बन्दुकको गोलीले जवाब दिने क्रान्तिकारी मुक्ति सेनाको चेतावनी

आन्दोलनको नाटक गर्ने पार्टीहरुलाई बन्दुकको गोलीले जवाब दिने क्रान्तिकारी मुक्ति सेनाको चेतावनी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 1 जुन। कालेबुङ शहरको मुटु मानिने डम्बर चौकमा आज बिहानै क्रान्तिकारी मुक्ति सेनाको नाउँमा एउटा धम्किपूर्ण पोष्टर देखा परेको छ। कुनै पनि राजनैतिक पार्टीको नाउँ उल्लेख नगरी उक्त पोष्टरमा सबैजसो राजनैतिक पार्टीहरुलाई खुल्ला चेतावनी दिएको छ। दार्जीलिङ पहाडमा 21 वर्षसम्म हिलो छेप्ने कार्य भएको बताउँदै अहिलेको बर्तमान पार्टीले पनि त्यहीँ कार्य गर्‍यो भन्दै यसको परिणाम राम्रो नहुने क्रांतिकारी मुक्ति मोर्चाले पोष्टरमा लेखेको छ। 
राजनैतिक पार्टीहरुको नाउँ उल्लेख नगरी राजनैतिक पार्टीहरुले जनता र जातिको निम्ति कार्य गर्नुपर्ने बताउँदै राम्रो राम्रो गाडीहरुमा हिँडेर मात्र नहुने लेखेको छ। यसको साथै कुनै पनि नेताले आफ्नो जाति बेचेर पैसा कमाउँने अनि सरकारको पार्टीमा लागेर अशान्ति फैलाउँने कार्य गर्नेहरु होशियार भनि पोष्टरमा अझ लेखिएको छ। “जब जब जातिलाई बेच्ने कार्य हुन्छ, जब अत्याचारले सिमा पार गर्छ, जब जनतालाई लुट्ने काम हुन्छ तब क्रांतिकारी मुक्ति सेना अघि आएको हुन्छ” पोष्टरमा स्पष्ट लेखिएको छ। 
यसको साथै जब कुनै पार्टीले नाटक गरेर आन्दोलन गर्छ तब त्यसको जवाब मुखले होईन बन्दुकको गोलीले दिनेछौ भनि पोष्टरमा धम्किपूर्ण लेखिएको छ। जनतालाई शोषण गर्ने नेताहरु होशियार भन्दै यस क्रान्तिले केवल जाति र माटोलाई मात्र चिन्ने अन्यथा कुनै पनि पार्टीलाई नचिन्ने कुरा पनि पोष्टरमा लेखिएको छ। यसको साथै यस क्रान्ति संग कसैले खेलवाड नगर्ने पनि पोष्टरमा लेखिएको छ।
बिहान मानिसहरु घुम्न निस्केको समयमा अचानक डम्बर चौकमा उक्त धम्किपूर्ण पोष्टर देखेपछि सबैले पोष्टर पडीरहेका थिए। राती टाँसीएको हुन सक्ने उक्त पोष्टर बिहानै मनिसहरुले पडेर चर्चा गर्न थालेपछि डम्बर चौकमा एकाएक पोष्टर पड्नेहरुको भिड जमेको थियो। दार्जीलिङ पहाडको राजनीतिमा कहिल्यै नाउँ नसुनेको क्रान्तिकारी मुक्ति सेनाको नाउँमा केवल एउटा धम्किपूर्ण लेखिएको पोष्टर देखा परेपछि यस बिषयमा मानिसहरुले चर्चा गरिरहेका छन। 
एकाएक पोष्टर बिषयमा बिहानको चिसो मौसममा तातो हावा पहिलिए पछि सबैले उक्त पोष्टर पडीरेहका थिए। यसै क्रममा केही समय पछि उक्त पोष्टर च्यातियो। लकभग आधा घण्टा सम्म बिहान डम्बर चौकमा टाँसीएको उक्त पोस्टरले एकाएक हलचल भने मच्चाएको छ। अचानक यसरी धम्किपूर्ण पोष्टर कसले अनि कुन अभिष्टको निम्ति टाँसेका हुन भन्ने प्रश्न मानिसहरुले गरिरहेका छन भने मानिसहरुमा आतङक समेत सृजना भएको छ। “आन्दोलनको नाटक गर्नेलाई मुखले होईन बन्दुकको गोलीले जवाब दिंछौ” भनि उल्लेख गरेको कारण कतै पहाडको सत्तासिन पार्टीलाई चेतावनी दिएको हुन सक्ने सम्भावना पनि रहेको छ।

0 Response to "आन्दोलनको नाटक गर्ने पार्टीहरुलाई बन्दुकको गोलीले जवाब दिने क्रान्तिकारी मुक्ति सेनाको चेतावनी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.