
सरकारले चारसुत्रीय माग स्वीकार नगरे गोर्खाल्याण्ड आन्दोलन अघि बड्नेछ – आशा गुरुङ

यस अवसरमा तिनले राज्य सरकारलाई छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको चेतावनी समेत दिईन। “सरकारले हाम्रो मागलाई सुन्छ भने ठिकै छ यदि सुन्दैन भने हाम्रो आन्दोलन जारी रहनेछ। यदि जीटीएलाई सुचारु सञ्चालन होस भन्ने सरकारको चाह भए मोर्चाको मागलाई स्वीकार गर्नुपर्ने तिनले बताउँदै मागहरु स्वीकार नगरे हामी छुट्टै राज्यको आन्दोलन जारी राख्नेछौँ” – आशा गुरुङले भनिन।
सरकारले अहिलेको मागलाई स्वीकार गर्छु भनि आश्वस्त गराए आमरण अनशन फिर्ता लिने बताउँदै यदि स्वीकार नगरे मोर्चालाई फरक नपर्ने पनि आशा गुरुङले जनाईन। “चित् पनि मोर्चाकै हो पट पनि मोर्चाकै हो। हाम्रो माग मानिलिए अनशन फिर्ता हुनेछ अन्यथा छुट्टै राज्यको आन्दोलन चर्किनेछ। यहाँ जातिय चिन्हारीको प्रश्न आखिर जे गरे पनि पूर्ण हुन सक्दैन त्यसर्थ हामीले छुट्टै राज्यको आन्दोलन अघि बडाउँदा सरकार नै ब्याकफूटमा हुनेछ” आशा गुरुङले राज्य सरकार प्रति कटाक्ष गर्दै भनिन।
यसैक्रममा तिनले आजको परिस्थिति पहाडको निम्ति टर्निङ पोईन्ट हुनसक्ने बताउँदै सरकारले मोर्चाको कुरा नसुनेर आन्दोल चर्किए यसको जिम्मेवारी ममता सरकार हुने तिनले चेतावनी समेत दिईन। यस सम्बन्धमा तिनले यसपल्टको आन्दोलन गान्धीवादी नभएर उग्र हुनसक्ने चेतावनी समेत दिइन। तिनले ममता व्यानर्जीलाई जीटीएको आमाको संज्ञा दिएको बताउँदै तर उनले आमाले जस्तो घटनाको सही छानबीन नगरेको आरोप समेत लगाईन।
तिनले गोरुबथान काण्डको विरोध गर्दै उनले भनिन् "हामी निर्वाचित जनप्रतिनिधि हौं। जनताको हीतमा काम गर्छौं भनेर अघि आएका हौं। तर अगुवालाई नै यस्तो प्रकारको अन्याय गरिन्छ भने यहॉं जनताको के सुरक्षा छ" उनले भनिन्। सबै जनतालाई पार्टीले बॉंधेर राख्न नसक्ने अनि केही जनता आक्रोशमा आउँछ भने त्यसको जिम्मेवार
स्वंय मुख्यमन्त्री हुनुपर्ने पनि उनले बताइन्। सभासद् चन्द्र योञ्जनको पक्राउ अनि मिरिकका सभासदमाथिको कुटपिट केवल जनप्रतिनिधिमाथि भएको अत्याचार मात्र नभएर
साधारण जनतामाथि भएको अत्याचार रहेको पनि उनले थप बताइन्।
0 Response to "सरकारले चारसुत्रीय माग स्वीकार नगरे गोर्खाल्याण्ड आन्दोलन अघि बड्नेछ – आशा गुरुङ "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.