
सभासदहरुको आमरण अनशन जारी : अनशनकारीहरुको स्वास्थ्य चिन्ताजनक
डी के वाइबा, कालिमन्युज, कालेबुङ 30 मई। गोजमुमो पार्टीका
सभासदहरुले आईतबारदेखि शुरु गरेको आमरण अनशन पाँचदिन पनि जारी रहेको छ। मोर्चाका
सभासदहरु क्रमैले गोपाल रुचाल, सुनिल प्रधान अनि सीपी पौड्याले यहाँको महकुमा
अधिकारी कार्यलयमा जारी राखेको उक्त आमरण अनशनमा दैनिक पार्टीका कार्यकर्ताहरु
हौसला प्रदान गर्न भेला भईरहेका छन।
बिभिन्न चार सुत्रीय माग लिएर गोजमुमो
सभासदहरुले कालेबुङ, दार्जीलिङ, खरसाङ अनि मिरिकमा आमरण अनशन जारी राखेता पनि
सरकारबाट भने यस सम्बन्धमा कुनै खबर प्राप्त भएको छैन। मानौ मोर्चाको माग प्रति
सरकारलाई कुनै सरोकार सम्म नभएको अहिलेको स्थितिले प्रष्ट बनेको छ। पाँच दिनदेखि
मोर्चाका सभासदहरुले आमरण अनशन जारी राखेको कारण आज उनीहरुको स्वास्थ्यमा गिरावट
आएको छ। आमरण अनशनको पाँचौ दिन आज अनशनकारी सभासदहरुको अवस्था सोँचनीय रहेको
स्वास्थ्य अधिकारी डा सोनाम भोटियाले जानकारी दिएका छन। अनशनकारीहरुको स्वास्थ्यबारे
जाँच गरेपछि स्वास्थ्य अधिकारी डा सोनाम भोटियाले अनशनकारीहरुको स्वास्थ्यमा धेरै
खराबी आएको कारण उनीहरुको उपाचार गर्न आवश्यक रहेको बताए। यद्यपी अनशनकारीहरुले
दवाई सेवन गर्न भने अस्वीकार गरेका छन।
0 Response to "सभासदहरुको आमरण अनशन जारी : अनशनकारीहरुको स्वास्थ्य चिन्ताजनक "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.