
गोजमुमोले गोर्खाल्याण्ड बिरोधी शक्तिसंग हात मिलाएर गोर्खाहरु माथीनै घात गरेक छन – क्रामाकपा

गोर्खाल्याण्ड नदिने अनि गोर्खाल्याण्ड माग्ने माझको मित्रताले दार्जीलिङ पहाडको राजनीतिमा नयाँ मोड ल्याउँनको साथै बिपक्षी पार्टीहरुलाई आलोचना गर्ने ठाउँ पनि प्रशस्त प्राप्त भएको छ।
छुट्टै राज्य गोर्खाल्याण्ड माग्ने राजनैतिक पार्टी गोजमुमोले अहिले छुट्टै राज्यको मुद्दालाई पर पन्साएर जीटीए मार्फत पहाडमा बिकाश गर्ने भन्दै गोर्खाल्याण्ड बिरोधी राज्यको सत्तासिन पार्टी तृणमूल कङ्ग्रेससंग हात मिलाए पछि आज क्रामाकपाले पोष्टरिङ गरेर मोर्चाको भूमिका माथी प्रश्न खडा गरेको छ।
क्रामाकपा कालेबुङ आञ्चलिक कमिटिले आज यहाँको डम्बर चौकमा पोष्टरिङ गरेर गोजमुमो पार्टीले बिकाशलाई पहिलो प्राथमिकता दिएको हो भने अन्य पार्टीहरुले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा अघि बडाउँदा लङ्की थाप्ने कार्य बन्द गर्नु भनि सुझाव दिएको छ। यसरी नै भारतीय गोर्खाहरुलाई भारत भित्र छुट्टै राज्य गोर्खाल्याण्ड गठन गरेर राजनैतिक सुरक्षा प्रदान गर्नुपर्ने पनि क्रामाकपाले माग गरेको छ।

अर्कोतिर क्रामाकपाले अहिलेघरी भारतको उत्तरपूर्वी क्षेत्रहरुमा गोर्खाहरु माथी बडीरहेको अत्याचार बिषयमा पनि गहिरो चिन्ता व्यक्त गर्दै गोजमुमो पार्टीले भने भारतीय गोर्खाहरुको राष्ट्रिय राजनैतिक सुरक्षाको मागलाई स्थगित राख्नु दुर्भाग्यजनक रहेको क्रामाकपाले पोष्टरमा उल्लेख गरेको छ।
यस सम्बन्धमा आज पोष्टरिङ गरेपछि बोल्दै क्रामाकपा कालेबुङ आञ्चलिक समितिका अध्यक्ष किशोर प्रधानले उत्तरपूर्वी क्षेत्रहरुमा गोर्खाहरु माथी दैनिक अत्याचार बृद्धि भईरहेको समयमा बङगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको दार्जीलिङ भ्रमण महत्वपूर्ण रहेको बताउँदै भारतीय गोर्खाहरुको राजनैतिक सुरक्षा केवल छुट्टै राज्य गोर्खाल्याण्डले मात्र पुरा गर्ने बताएका छन।
यसै क्रममा तिनले दार्जीलिङ पहाडमा जीटीएसंग मिलेर दार्जीलिङ पहाडको बिकाश गरिने जुन कुरा अघि आईरहेको छ उक्त बिकाशको कार्य स्वागतयोग्य हुँदा हुँदै बिकाशको मुद्दामा गोर्खाल्याण्डको मुद्दा साटिनु भने दुर्भाग्यजनक रहेको किशोर प्रधानले बताए।

तिनले राज्यको सत्तासिन पार्टी तृणमूल कङ्ग्रेस अनि मुख्यमंत्री ममता ब्यानर्जी जहिले पनि गोर्खाल्याण्डको बिरोधमा रहेको बताउँदै यस्तो गोर्खाल्याण्ड बिरोधी शक्तिहरुसंग हात मिलाउँनु घातक हो भनि दाबी गरे। “मुख्यमंत्री ममता ब्यानर्जीले आफैलाई रफ एण्ड टफ भनेपछि मोर्चा प्रमुख बिमल गुरुङले छुट्टै राज्य गोर्खाल्याण्डको जुन निर्णायक आन्दोलन भनि घोषणा गरे के त्यो घोषणा जनतालाई ढाँटने खेल हो ? के नाटकको निम्ति तिनले आन्दोलनको घोषणा गरेका थिए ? अब बिकाश होईन गोर्खाल्याण्ड माग्न आउँनु भनेर बिमल गुरुङले किन बारम्बार जनतालाई ढाँट्दैछन ?” – प्रधानले मोर्चा अध्यक्ष माथि एकाधिक प्रश्न गरे।
कुरा बुज्नु साह्रो छ ..... छिन छिन कुरा फेर्ने बानी हाम्रो बिमल दाज्यु को ... गोर्खा ल्याण्ड भयो पछी सायद विकास हुदैन होला कुरा बुझ्दा त्यस्तै छ ,,,,,,मलाई लाग्छ अहिले हामीलाई चिनारीको खाचो छ ,,,, जय गोर्खा
ReplyDelete