म्याराथान धावक रोशनी राई पाँचौ कालेबुङ रत्न पुरस्कारले सम्मानित, पत्रकार अमिताभ मुखर्जीलाई एक्सिलेंस ईन जर्नलिज्म

डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 मई। कालेबुङ प्रेस क्लबको आयोजनामा यहाँको रामकृष्ण रंगमञ्चमा 15 औँ स्थापना दिवस अनि पाँचौ कालेबुङ रत्न पुरस्कार समारोह सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिका रुपमा उत्तर बङगाल आर्म पुलिस आईजी डानियल लेप्चा उपस्थित रहेका थिए।
भारतीय गोर्खाहरुको परिचय राष्ट्रिय स्तरमा बाँडन बिभिन्न राष्ट्रिय अनि अन्तराष्ट्रिय म्याराथान दौड दौडिसकेकी गोर्खे चेली रोशनी राईलाई यस अवसरमा पाँचौ कालेबुङ रत्न पुरस्कारले सम्मानित गरियो। कार्यक्रमका मुख्य अतिथि आईजी डानियल लेप्चाको बाहुलिबाट म्याराथान धावक रोशनी राईलाई अंग वस्त्र, प्रशस्ति पत्र अनि रजत पदक प्रदान गरी पाँचौ कालेबुङ पुरस्कारले सम्मानित गरियो।
यसै अवसरमा हिन्दुस्तान टाईम्सका दार्जीलिङ संवाददाता अमिताभ ब्यानर्जीलाई एक्सिलेंस ईन जर्नलिज्म पुरस्कारले सम्मानित गरियो। पत्रकार मुखर्जीलाई पनि मुख्य स्मृति चिन्ह, प्रशस्ति पत्र आदि प्रदान गरेर सम्मान गरियो। कार्यक्रममा पाँचौ कालेबुङ रत्न पुरस्कारले सम्मानित म्याराथान धावक रोशनी राईले सम्बोधन गर्दै “कालेबुङ रत्न पुरस्कार” आफ्नो निम्ति ‘भारत रत्न’ भन्दा कम नरहेको बताईन। भारतीय गोर्खाहरुलाई बिदेशीको चश्माले हेरिने गरेको घटनाहरुमा भारतको आर्थीक शहरमा मुम्बईमा अफु पनि समय समयमा अन्य भारतीय गोर्खाहरु झै लाञ्छित बन्न परेको घटनाहरुले आफ्नो जातिको परिचय राष्ट्रिय स्तरमा गराउँने चाहना जागेको तिनले बताईन।
विश्वमा केनियाका मानिसहरुले म्याराथान दौडमा आफ्नो दबदबा बनाईरहेको बिषयमा एउटा लेख पडदा त्यहाँ हिमाली क्षेत्र भएको कारण त्यहाँका मानिसहरु दैनिक दौडेर हिमाली पाखाहरु पार गरिरहेको कारण नै उनीहरु अहिलेसम्म म्याराथान दौडमा सफल बन्न सकेको अनि यता गोर्खाहरु पनि हिमाली क्षेत्रमा बसोवास गर्ने गरेता पनि गोर्खाहरु भने दौडिने नगरेको उक्त लेखमा रहेको बताउँदै त्यस लेखले आफुलाई दौडिने हौसला प्रदान गरेको तिनले अझ जनाईन।
भारतीय गोर्खाहरु भारतमा आफ्नो माटोसंगै आएको भएत पनि यसबारेमा अन्य भारतीयहरु भने अनभिज्ञ रहेको कारण गोर्खाहरुलाई बिदेशी भन्ने गरेको बताउँदै यसै बिषयमा राष्ट्रिय स्तरमा नै परिचय बाँडन “हामी गोर्खा हौ अनि भारतीय हुनमा गौरव गर्छौ”को स्लोगन लेखिएको टी सर्ट लगाएर मुम्बई म्याराथान दौडिएको पनि रोशनी राईले जनाईन। यसैक्रममा तिनले आगामी 2016 मा सम्पन्न हुने ओलम्पिकमा गोर्खे धावकहरुले भारतबाट प्रतिनिधित्व गरुन भन्ने लक्ष्य राखेको जनाईन।
तिनले गोर्खाहरु दौडिन सक्ने बताउँदै यसको निम्ति सबैको सहयोगको अपेक्षा पनि गरिन।
एक्सिलेंस ईन जर्नलिज्म पुरस्कारले सम्मानित हिन्दुस्तान टाईम्सका संवाददाता अमिताभ मुखर्जीले पत्रकारिता स्वच्छ र सबल रहे मात्र समाज पनि स्वच्छ र मजबुत रहने बताए। पत्रकारितालाई समाजको सहयोगको आवश्यकता रहेको बताउँदै उनले पत्रकारिता राजनीति केन्द्रित मात्र नरहेर सामाजिक विषयहरूमा पनि केन्द्रित रहनु पर्ने जनाए।
डुवर्सका मूर्तिकार अमिर सुन्दास, सप्तश्री ज्ञानपीठका हाजिरी जवाब प्रतियोगी विद्यार्थीहरू निहाल भण्डारी, अनिल गुप्ता, शिक्षक निपञ्जन पल, गडफ्रे फिलिप्स ब्रेभेरी अवार्ड प्रापक फोटो पत्रकार मनोज राई, युवा साहित्य अकादमी पुरस्कार प्रापक मनोज बोगटी, म्याराथन धावक रूनेश तामाङ आदिलाई पनि कार्यक्रममा अभ्यर्थना जनाइयो।
मुख्य अतिथिको आसनबाट बोल्दै आइजी डानियल लेप्चाले पत्रकारिता गणतन्त्रको चौथो स्तम्भ रहेको बताउँदै यस्तो कार्यक्रमको निरन्तरता जरूरी रहेको बताए। तिनले ओझेलमा रहेका प्रतिभाहरुलाई परिचय गरी सम्मान गर्ने कार्य सराहनीय रहेको बताउँदै पत्रकारहरु सजग बनेर आफ्नो कार्य गर्नुपर्ने बताए। क्लबद्वारा आयोजित सिर्जनात्मक लेखन प्रतियोगिता नेपाली विधामा कुमुदिनी होम्सका विद्यार्थी परिक्षित शर्मा पहिलो, एसयूएमआइका राजेश रसाइली दोस्रो अनि अंग्रेजी विधा अन्तर्गत कन्या उच्चतर विद्यालयकी क्याथरिन लेप्चा पहिलो, कालेबुङ महाविद्यालयकी अञ्जली शर्मा दोस्रोलाई पनि क्लबले प्रमाण पत्र एवं पुरस्कार प्रदान गरेर सृजनात्मक लेखन प्रति हौसला प्रदान गरेको थियो।
कार्यक्रममा बिशिष्ट अतिथिहरूमा बीटी कलेजका प्राचार्य मणिन्द्र भूजेल, पूर्व प्राचाय बीआर छेत्री, गोदुनिसका उदय कुमाई, आरएल त्रिखत्री, सप्तश्री ज्ञानपीठका निर्देशक तपनकुमार प्रधान, जुब्ली उच्चत्तर विद्यालयका प्रधान अध्यापक जेबी राई, दोस्रो कालेबुङ रत्न पुरस्कार प्रापक ललित गोले, चौथो कालेबुङ रत्न पुरस्कार प्रापक बबिता घतानी आदि उपस्थित रहेका थिए।

0 Response to "म्याराथान धावक रोशनी राई पाँचौ कालेबुङ रत्न पुरस्कारले सम्मानित, पत्रकार अमिताभ मुखर्जीलाई एक्सिलेंस ईन जर्नलिज्म "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.