
क्रामाकपा 31ए हाईवे शाखाको जनसमस्याहरु यथाशिघ्र समाधान गर्ने माग
डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 मई। क्रान्तिकारी मार्क्सवादी कम्यूनिष्ट (क्रामाकपा) पार्टीको 31ए हाईवे शाखाले आज कालेबुङ खण्ड एकका अधिकारीलाई भेट गरेर बिभिन्न जनसमस्याहरु यथाशिघ्र समाधान गर्ने माग गरेको छ। कालेबुङ खण्ड एकका अधिकारी हसन अलीलाई क्रामाकपा हाईवे शाखाका अध्यक्ष सन्तोष प्रधान, सचिव श्याम गुरुङ, सह सचिव देवकुमार प्रधान आदिले भेट गरेर लिखित जानकारी दिदै जन समस्याहरु निवारण गर्नुपर्ने माग गरे।
यता जनसमस्याहरु समाधान गर्नुपर्ने मागमा क्रामाकपा हाईवे कमिटिले शहरको बिभिन्न स्थानहरुमा पोष्टरिङ पनि गरेको छ। बिशेष गरेर केन्द्र सरकारको योजना मनरेगा अन्तर्गत मानिसहरुले कार्य गरे पनि छ महिना भन्दा धेर समय बितेर जाँदा समेत पारिश्रमिक नपाएको क्रामाकपाले आरोप लगाएको छ।
टिस्टा क्षेत्रमा मनरेगा योजनाको धेरै बिकाशमूलक कार्यहरु भए पनि उक्त कार्य गर्ने मानिसहरुले भने पारिश्रमिक नपाउँनु दुखको कुरा रहेको जनाउँदै प्रशासनले यथाशिघ्र पहल गर्नुपर्ने माग रहेको छ।
सोहीक्रममा टिस्टा क्षेत्रमा एलपीजी ग्यास वितरण नभएको कारण टिस्टा क्षेत्रका मानिसहरुले समस्या भोग्न परिरहेको क्रामाकपाले बताएको छ। यहाँको तीन माईल क्षेत्रसम्म ग्यास बितरण हुने गरे पनि टिस्टा क्षेत्रमा ग्यास बितरण नभएको काररण क्षेत्रका मानिसहरुले समस्या झेल्न परिरहेको बताउदै उक्त समस्या निवारणको निम्ति प्रशासनले यथाशिघ्र कार्य गर्नुपर्ने माग क्रामाकपाको रहेको छ।
अर्कोतर्फ ईडब्ल्यूएस अन्तर्गत आर्थिक विपन्न परिवारहरूको निम्ति निर्माण गरिरहेको नवनिर्मित घरहरू वर्षदिन बितिसक्दा समेत पूर्ण हुननसकेकोमा पनि क्रामाकपाको आपत्ति छ। सरकारी घर पाउने आशामा पुरानो घर भक्ताइसकेपछि उनीहरूसित डेरामा बस्नसिवाय अन्य विकल्प छैन। यस दिशामा समेत सम्बन्धित निकायले कुनै पदक्षेप ग्रहन नगरेको आरोप क्रामाकपाले लगाउँदै उक्त समस्या पनि यथाशिघ्र गरिनुपर्ने उनीहरुको माग रहेको छ।
यसरीनै क्षेत्रमा भोडाफोन कम्पनीद्वारा क्याबल बिच्छाउँदा सडकको नालीहरु खनेर जथाभावी लथालिङ पारेको अनि बाटोको दुरावस्था बनाएको कारण जनसाधारणले समस्या भोग्न परेको उल्लेख गर्दै बाटो मरमत्ति गर्नुपर्ने पनि क्रामाकपाको माग रहेको छ।
सरकारद्वारा बृद्ध मानिसहरुको निम्ति प्रदान गरिने बुडौली भत्ता समेत नियमित रुपमा नदिएको उल्लेख गर्दै यसलाई यथाशिघ्र नियमित गर्नुपर्ने माग गरेको छ।
अर्कोतिर 2011मा आएको बिनाशकारी भूईँचालोको चपेटमा पर्ने पिडीतहरुले आजसम्म सरकारी सहुलियत पाउँन नसकेको क्रामाकपाले आरोप लगाएको छ। भूईँचालो पिडीतहरु अझसम्म सरकारी सहुलियत पाउँने आशामा बसिरहेका भएपनि सरकारी पक्षबाट भने कुनै पदक्षेप नभएको उल्लेख गर्दै बिभागले पिडीतरुलई क्षतिपूर्ती यथाशिघ्र दिनुपर्ने माग गरेको छ।
यसैक्रममा 27 माईल स्थित राष्ट्रिय जलविद्युत परियोजनाले प्रभावित पीडितहरूको क्षतिपूरणको निम्ति पनि प्रशासनिक हस्तेक्षप हुनुपर्ने उनीहरूको माग छ।
क्रामाकपाले उठाएको यस मागप्रति खण्ड विकास अधिकारी हसन अलिले, जिल्लापाल स्तरीय कमिटीले नै एनएचपीसी प्रभावित पीडितहरूलाई सहुलियत दिलाउनमा सहायता प्रदान गर्ने बताए। यसैलै जिल्लापाल अनि सम्बन्धित विभागमा पत्रचार गर्ने उनले प्रतिश्रुति दिए। सयदिने रोजगार योजना अन्तर्गत श्रमिकहरूलाई विभागीय कतिपय झमेलाको कारण राशी भुक्तान गर्न नसकिरहेको भएपनि एक हप्ताभित्र उनीहरूले पारिश्रमिक पाउने उनले बताए।
0 Response to "क्रामाकपा 31ए हाईवे शाखाको जनसमस्याहरु यथाशिघ्र समाधान गर्ने माग"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.