
कालेबुङ प्रेस क्लबको पुरानो समिति बिघटन- कालेबुङ प्रेस क्लब स्वतन्त्र पत्रकारिताको पक्षमा
कालिम्न्युज, कालेबुङ 20 अप्रेल 2013। कालेबुङ प्रेस क्लबको त्रय वार्षिक साधरण सभा आज यहाँको कन्या उच्चतर माध्यमिक बिध्यालयमा सम्पन्न भयो। क्लबकै अध्यक्ष अरुण कुमार रसाईलीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा बिभिन्न बिषयहरुमा चर्चा परिचर्चा सम्पन्न भयो।
यसै अवसरमा क्लबको तीन बर्षे कार्यकाल पुरा गरेपछि पुरानो समिति बिघटन गरेर नयाँ कमिटि पुनर्गठन गरियो। उक्त साधारण सभामा संगठनका सचिव अरुण कुमार राईले संगठनले वार्षिक प्रतिवेदन प्रस्तुत गरे। तिनले संगठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेसम्म संगठनले गर्दै आईरहेका कार्यहरुबारे सबैलाई अवगत गराए। यसैक्रममा तिनले भावी कार्यक्रमहरुबारे पनि प्रकाश पारे।
सभालाई सम्बोधन गर्ने क्रममा कोषाध्याक्ष सुजन सिरालले बार्षिक हरहिसाबको सम्पूर्ण विवरण दिए।
उक्त कार्यको समापन पछि दार्जीलिङ पहाडको बदलिदो राजनैतिक परिस्थितिमा पहाडका पत्रकार अनि पत्रकारिता माथि हुने समय समयको राजनैतिक हस्तक्षेप बिषयमा चर्चा गरियो। यसै सम्बन्धमा पत्रकारहरुलाई कुनै पनि राजनैतिक पार्टीहरुले हस्तक्षेप गर्नु गणतन्त्रकै हनन हो भनि प्रेस क्लबले ठहर गरेको छ।
प्रजातन्त्रमा पत्रकारहरुले स्वतन्त्र रुपले कार्य गर्न पाउँनुपर्ने अनि राजनैतिक हस्तक्षेप कुनै पनि राजनैतिक पार्टीले गर्नु नहुने सभामा सबैले जनाए। अहिलेघरी भईरहेको पत्रकार अनि पत्रकारीता माथिको हस्तक्षेप बिषयमा पनि सभामा ब्यापक चर्चा गरेर प्रस्ताव पारित गरिएको छ। यसै सिलसिलामा पत्रकारहरुले पनि आफ्नो धर्मलाई निस्वार्थ रुपले निभाउँन पर्ने सभामा चर्चा गरियो।
बिभिन्न छलफल पछि कालेबुङ प्रेस क्लबले स्वतन्त्र पत्रकारिताको निम्ति आफ्नो पक्षमा के कस्ता कार्यहरु गर्न आवश्यक छ भन्ने प्रस्तावहरु पनि ग्रहण गरेको छ। यसै अवसरमा कालेबुङ प्रेस क्लबले आफ्नो तीन वर्षे कार्यकाल पुरा गरेको कमिटिलाई नियम अनुरुप बिघटन गरेर नयाँ समितिको गठन गरियो। उक्त नयाँ कमिटिमा संगठनका अध्यक्ष अरुण कुमार रसाईली, उपाध्यक्ष रुद्र कार्की, सचिव अरुण कुमार राई , सहसचिव डी के वाइबा, कोषाध्यक्ष सामतेन काबो, सहकोषाध्यक्ष मणी तामङ् लगायत आठजना कार्यकारी सदस्यहरु चयनित गरिएको छ।
0 Response to "कालेबुङ प्रेस क्लबको पुरानो समिति बिघटन- कालेबुङ प्रेस क्लब स्वतन्त्र पत्रकारिताको पक्षमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.