-->
जमुना तामाङ हत्याकाण्ड : पुलिसले बडायो जाँच हत्यारा अझै बेपत्ता

जमुना तामाङ हत्याकाण्ड : पुलिसले बडायो जाँच हत्यारा अझै बेपत्ता

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 5 मार्च 2013। कालेबुङ शहरमा भएको चोरी अनि हत्याकाण्डको खबरले सनसनी छाएको छ। बिशेष यहाँको ईष्टमेन रोड स्थित सोम्बार साँझ भएको चोरी अनि हत्याकाण्डले कालेबुङ शहरमा आतङक सृजना भएको छ। उक्त हत्याकाण्ड बिषयमा पुलिस प्रशासनले जाँच अभियान तिब्र पारेको छ भने हत्याकाण्डको आरोपी बिषयमा भने अझसम्म कुनै सुराग पाउँन सकेको छैन। 
हिजो साँझ यहाँको ईष्टमेनरोड स्थित लगभग 50 बर्षिय जमुना तामङको आफ्नै घरमा हत्या भएपछि पुलिसले शवलाई उद्धार गरेर पोष्टमार्टम पछि आज परिवार पक्षलाई सुम्पियो। हत्याराले कुन अभिष्टको निम्ति हत्या गरेको हो भन्ने स्पष्ट हुन नसके पनि प्रारम्भिक चरणमा पुलिसले उक्त हत्या चोरीको उद्देश्यले गरेको हुनसक्ने अनुमान लगाएको छ। उक्त हत्याकाण्डको गुत्थि सुल्झाउँन आज कालेबुङ पुलिसले सिलगडीबाट स्निफर डग ल्याएर घटना स्थलको जाँच गर्‍यो। घटना स्थलबाट पुलिसले आवश्यक त्यथ्यहरु संकलन गरेको छ भने हत्यारा कुनै परिचित व्यक्ति हुनसक्ने पनि अनुमान गरेको छ। 
आज घटना स्थलको जायजा लिन कालेबुङका अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा, आईसी प्रसाद प्रधान आफ्नो दलबल लिएर पुगेका थिए। यस अवसरमा घटना स्थलको स्निफर डग लगाएर हत्यारा सम्म पुग्ने अभियान शुरु गर्यो तर आज उल्लेख योग्य कुनै सुराग भेटन सकेको थाहा लागेको छैन। घटना स्थलको परिदृष्य हेर्दा हत्याराले चोरीकै उदेश्यले हत्या गरेको हो भन्ने प्रतित भईरहेको थियो। कुनै कार्य लिएर आएका परिचित व्यक्तिले नै जमुना तामङको हत्या गरेर चोरी गरेको हो भन्ने पुलिसले समेत अनुमान गरेको छ। 
हत्यापछि हत्याराले उक्त घरको तीनवटा दराज फोरेर सम्पूर्ण गरगहना अनि पैसा लुटेर लगेको छ। यसको साथै हत्याराले मृत जमुना तामङको शरिरमा भएको सम्पूर्ण गरगहना समेत लुछेर लगेको छ। यस समबन्धमा आज अतिरिक्त पुलिस अधिक्षक सोङमीत लेप्चाले पत्रकार सम्मेलन डाकेर हत्यारालाई पक्राऊ गर्न नसके पनि पुलिस प्रसाशनले जाँच अभियान शुरु गरेको जानकारी दिएकी छिन। तिनले उक्त हत्याकाण्ड चोरीकै उदेश्यले गरेको हुन सक्ने पत्रकारहरुलाई जानकारी दिइन। पुलिसले हत्याको रहस्य पत्तो लगाउँन अहिले शंका भएका व्यक्तिहरु माथी कडा नजर राखेको थप जानकारी दिएकी छिन। उक्त हत्याकाण्ड सम्बन्धमा अहिले नै केहि भनिहाल्न नसकिने बताउँदै हत्याराले हत्याको सुराग समेत लुकाएको अतिरिक्त पुलिस अधिक्षक लेप्चाले जनाईन। 
यता आज उक्त हत्याकाण्ड सम्बन्धमा कालेबुङमा गोर्खा जनमुक्ति युवा मोर्चाले भर्त्सना जनाउँदै हत्यारालाई यथाशिघ्र पक्राऊ गर्नुपर्ने माग गरेको छ। उक्त हत्याकाण्डले मानिसहरुमा आतङक सृजना भएको बताउँदै युवा मोर्चा अध्यक्ष बारुद थापा सचिव बिनय घिसिङको नेतृत्वमा रहेको प्रतिनिधी टोलीले कालेबुङ थानामा एउटा ज्ञापन पत्र चडाएर हत्यारालाई यथाशिघ्र पक्राऊ गर्नुपर्ने माग गरेको छ। यस समबन्धमा पत्रकारहरुसंग कुराकानी गर्दै युवा मोर्चा अध्यक्ष बारुद थापाले हत्यारालाई पक्राऊ गरेर कडा सजाय दिनुपर्ने माग गरेको बताए। 
समाजमा बडदो अपराधलाई निर्मूल पार्न युवा मोर्चाले प्रसासनलाई सहयोग प्रदान गर्ने बताउँदै यस्ता असमाजिक तत्वहरुलाई कडा सजाय दिनुपर्ने माग गरे। 
यसरीनै युवा मोर्चा सचिव बिनय तामाङले ईष्टमेनरोडमा भएको हत्याकाण्डको दोषी पेदोङमा भएको जिना प्रधान हत्याकाण्ड जस्तै बिलिन नहोस भनि माग गर्दै प्रसाशनले सक्रियता अप्नाउँनुपर्ने माग गरेको बताए। 
अर्कोतिर उक्त हत्याकाण्ड सम्बन्धि कालेबुङका माकपा नेता तारा सुन्दासले बिरोध गर्दै प्रसाशनले हत्यारा पक्राऊ गर्नुपर्ने माग गरे। 
हत्यारा पक्राऊ गर्न पुलिसले यथाशिघ्र पहल गर्नुपर्ने माग गर्दै कतिपय घटनाकाण्डहरुले पुलिसको भूमिका माथी प्रश्न उठ्ने गरेको तिनले बताए। समाजमा बडदो अपराधका घटनाहरुलाई निर्मूल पार्न पुलिसले हत्याराहरुलाई यथाशिघ्र पक्राऊ गरेर कार्वाही गरे मानिसहरुको मनमा पुलिस प्रति विश्वास जाग्ने बताउँदै यहाँको कतिपय घटनाहरुमा आरोपीहरु पक्राऊ नपर्नुले पुलिसको कार्यप्रणाली माथी प्रश्न खडा भएको सुन्दासले बताए।

0 Response to "जमुना तामाङ हत्याकाण्ड : पुलिसले बडायो जाँच हत्यारा अझै बेपत्ता "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.