
बजेट भाषणमा माकपाको तिब्र आलोचना
कालिमन्युज, कालेबुङ 13 मार्च। पश्चिम बङगाल राज्य बिधानसभामा वित्तमन्त्री अमित मित्रले प्रस्तुत गरेको बजेट भाषणमा जीटीएको कुनै उल्लेख नभए पछि माकपाले तिब्र आलोचना गरेको छ। माकपा नेता तारा सुन्दासले आज एक पत्रकार सम्मेलन डाकेर राज्य बजेट सत्रमा वित्त मन्त्रीले जीटीएको कुनै उल्लेख नगरेको सन्दर्भमा आश्चर्य प्रकट गर्दै राज्य सरकारले जीटीएलाई अवहेलना गरेको आरोप लगाए।
‘राज्य सरकारले जीटीएलाई अवहेलना गरेको छ। सरकारले ज़ीटीएलाई अवहेलना गरेको बजेट सत्रले प्रमाणीत गरेको छ। जीटीएलाई स्वीजरल्याण्ड बनाउँछु भन्ने मुख्यमन्त्री ममता ब्यानर्जीले बारम्बार पहाड हाँसेको दाबी गरे पनि बजेट सत्रमा जीटीएको नाउँ उल्लेख नहुनु बिडम्बना नै हो। किन बजेट भाषणमा जीटीएको कुनै उल्लेख भएन ?” माकपा नेता तारा सुन्दासले भने।
तिनले यसै सिलसिलामा मुख्य मंत्री ममता ब्यानर्जीलाई आमा अथवा दिदी भनेर सम्बोधन गर्नेहरुले बजेट सत्रमा जीटीएको कुनै नाउँ उल्लेख नहुँदा समेत मौन बस्नु थप हाँस्यस्पद रहेको बताए। तिनले राज्य बिधानसभामा जीटीएलाई अलग्ग राखेर बजेट कसरी प्रस्तुत गरियो भन्ने प्रश्न गर्दै बङगाल सरकारले दार्जीलिङ पहाडलाई लिएर एकपक्षिय नीति अप्नाउँने कार्य गरेको आरोप लगाए।
पहाडको बिकाश गरेर स्वीजरल्याण्ड बनाउँछु भनि घोषणा गर्ने ममता ब्यानर्जीको सरकारले बजेट सत्रमा जीटीएलाई अलग्ग राखेर बजेट प्रस्तुत गरेको घटना एकदमै निन्दनीय रहेको बताउँदै यसबर्षको राज्यको बजेट अधिवेशन पहाडवासीको निम्ति घातक रहेको सुन्दासले दाबी गरे।
0 Response to " बजेट भाषणमा माकपाको तिब्र आलोचना"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.