छेवाङ भोटिया आक्रमण : कालेबुङ थानाप्रभारी स्थान्तरण, एसपीले गरे बैठक
कालिमन्युज, कालेबुङ 7 मार्च 2013 । तृणमूल नेता छेवाङ भोटिया हत्याकाण्डले पहाडमा आम मानिसहरुको सुरक्षा बिषयमा चिन्ह खडा भएको छ। यसै सिलसिलामा पहाडमा गणतन्त्रको हत्या भईरहेको छ भनि अन्य राजनैतिक पार्टीहरुले आरोप लगाउँदै सुरक्षा व्यवस्था कठोर बनाउँनु पर्ने माग गरिरहेको छ। छेवाङ भोटिया हमलाकाण्ड भएको 24 घण्टा बित्न नपाई आज कालेबुङमा थाना प्रभारी प्रसाद प्रधानले आफ्नो पद छोडेर स्थानान्तरण हुन पर्यो।
जानकारी अनुसार प्रधानको स्थानान्तरण आदेश अघि नै आएको भए पनि तिनी कालेबुङ थानाकै प्रभारीको रुपमा बसिरहेका थिए। लगभग दुईवर्ष कालेबुङ थाना प्रभारीको रुपमा रहेका प्रधानको स्थानान्तरण कोलकोता नजिक भएको कारण तिनले आफ्नो स्थानान्तरण सिलगडीमा गरिदिने बिचारको अनुरोध पत्र उच्च अधिकारीलाई चडाएका थिए। यसै समयमा केहिदिन अघि यहाँको ईष्टमेन रोडमा एकजना महिलाको दिउँसै घभित्र हत्या भएको थियो।
उक्त हत्याकाण्डको सुराग समेत पत्तो लगाउँन असफल बनिरहेको पुलिस प्रशासनको भूमीका माथि अनेक प्रश्न खडा भईरहेको समयमा तृणमूल नेता छेवाङ भोटियामाथि प्राणघातक हमला भएपछि घटनाको नकारात्मक प्रभाव थाना प्रभारी प्रधानले भोग्न परेको छ। भोटिया आक्रमणको गुत्थि सुल्झाउँन सक्रिय बनेर तिनले रातीनै बिभिन्न स्थानहरुमा छापा मारेर मोठ पाँचजना पक्राउ गरेर केहि राहतको श्वास फेरिरहेको समयमा पुलिस बिभागको उच्च अधिकारीले तिनलाई तत्काल प्रभारीको पदभार छोड्ने आपतकालिन टेलिफोनिक निर्देश दिएपछि तिनले आफ्नो पदभार अस्थायी रुपमा सेराप लेप्चालाई सुम्पिएर स्थानान्तरण भए।
यस अवधी कालेबुङ थाना प्रभारीको पदभार गोरुबथान थाना प्रभारी रबिन गुरुङले लिने सुत्रले जानकारी दिएको थियो भने पछि केहि कारणवस उक्त आदेश पनि उच्च अधिकारीले खारेज गरेर सिलगडीबाट प्रविण कुमार दे सरकारलाई सुम्पिएको जानकारी प्राप्त भएको छ। कालेबुङ थाना प्रभारीको पदभार छोडेर स्थानान्तरण भएका प्रधान कालेबुङ थानाबाट सोझै बालुरघाट पुलिस थानामा मोबाईल टास्क फोर्समा स्थानान्तरण भएका छन।
यता तृणमूल नेता भोटियामाथि आक्रमण भएर शहरमा आतङ सृजना भएपछि आज दार्जीलिङ पुलिस अधिक्षक कुणाल अग्रवालले पनि कालेबुङको दौडाह गर्दै जानकारी लिए। तिनले यसै अवधी यहाँको बिरला हाउसमा कालेबुङका अतिरिक्त पुलिस अधिक्षक सोङमित लेप्चा लगायत क्रामाकपा अनि बिभिन्न पार्टीहरुको साझा मञ्च गोर्खाल्याण्ड टास्क फोर्सका प्रतिनिधीहरुसंग बैठक गरे।
उक्त बैठकमा क्रामाकपा पार्टीका कालेबुङ आञ्चलिक समिति अध्यक्ष किशोर प्रधान, प्रवक्ता मोहन पौडयाल भागोप अध्यक्ष रेभरेण्ड् डा एनोसदास प्रधान, क्रामाकपा महासचिव तारामणी राई अभागोली महासचिव प्रताप खाती उपस्थित रहेका थिए। उक्त बैठकमा उपस्थित प्रतिनिधीहरुले दार्जीलिङ पहाडमा गणतन्त्र नरहेको दाबी गर्दै पहाडमा गणतन्त्रको स्थापना गर्नुपर्ने माग गरे। यसै सिलसिलामा बैठकमा उपस्थित प्रतिनीधीवर्गले पहाडमा शान्तिवहालीको माग गर्दै पुलिस तैनाथ गर्नुपर्ने माग गरेको छ।
बैठकबारे कसैले पत्रकार सम्मेलन डाकेर आधिकारीक जानकारी नदिए पनि पुलिस अधिक्षक अग्रवाललाई सबै राजनैतिक पार्टीका नेताहरुले घटनाकाण्डका दोषीलाई यथाशिघ्र पक्राउ गर्नुपर्ने माग गर्दै कानुनी कार्वाही गर्नुपर्ने माग गरेको सुत्रले जानकारी दिएको छ। यस बिषयमा पुलिस अधिक्षकले कार्वाही गर्ने आश्वासन दिएको सुत्रले अझ बताएको छ।
यता शहरमा कुनै अशान्ति नहोस भन्ने उदेश्य राखेर प्रशासनले र्याफका जवानहरु तैनाथ गरेको छ। यस अवसरमा आज उक्त र्याफका जवानहरुले शहरमा गस्ति लगाउँन शुरु गरे।
0 Response to "छेवाङ भोटिया आक्रमण : कालेबुङ थानाप्रभारी स्थान्तरण, एसपीले गरे बैठक"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.