-->
कालेबुङ् महकुमा युवा मोर्चाको नयाँ कमिटि गठन

कालेबुङ् महकुमा युवा मोर्चाको नयाँ कमिटि गठन

डी के वाइबा, कालिमन्युज, कालेबुङ, ४ मार्च| गोजमुमो पार्टीले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँन युवा मोर्चालाई दह्रिलो बनाउँने कार्य गरिरहेको छ। यसैक्रममा पार्टी अध्यक्ष बिमल गुरुङको निर्देशनमा कालेबुङ्को महकुमा युवा मोर्चाको नयाँ कमिटि गठन गरिएको छ। गोजयुमो कालेबुङ महकुमा समितिको नवगठित समितिका अध्यक्ष बारुद थापा भएका छन भने सचिव बिनय घिसिङ रहेका छन। 
नवगठित समितिका उपाध्यक्षहरू पासाङ् तामाङ अनि रञ्जित राई, सह-सचिवको पदमा अरुण गुरुङ अनि भुषण तामाङ, प्रचार-प्रसार सचिव वालकृष्ण तामाङ् तथा कोषाध्यक्षको रुपमा सेसे भोटिलाई चयन गरिएको छ| गोजमुमो कालेबुङ महकुमा समितिका अध्यक्ष सुनिल प्रधान अनि सचिव निमा तामङ सभासद भएपछि संगठनको महत्वपूर्ण पदहरु रित्तो रहेको थियो। उक्त रितो रहेको पदहरुमा नयाँ अनुहारलाई चयन गर्दै पार्टीलाई दह्रो बनाउँने कार्य अहिले मोर्चाले अघि बडाएको छ। 
यहाक़ो गोजमुमो पार्टी कार्यालयमा मोर्चा महकुमा समिति सचिव कुमार चाम्लिङको अध्यक्षतामा आज एक सभा बसेपछि केन्द्रिय समिति अध्यक्ष विमल गुरुङको निर्देशनमा नै युवा मोर्चाको नयाँ कमिटि गठन गरिएको बताइएको छ। नवगठित कमिटीमा पूर्व अध्यक्ष अनि सचिव क्रमैले सुनिल प्रधान अनि निमा तामाङ्लाई मुख्य पर्यवेक्षकको रुपमा राखिएको छ| यता युवा मोर्चाको नयाँ कमिटि गठन पछि नव नियुक्त अध्यक्ष बारुद थापाले पत्रकार सम्मेलन डाकेर आफुले युवाहरुलाई एकबद्ध बनाएर अघि लैजाने बताए।

0 Response to "कालेबुङ् महकुमा युवा मोर्चाको नयाँ कमिटि गठन "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.