मोर्चाको निर्णायक आन्दोलन : जनता बेपत्ता सीआरपी सडकमा
कालिमन्युज, कालेबुङ 12 मार्च। दार्जीलिङ पहाडमा अहिले गोर्खाल्याण्ड आन्दोलनको चर्चा भन्दा बेसी सीआरपीको हल्ला बडेको छ। अस्सिको दशकमा सीआरपीको यातना देख्नेहरु त्रस्त छन भने नयाँ पिडी ‘गोर्खाल्याण्ड’ सन्धैलाई बिर्सनुपर्ने हो कि ? भन्ने स्थितिमा पुगिरहेका छन। वास्तवमा भन्नु हो भने यहाँ हल्लाको बाघले सबैलाई निलेको छ।
पोषाकधारी सीआरपीहरु खुङखार हुन्छन भन्ने मनको त्रासले पहाडवासी अहिले भित्रभित्रै मरीरहेका छन भने नेताहरु पत्रकार सम्मेलनमा नै सिमित बन्न पुगिसकेका छन। उक्त परिदृष्यहरुले पहाडमा गोर्खाल्याण्डको निर्णायक आन्दोलनको राप नै सेलाएको छ।
गोर्खा जनमुक्ति मोर्चाको ‘निर्णायक’ आन्दोलन आफैभित्र बिरोधाभासपूर्ण रहेको छ। कुनै पनि खेल अथवा युद्ध निर्णायक भने पछि त्यसको परिणाम त्यहाँ कसैको हार अथवा कसैको जित निश्चित रुपले भएकै हुने गर्दछ। तर, गोजमुमो पार्टीले घोषणा गरेको निर्णायक आन्दोलनमा भने अहिलेसम्म खासै केही देखिएको छैन। अहिलेसम्मको परिदृष्य हेर्दा भने यहाँ निर्णायक आन्दोलन भएकै छैन।
आन्दोलनको सन्दर्भमा भन्नु पर्दा त्यो आन्दोलन त्यस समय निर्णायक हुने गर्छ जुन समय कि त आन्दोलनकारीले घुँडा टेकेको हुने गर्छ कि त आन्दोलनकारीहरुले लक्ष्य प्राप्ति गरेको हुन्छ। तर दार्जीलिङ पहाडमा गोजमुमो पार्टीले निर्णायक आन्दोलन भनि घोषणा गरेको सन्दर्भमा भने न त आन्दोलनकारीले घुँडा टेकेको छ न त कुनै लक्ष्य नै प्राप्ति गर्न सकेको छ। यतिसम्म कि निर्णायक आन्दोलनको घोषणा यता आन्दोलनकारी पार्टीले गरेको कार्यक्रम समेत राष्ट्रपतिको अनुरोधमा स्थगित राखिको छ।
अब राष्ट्रपतिले अनुरोध गर्दा कुनै पनि दलको कार्यक्रम नै स्थगित हुने गर्छ भने त्यस आन्दोलनलाई निर्णायक आन्दोलन भन्ने मिल्छ ? उक्त प्रश्नको उत्तर अहिले दार्जीलिङ पहाडको अनिश्चित राजनैतिक स्थिति झै अन्योलपूर्ण अवस्थामा अडेको छ। जसको सहज जवाब आन्दोलनकारी दल समेतलाई थाह छैन।
छुट्टै राज्य गोर्खाल्याण्डको 44 महिने आन्दोलनलाई कुटनैतिक चाल चलेर जीटीएमा थान्को लगाउँने मुख्यमन्त्री ममता व्यानर्जीले बारम्बार गोर्खाल्याण्डको बिरोध गर्दै आईरहेकी छिन। जीटीएको सम्झौता गराएर पहाड मुस्कुराएको छ भन्ने मुख्यमन्त्रीको दाबी अहिले जीटीए क्षेत्रमा सीआरपीएफ जवानहरु भित्रिसकेको घट्नाले खोक्रो हो भन्ने पुष्टि गरेको छ। दार्जीलिङको चौरास्तामा मुख्यमन्त्री ममता ब्यानर्जीकै अघि पहाडका जनताले गोखाल्याण्डको नारा गुञ्जाउँदा पहाडका जनताले गोर्खाल्याण्ड बाहेक अन्य व्यवस्था स्वीकार गर्नेछैन भन्ने स्पष्ट भएको छ। तर यहाँ जनताको दिर्घ दिनदेखीको चाहना गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँने राजनैतिक दलहरु भने आधा बाटोमा पुगेर लडखडाउँने गरेको कारण आखिरमा जनता नै अलमल्ल परिरहेका छन। यस्तो परिस्थितिमा दार्जीलिङ पहाडको सत्तासिन पार्टी गोजमुमोले दार्जीलिङ् चौरास्ताको उक्त घटना पछि गोर्खाल्याण्डको आन्दोलन अघि बडाउँने निर्णय गर्दै 17 फरवरीको दिन कालेबुङको मेला ग्राउण्डबाट आन्दोलनको घोषणा समेत गरिसकेको छ।
गोजमुमो पार्टीले गोर्खाल्याण्डको निर्णायक आन्दोलन गर्ने घोषणा हुन अघि जनता समेत उत्साहित बनेका थिए। उत्साहित जनता एकपल्ट पुन: गोर्खाल्याण्डको निम्ति आफैलाई समर्पित गर्दै सडकमा उत्रने आँट गरिरहेको अवस्थामा मोर्चा अध्यक्ष बिमल गुरुङले “जीटीएको आयु सकिएको छैन” भने पछि अहिले मोर्चाले घोषणा गरेको निर्णायक आन्दोलनमा सडकमा जनता भन्दा धेर सीआरपीएफका जवानहरु देखिन थालेको छ।
मोर्चाले निर्णायक आन्दोलनको घोषणा गर्दै प्रारम्भिक चरणमा मसाल जुलुस निकाल्ने कार्य गरिसकेको छ भने नारी मोर्चाको जनसभा लगायत कार्यालय बन्द अनि पहाड बन्दको कार्यक्रम स्थगित भएको छ। एकाधिक कार्यक्रमको घोषणा गरेर मोर्चा टोलीले दिल्ली यात्रा गरिसकेको छ भने दिल्ली यात्रामा गोर्खाल्याण्डको चर्चा भन्दा ज़ीटीएको क्षमता बिकाश अनि फण्ड बृद्धिको माग गरिएको समाचार प्रकाशमा आएपछि अहिले सडकमा आन्दोलनकारीहरु भन्दा धेर सीआरपीएफका जवानहरुले गस्ति लगाईरहेका छन। अर्कोतिर जीटीएको सत्तामा बसेर गोर्खाल्याण्डको आन्दोलन गर्ने मोर्चाको घोषणालाई पहाडका अन्य राजनैतिक पार्टीहरुले आन्दोलनको घोषणा भए देखिनै पत्याएका छैनन्।
दार्जीलिङ पहाडका छुट्टै राज्य पन्थि अन्य राजनैतिक पार्टीहरुले जीटीएको सत्ता त्यागेर मोर्चाले आन्दोलन अघि बडाउँनुपर्ने सुझाव दिईरहेको छ। जबसम्म जीटीएको सत्ता त्याग्दैन तबसम्म मोर्चाको आन्दोलनमा विश्वास गर्न सकिन्दैन भन्ने अन्य राजनैतिक पार्टीहरुको भनाई रहेको छ।
यता मोर्चाले भने अन्य पार्टीहरुको उक्त भनाईलाई कुनै महत्व नदिई “एक्ला चरो रे” को मंत्र जपेर पहाडमा गोर्खाल्याण्डको हूँकार पिट्दै दिल्ली धाउँन व्यस्त रहेको छ। पहाडमा गोर्खाल्याण्डको राग अलापेर दिल्ली हिडॆका नेताहरुले दिल्लीमा जीटीएको क्षमता बिकाश र आर्थिक कोष बृद्धिको मागले यता पहाडका जनताहरु भने दिनो दिन “गोर्खाल्याण्ड” भन्ने बिषयमा चासो समेत देखाउँन छोडीसकेका छन्। निर्णायक आन्दोलनको घोषणा गर्ने मोर्चा अध्यक्ष बिमल गुरुङले आन्दोलनको घोषणा गर्दै यसपाली जनताले होईन नेताहरुले गोली थाप्नेछन भने पनि निर्णायक आन्दोलन लडने नेताहरु संगै जनतालाई सडकमा खोज्नु पर्ने स्थिति देखा परेको छ। किनभने अहिले सडकमा पोषाकधारी सीआरपीएफ गस्ति लगाईरहेका छन।

0 Response to "मोर्चाको निर्णायक आन्दोलन : जनता बेपत्ता सीआरपी सडकमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.