डी के वाइबा, कालिमन्युज, कालेबुङ, १ मार्च 2013| गोर्खाल्याण्डको वकालती गर्ने गोजमुमो पार्टीलाई लगाम लगाउँन अहिले राज्यको सत्तारुढ पार्टी तृणमूल कङ्ग्रेसले आफ्नो अभियान तिब्र पारेको छ। जीटीएको सत्तामा बसेर गोर्खाल्याण्डको हूँकार कस्ने गोजमुमो अनि तृणमूल कङ्ग्रेसमाझ बडीरहेको दुरत्वको कारण अहिले राज्य सरकारले मोर्चालाई आफ्नो अधिनमा ल्याउँने हरसम्भव प्रयास बनाईरहेको छ। यसको निम्ति राज्यसरकारले दार्जीलिङ पहाडमा तृणमूल पार्टीका कार्यकर्ताहरुलाई सक्रिय बनाउँन थालेको छ।
कोलकोतामा पार्टीको हाईकमाण्डसंग दार्जीलिङ पहाडका तृणमूल नेतृत्वहरु बैठकमा बसेर आएपछि उनीहरुलाई पार्टीले संगठन बिस्तारको अभिभारा सुम्पेको जानकारी दिएका छन। केहि समय अघि सम्म आफ्नै पार्टीसंग रुष्ठ बनेका कालेबुङका तृणमूल नेता छेवाङ भोटियाले कोलकोतामा दलका शिर्षस्थ नेताहरुसंग बैठक गरेर कालेबुङ आईपुगेपछि आज पत्रकार सम्मेलन डाकेर पहाडमा दल गठनको प्रक्रियालाई अघि बडाउँने पार्टी हाईकमाण्डले निर्देश दिएको आधिकारीक पुष्टि गरे। भोटियाले गत २६ अनि २७ फरवरीको दिन बसेको बैठकमा हिल तृणमूललाई हाइकमाण्डले दलीय सहमति प्रदान गरेको जानकारी गराउँदै तृणमूल नेतृत्व राजेन मुखियालाई पहाडमा दलीय विस्तारको लगाम सुम्पिएको बताए। मुखियालाई हिल तृतणूल कङग्रेस अध्यक्ष पदमा नियुक्ति गरेको भोटियाले थप जनाए।
बैठकपछि फर्केर आज कालेबुङमा एक पत्रकार सम्मेलन बोलाएर भोटियाले जीटीएले पहाडमा प्राथमिक शिक्षक नियुक्तिको निम्ति नियुक्ति पत्र पठाएको खबरको प्रतिक्रिया व्यक्त गर्दै उक्त कुरा उडन्ते हो भने। जीटीए शिक्षा बिभागका सभासद रोशन गिरीले 570 प्राथमिक शिक्षकहरुको नियुक्ति पत्र जीटीएले पठाएको कुरालाई तिनले निराधार रहेको दाबी गर्दै उक्त नियुक्ति पत्र पठाईसकेको सन्दर्भमा गिरीले खुलासा गर्नुपर्ने चुनौति दिए।
उक्त नियुक्ति प्रक्रियामा पार्टीगत भेदभाव राख्ने कार्य भएको आरोप लगाउँदै सन 2002 मा अन्तर्वार्ता दिने सबैले नियुक्ति पाउँनुपर्ने भोटियाले माग गरे। यसको साथै तिनले पहाडमा गोजमुमो पार्टीले आईसिडीएस कर्मीहरु नियुक्ति गर्दा समेत भेदभाव राखेको आरोप लगाए। नियुक्ति प्रक्रियामा कुनै प्रकारको भेदभाव हुनु नहुने बताउँदै योग्य उम्मेद्वारले नियुक्ति पाउँनुपर्ने तिनले माग गरे। भोटियाले पहाडमा शान्ति नरहेको दाबी गर्दै सुरक्षाको निम्ति नै पहाडमा सिआरपी ल्याउँनुपर्ने माग तृणमूल कङ्ग्रेसले गरेको तिनले स्पष्ट बताए। “पहाडमा हत्याराहरु दिउँसै खुल्ला हिडीरहेका छन। यहाँ बिपक्षी पार्टीकाहरुले पत्रकार सम्मेलन समेत लुकी लुकी गर्नुपर्ने स्थिति छ। यहाँ प्रजातन्त्रको हत्या गोजमुमो पार्टीले गरेको छ” छेवाङ भोटियाले भने। यस सम्बन्धमा पहाडमा सीआरपी आए साधारण जनता सुरक्षित हुने दाबी गरे।
suside goal gara hai mora ho..
ReplyDelete