डी के वाइबा, कालिमन्युज, कालेबुङ 12 फरवरी। लेप्चा राईट मुभमेन्टको आयोजनामा शुरु भएको आमरण अनशन आज छैटौ दिन समापन भयो।
ईण्डिजेनस लेप्चा ट्राईबल एसोसिएसन (ईल्टा) अध्यक्ष एल एस तामसाङले लेप्चा समुदायका मानिसहरुले सुरु गरेको आमरण अनशन समापन गरेको औपचारिक घोषणा गरे भने उत्तर बङगाल बिकाश मन्त्री गौतम देवले अनशनकारी निमसिङ लेप्चालाई जुस पिलाएर् आमरण अनशन तोडिएकोमा स्वागत जनाए ।
सोहिक्रममा ईल्टा अध्यक्ष एल एस तामसाङले पनि जुस पिलाएर अनशनलाई समापन गरे। लेप्चा बिकाश परिषद गठनको चर्चाले पहाडमा चुलीएको राजनैतिक अन्योलताको कारण लेप्चा समुदायका मानिसहरुले आमरण अन्शन सुरु गरेका थिए। आमरण अनशनको छैटौ दिन मोठ 321 जना अनशनकारीहरुले अनशन जारी राखेका थिए भने तीन हजार भन्दा अधिक लेप्चा समुदायका मानिसहरु साकेतिक हडतालमा बसेर आमरण अनशनकारीहरुको मनोबल बृद्धि गराईरहेका थिए।
राज्यकी मुख्य मन्त्री ममता ब्यानर्जीले लेप्चा बिकाश बोर्ड जीटीए अधिनस्थ गठन नगरेर राज्य अधिनस्थ गठन गर्ने आश्वासन दिएको कारण आज लेप्चा समुदायका मानिसहरुले छ दिनदेखि जारी राखेको आमरण अनशन फिर्ता लिए। मुख्यमन्त्री ममता ब्यानर्जीले लेप्चा समुदायहरुले जारी राखेको आमरण अनशन फिर्ता गरिदिने अपिल गर्दै हिज साँझ टेलिफोनिक कुराकानी गरेका थिए। सोहिक्रममा आज मुख्यमन्त्रीको सन्देश लिएर उत्तर बङगाल बिकाश मन्त्री गौतम देव कालेबुङ आईपुगेका थिए।
मुख्यमन्त्री ममता ब्यानर्जीको सन्देश लिएर कालेबुङ आईपुगेका मन्त्री गौतम देवले यहाँको टाउन हलमा लेप्चा राईट मुभमेन्ट, ईण्डिजेनियस लेप्चा ट्राईबल एसोसिएसनका प्रतिनिधीहरुसंग केही समय सम्म बैठक गरे। बन्द कोठामा केहीबेर सम्म बैठक चलेपछि बाहिर आएर मन्त्री गैतम देवले सम्बोधन गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीले लेप्चा समुदायका मानिसहरुलाई जारी राखेको आमरण अनशन फिर्ता गरिदिने अपिल गरे। तिनले लेप्चाहरुको समस्या बारे मुख्यमन्त्री मामता ब्यानर्जी अवगत रहेको बताउँदै मुख्यमन्त्रीले लेप्चा बिकाश बोर्ड राज्यको अधिनस्थ गठन गर्ने लेप्चा समुदायका मानिसहरुलाई आश्वासन दिएको सन्देश दिए। मुख्य मन्त्री ममता ब्यानर्जीका सन्देश लेप्चा समुदायका मानिसहरुलाई सुनाए पछि अन्तमा आज छ दिनदेखि जारी रहेको आमरण अनशन स्मापन भयो।
आमरण अनशन स्थलमा सबैलाई सम्बोधन गर्दै उत्तरबङगाल बिकाश मंत्री गौतम देवले लेप्चा जातिको समस्या बारे राज्य सरकार अवगत रहेको बताए।
“हिज मुख्य मन्त्रीले मलाई टेलिफोनिक कुरा गरिन। यस सम्बन्धमा निकै लामो चर्चा भयो। तिनले लेप्चाहरुको समस्याबारे जानकारी लिएकी छिन। लेप्चा जातिको भाषा, साहित्य, संस्कृतिको बिकाशको निम्ति स्रकारले लेप्चा बिकाश परिषद गठन गर्ने निर्णॅय लिईसको छ। उक्त लेप्चा बिकाश परिषद राज्य सरकारको अधिनस्थ हुनेछ अनि यसले नै लेप्चाहरुको सर्वाङगिन बिकाशमा महत्वपूर्ण सहयोग पुग्नेछ भन्ने कुरामा सरकार आशावादी रहेको छ” गौतम देवले भने।
यसै क्रममा तिनले लेप्चा भाषाको अध्ययन अध्यापनको निम्ति सरकारी निम्न पाठशालाहरुमा लेप्चा भाषाको प्रयोग गर्ने शिक्षा बिभागलाई निर्देशन दिईसकेको बताउँदै लेप्चा भाषाको प्रयोग चाँडै हुने घोषणा गरे। तिनले यता पत्रकारहरुसंग कुराकानी गर्दै लेप्चाहरुको आमरण अनशन समापनको निम्ति मुख्यमन्त्रीले लेप्चा समुदायका नेतृत्वहरुसंग कुराकानी गर्न पठाएको अवगत गराए।
“लेप्चा बिकाश परिषद गठनको निम्ति सरकारले अघिबाटै प्रस्ताव पारित गरेको छ। उक्त परिषद गठनको निम्ति सरकारी अध्यादेश यथाशिघ्र जारी हुनेछ त्यसपछि गठन प्रक्रिया शुरु गरिनेछ” – गौतम देवले अझ भने। यता लेप्चा बिकाश परिषद गठनको निम्ति कुनै समय सिमा निर्धारित गरिएको छ भनि सोधिएको प्रश्नको जवाब दिदै समय सिमा भने निर्धारण नगरेको जानकारी गराए।
“लेप्चा जातिको बिकाशको निम्ति सरकारले भरपूर सहयोग गर्नेछ। यसको गठनको निम्ति समय सिमा निर्धारण नगरे पनि मुख्य मन्त्री ममता ब्यानर्जीको काम गर्ने तरिका आफुलाई राम्ररी थाह भएको कारण यसको गठन यथाशिघ्र गरिनेछ” तिनले अझ भने। यता दार्जीलिङ पहाडमा गठन भएको जीटीए अधिनस्थ नै लेप्चा बिकाश परिषद हुनपर्छ भन्ने मोर्चाको भनाईप्रति प्रश्न गर्दा तिनले यस सम्बन्धमा चाडै लेप्चा समुदायका मानिसहरुसंग कोलकोतामा मुख्यमंत्रीसंग बैठक बस्ने अनि बैठकमा नै चर्चा गरेर यसको गठनको बिषयमा अन्तिम रुप दिने तिनले जनाए।
अर्कोतिर ईल्टा अध्यक्ष एल एस तामसाङले सम्बोधन गर्दै “हामी मुख्यमन्त्री ममता ब्यानर्जी अनि मन्त्री गौतम देवको बिश्वास गर्दै लेप्चा बिकाश परिषद यथाशिघ्र गठन हुनेछ भन्ने कुरामा विश्वस्त छौ। यसको साथै दार्जीलिङ पहाडको तीनवटा महकुमा क्षेत्रमा लेप्चा भाषाको अध्ययन पनि यसै सत्रदेखि सञ्चालन हुनेछ भन्ने हामी बिश्वास गर्छौ” भने।
तिनले यस समबन्धमा मुख्यमंत्री ममता ब्यानर्जीले लेप्चा समुदायका मानिसहरुसंग चाँडै कुराकानी गर्न कोलकोता निम्ताउँनेछ भन्ने पनि अपेक्षा राखे। तिनले लेप्चाहरुको सर्वाङीन बिकाशको निम्ति ममता ब्यानर्जीले भरपूर सहयोग प्रदान गरेको बताउँदै लेप्चाहरुको सहयोगको निम्ति आभार प्रकट समेत गरे।
Euta kuro ascharyajanak cha.... Lepcha Development Council hos chahey Board hos... tyo ta Chief Ministerley nai huncha bhaney pachi huney nai ho....tara tyo Board GTA bhitra huda key noksan cha??? Lepcha jati Gorkha kai euta anga bhayekoley tyasko birodh garney ta prashnai uthdaina... Tara dudhma dekhi dekhi jhinga nilnu ta bhayena ni... GTA bhitrako Lepcha jati ko nimti GTA ko adhin nai Lepcha Development Board gathan bhaye hudaina ra? Chahey je hos...Lepcha jatiley Bangalko Divide n rule policy bujhera pani bujhbuchaunu baro durbhagya ko kuro bhayo Gorkha ko itihas ma.. yadi uniharuley hamro Development Board GTA adhin hunuparcha nai bhanidiyeko bhaye pani Bengallai thulo jhapat huney thiyo ani Lepcha jatiko thulo ijjat rahaney thiyo Gorkhali samaj ma...
ReplyDelete