-->
गोजमुमोले मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्ने

गोजमुमोले मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्ने

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 22 मई। मुख्यमन्त्री ममता ब्यानर्जी यसै महिनाको अन्तमा कालेबुङ आउने प्राय: निश्चित भएको छ। उनको आगमनमा गोर्खा जनमुक्ति मोर्चाले भव्यताको साथमा स्वागत गर्ने भएको छ। गोजमुमो महासचिव अनित थापाको उपस्थितिमा बसेको वैठकले मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्ने निर्णय लिइएको प्रवक्ता भुवन खनालले जानकारी दिएका छन्। 
‘मुख्यमन्त्री ममता ब्यानर्जी यसै महिना कालेबुङ आउने सम्भावना छ। उनको कालेबुङ आगमनमा गोजमुमोले सेभोकदेखि कालेबुङसम्म विभिन्न स्थानहरूमा स्वागतद्वारहरू निर्माण गरेर स्वागत गर्ने निर्णय गरिएको छ’ भुवन खनालले भने। उनले डेलोमा बसेको वैठकमा यसबारे निर्णय लिएको बताउँदै यसबारे सम्पूर्ण पार्टीका कार्यकर्ताहरूलाई निर्देशन दिइएको पनि जानकारी दिएका छन्।
अर्कोतर्फ खनालले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा गोर्खा जनमुक्ति मोर्चाको 33 नम्बर समष्टि कालेबुङका पूर्व अध्यक्ष बिक्की सुब्बाले आजदेखि विनय तामाङ पक्षलाई समर्थन जनाएकाको जानकारी दिएका छन्।  कालेबुङ भ्रमणमा रहेका गोजमुमो महासचिव अनित थापाले डेलोमा सुब्बालाई स्वागत गरेको उनले जानकारी दिएका छन्।
यसैक्रममा उनले पत्रकारहरूलाई सम्बोधन गर्दै ‘नीजि गृह नीजि भूमि’ योजना अन्तर्गत भूमिहीनहरूलाई भूमि प्रदान गर्न जीटीएले एउटा अधिसूचना जारी गरेको बताउँदै विभिन्न निर्धारित तारिकहरूमा आवेदन गर्न सकिने बताएका छन्। जीटीए अध्यक्ष विनय तामाङले भूमीहिन मानिसहरूलाई भूमी दिलाउन विशेष पहल गरेको भन्दै निर्धारित तारिकमा आवश्यक दस्तावेकहरूको आधारमा सम्बन्धित खण्डबिकास कार्यालयहरूमा मानिसहरूले आवेदन जम्मा गर्नुपर्ने प्रवक्ता खनालले बताएका छन्।

0 Response to "गोजमुमोले मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.