-->
 सडक आन्दोलन पर्याप्त होइन तर मुख्य आयाम भने हो – मुनिष तामाङ........ राष्ट्रिय गोर्खाल्याण्ड समितिको अन्तरक्रिया कार्यक्रम कालेबुङमा

सडक आन्दोलन पर्याप्त होइन तर मुख्य आयाम भने हो – मुनिष तामाङ........ राष्ट्रिय गोर्खाल्याण्ड समितिको अन्तरक्रिया कार्यक्रम कालेबुङमा

कार्यक्रममा  प्रो. मुनिष तामाङ सम्बोधन गर्दै
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 15 दिसम्बर। ‘हामीले सडकमा हुने आन्दोलन हेरिसकेका छौँ। यसपल्ट सडकमा भएको 105 दिनको आन्दोलन पनि हामीले देख्यौँ। सडक आन्दोलन मात्रै पर्याप्त होइन भन्ने कुरा यसपल्टको आन्दोलनले स्पष्ट भएको छ। तर सडक आन्दोलन एउटा मुख्य आयम भने निश्चय हो। सडक आन्दोलन हुनपर्छ, यसको साथ साथै संसदमा बहसको मुद्दा पनि बनिनुपर्छ’ उक्त कुरा प्रो. मुनिष तामाङले भनेका हुन्। उनी आज राष्ट्रिय गोर्खाल्याण्ड समितिको कार्यक्रममा भाग लिन कालेबुङ आइपुगेका थिए। 
‘राष्ट्रिय गोर्खाल्याण्ड समितिले राष्ट्रका प्रभावशाली व्यक्तित्वहरूको शक्तिलाई सामुहिक शक्तिका रूपमा परिणत गरेर अघि बड्ने रणनीति निर्माण गरिरहेका छौँ’ तामाङले अझ भने। यसक्रममा उनले दुई विपरीत विचारधाराको एउटा ठाउँमा भेट नभएसम्म त्यस विचारधारा आ-आफ्ना ठाउँमा सत्य हो भन्ने भ्रम सिर्जना गरेर बसिरहने भन्दै गोर्खाल्याण्डको मुद्दा पनि संसदमा बहसको मुद्दा बनिनुपर्ने विचार पोखेका छन्। 
‘गोर्खाल्याण्ड सम्बन्धि सकारात्मक अनि नकारात्मक विचार राखेहरूलाई एउटै मञ्चमा उभ्याएर छल-फल गर्नु आवश्यक छ। गोर्खाल्याण्डको विरोध गर्नेहरूको पनि कुरा सुन्न पर्छ अनि उनीहरूलाई गोर्खाल्याण्डको आवश्यक्ता माथि आफ्नो कुरा पनि सुनाउनु पर्छ। जबसम्म दुई विपरीत विचारधारहरू एकै ठाउँमा राखेर चर्चा गरिन्दैन तबसम्म समस्याको समाधान सम्भव छैन। राष्ट्रिय गोर्खाल्याण्ड समितिले त्यहीँ विपरीत विचारहरूलाई एउटा ठाउँमा राखेर राष्ट्रिय स्तरमा समाधानको बाटो निकाल्ने प्रयास सुरु गरेको हो’ प्रो. मुनिष तामाङले भनेका हुन्। 
‘राष्ट्रिय गोर्खाल्याण्ड समितिले गोर्खाहरूको राष्ट्रिय चिन्हारीको मुद्दालाई समाधानको निम्ति विचारहरूको ध्रुविकरण गरेर अघि बड्ने प्रयास गरिरहेको छ’ मुनिष तामाङले भने। उनले आफुहरूको प्रयास सफल हुन्छ भनेर दाबी गर्न सम्भव नरहे पनि घरैमा बसेर गन्तव्यमा पुग्छु भन्नु भन्दा प्रयास गर्नु ठूलो कार्य रहेको बताएका छन्। यसका निम्ति आफुहरूलाई सर्वभारतीय स्तरबाट सुझावहरू दिने खुल्ला अपिल पनि गरेका छन्।
यता कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय गोर्खाल्याण्ड समितिका अध्यक्ष अ.प्रा सेना उप-प्रमुख शक्ति गुरुङले गोर्खाल्याण्ड गठनको मागलाई सरकारले कसरी हेर्ने गरेका छन् त्यसलाई बुझेर सही तर्क प्रस्तुत गर्न आवश्यक रहेको बताए। सोहि कारण राष्ट्रिय स्तरमा गोर्खाल्याण्डलाई बहसको मुद्दा बनाएर गोर्खाहरूको राष्ट्रिय राजनैतिक समस्यालाई समाधान गर्न सबैले सुझाव राख्नुपर्ने आह्वान गुरुङले गरे।
कालेबुङ कन्या उच्चतर माध्यमिक विद्यालयको सतवार्षिकी भवनमा आयोजित कार्यक्रममा राष्ट्रिय गोर्खाल्याण्ड कमिटिले छुट्टै राज्य गोर्खाल्याण्ड माथि विचारधारा राख्ने सम्पूर्ण राजनैतिक अनि अराजनैतिक दलका मानिसहरूलाई लिएर एउटा अन्तरक्रियात्मक कमिटिका अध्यक्ष अ.प्रा सेना उप-प्रमुख शक्ति गुरुङ, त्रिलोक देवान, प्रो. मुनिष तामाङ, सुखमान मोक्तान, प्रभाकर देवान, उदय कुमाई आदि उपस्थित रहेका थिए। 
यस अवसरमा कालेबुङका विभिन्न सामाजिक सङ्गठनका सदस्यवर्ग, व्यक्ति विशेष र विभिन्न राजनैतिक दलका नेतृत्ववर्ग अनि कार्यकर्ताहरू उपस्थित रहेका थिए। दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा एन.जी.सी. का पदाधिकारीवर्गले सम्बोधन राखेका थिए भने दोस्रो चरणमा अन्तरक्रिया सम्पन्न भएको थियो। 
उक्त अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय गोर्खाल्याण्ड समितिलाई कसरी व्यापकता दिन सकिन्छ अनि कार्य पद्धती कस्तो हुनपर्ने भन्ने विषयमा मानिसहरूले सुझावहरू राखेका थिए। अन्तरक्रिया कार्यक्रममा विभिन्न राजनैतिक दलका कार्यक्रताहरूले प्रश्नहरू राखेका थिए। 

0 Response to " सडक आन्दोलन पर्याप्त होइन तर मुख्य आयाम भने हो – मुनिष तामाङ........ राष्ट्रिय गोर्खाल्याण्ड समितिको अन्तरक्रिया कार्यक्रम कालेबुङमा "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.