-->
14 दिसम्बर कालेबुङ नगरपालिकामा अविश्वास प्रस्ताव माथि विशेष सभा 11 दिसम्बर।

14 दिसम्बर कालेबुङ नगरपालिकामा अविश्वास प्रस्ताव माथि विशेष सभा 11 दिसम्बर।

नगराध्यक्ष शुभ प्रधान
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 11 दिसम्बर। गोर्खा जनमुक्ति मोर्चाको कब्जामा रहेको कालेबुङ नगरपालिका अहिलेघरी मोर्चाभित्रै विभाजन भएको दुईवटा गुटहरूमा कसले हत्याउने भन्ने होडबाजीमा रहेको छ। गत् 4 दिसम्बरका दिन गोजमुमो बिनय तामाङ गुटले 14 जना नगरपार्षदहरूद्वारा हस्ताक्षरित अविश्वास प्रस्तावको पत्र नगराध्यक्ष शुभ प्रधानलाई प्रदान गरेपछि उक्त अविश्वास प्रस्तावमाथी आगामी 14 दिसम्बरका दिन गोप्य मतदान हुने निश्चित भएको छ। नगर अध्यक्ष शुभ प्रधानले आज सम्पूर्ण नगरपार्षदहरूलाई अविश्वास प्रस्ताव माथि हुने विशेष सभाका निम्ति आधिकारिक सूचना सार्वजनिक गर्दै पत्राचार गरेका छन्।

‘कालेबुङ नगरपालिकालाई लिएर जुन अविश्वास प्रस्तावको चर्चा चलोइरहेको छ त्यस अनिश्चिततालाई अन्त्य गर्दै अविश्वास प्रस्ताव माथि आगामी 14 दिसम्बरका दिन विशेष सभा डाकिएको छ। यसबारे सबै नगरपार्षद लगायत जिल्लाध्यक्षलाई समेत पत्रचार गरिएको छ’ नगराध्यक्ष शुभ प्रधानले भने। उनले अविश्वास प्रस्तावको पत्र पाएपछि आफुले आगामी 19 दिसम्बर सम्मको समय पाए पनि धेरै प्रतिक्षा गराउन नचाहेको भन्दै यसबारे सरकारी नियम अनुसार पहल गरेको पनि स्पष्ट पारेका छन्। 
नगराध्यक्ष शुभ प्रधानले आगामी 14 दिसम्बरका दिन अविश्वास प्रस्ताव माथी हुने उक्त विशेष सभामा आफ्नो बहुमत प्रमाणित गर्नपर्नेछन् भने बहुमत प्रमाणित गर्न नसके उनले नगराध्यक्षको कुर्सी गुमाउनुपर्ने भएको छ। बिनय तामाङ गुटका 14 जना नगरपार्षदहरूले नगराध्यक्ष शुभ प्रधानविरुद्ध अविश्वास प्रस्तावको पत्र दिएपछि प्रधानले पश्चिम बङ्गाल नगरनिगमको कानुन अनुसार विशेष सभा डाकेका हुन्। उनले उक्त विशेष सभामा उपस्थित हुने नगरपार्षदहरूले मात्र मतदान गर्न पाउने बताउँदै कुनै पनि कारणवस यदि कोही नगरपार्षद सभामा उपस्थित हुन नसकेपनि सभा स्थगित नहुने पनि स्पष्ट पारेका छन्।

कालेबुङ नगरपालिकाले विकास कार्य गर्न सकेन भन्दै अहिले चर्चा चलिरहेको बताउँदै प्रधानले लामो बन्द अनि नगरपार्षद बरुण भुजेलको मृत्युले गर्दा एकाधिक कार्यहरू थातीँमा रहेको स्पष्टिकरण पनि दिएका छन्। ‘हामीले नगरपालिकामा धेरै कामहरू गर्नु छ। तर नियमित बोर्ड मिटिङहरू हुन सकेको छैन। यस्तो अवस्थामा नगरवासिलाई विकास कार्यबाट बञ्चित राख्ने मेरो कुनै अधिकार नभएको कारण अविश्वास प्रस्ताव माथि सरकारी कार्य अघि बडाएको हुँ’ नगराध्यक्ष शुभ प्रधानले अझ भने। 
उनले पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा राजनीतिमा धेरै कुरा हुनसक्ने बताउँदै अविश्वास प्रस्ताव माथि अब आफुसँगै चुनाव जित्ने साथीहरूको हातमा निर्णय लिने अधिकार छोडेको पनि बताएका छन्। ‘अविश्वासको प्रस्ताव आउनु र यस प्रस्ताव माथि प्रक्रिया अघि बडाउनुनै मैले प्रतिस्पर्धा गरेको हो। मभए अघिबाटै राजीनामा दिने थिएँ’ प्रधानले थप बताए।

0 Response to "14 दिसम्बर कालेबुङ नगरपालिकामा अविश्वास प्रस्ताव माथि विशेष सभा 11 दिसम्बर।"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.