-->
बन्द यथावत राखेर  बंगाल सरकारको बिरोधमा एकजुट हुनुपर्छ – राजिव शर्मा

बन्द यथावत राखेर बंगाल सरकारको बिरोधमा एकजुट हुनुपर्छ – राजिव शर्मा

राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 21 सेप्टेम्बर । पहाड़मा चलिरहेको राजनैतिक उथुल पुथुलबाट कति पनि निरास नहुने र आन्दोलनको गतिमा अवरोध खडा हुन नदिने आहवान उध्योगपति अनि गोर्खा सन्युक्त संघर्ष समितिका संस्थापक सदस्य राजीव शर्माले गरेका छन। 
डुवर्समा जन्मेर दिल्लीलाई आफ्नो व्यवसाय स्थल बनाएका समाजसेवी शर्माले भने कि गोर्खाहरुको सपना अनि मागलाई बिथोल्न राज्य सरकारले ज़ीटीए पुन चलाउने अनि बन्द खोलाउने जुन प्रयास बंगालका गरिहेको छ त्यसलाई सफल हुन दिनुहुदैन। वेतन, ज़ीटीए,पद पैसा आदि दिएर लोभ्याउने गरिएको प्रयासलाई सबैले उल्टो जवाब दिनुपर्छ, शर्माले अझै बताए।
पहाड़मा चलिरहेको बन्द 100 दिन पुग्न लागेको छ यसैबीच मुख्य मंत्री ममता ब्यानर्जीको भूल भूलैयामा फसेर बन्द खोलाउने प्रयासलाई सफल हुन दिनुहुँदैन। पहाड़, तराई अनि डुवर्समा रहेको गोर्खे सन्तानलाई जीटीए होइन गोर्खाल्यण्डमात्र आवस्यक छ यसैले जीटीए तिर जाने नेताहरुलाई सबले रद्द गर्नूपर्छ अनि बन्द यथावत राख्नुपर्छ, शर्माले भने । 
यसै सम्बन्धमा बोल्दै तिनले भने कि अहिले विनय तामंग, अनित थापा लगायत मन घिसिङ, अमर सिंग राई संचविर सुब्बा, मिलाएर जुन बोर्ड अव एड्मिनिस्ट्रेटर बनाएर् गोर्खा जातिलाई जबरजस्ति ज़ीटीए तर्फ फर्काउने जुन प्रयास ममता सरकारले गरि रहेकोछ यसको गोर्खाल्याण्ड सन्युक्त संघर्ष समिति (जिएसएसएस) घोर विरोध गर्दछ । पहाड़मा 100 दिन  पुग्न् लागेको समय बंगालको ललिपप लिएर् कसैले गोर्खालाई बेच्न पाउदैन । विनय तामङ्ग अनि अनित थापालाई गोर्खा सन्तानले समाज बहिस्कार गर्न पर्नेछ । गोर्खाको सपनालाई बंगालको खेमामा लागेर जाति बेच्ने जुन प्रयास गरिरहेको छ त्यो खुबै निन्दनिय रहेको शर्माले बताए । 
तिनले अझै भने कि उनीहरु दिल्ली पुगेर पनि सुटूक्क् भागेर पुन: बाघडोगरामा पुगेर प्रेसहरु समक्ष गोर्खालाई विभाजन गर्ने प्रकारको जुन वक्तब्य दिए त्यसलाई सारा भारतभरिका गोर्खाहरुले धिक्कार्दै विरोध जनाउनु पर्नेछ। यदिदरकार परे चाँड़ै ज़ीएसएसएसको टोलि दार्जीलिङ्ग पुगेर विनय र अनितलाई चुनौति दिनेछ। डुवर्स अनि पहाड़मा रहेका तृणमूलका गोर्खे समर्थकहरुले गोर्खा एकताको शक्तिलाई बंगालको बंन्दकि राख्न पाउदैन उनीहरुले आफू गोर्खा हो कि के हो सो बताएर परिचय दिने समय आएकोछ। गोर्खाहरुले उनीहरुलाई गोर्खा समाजदेखि बहिस्कार गर्नुपर्ने सुझाव पनि तिनले दिएकाछन । 
बंगाल सरकारले गोर्खाको आवाजलाई थुन्ने प्रयासमा लोकल च्यानलहरु बन्द गरेर मानव अधिकारको हनन गर्नै इन्टरनेट बन्द गरि गोर्खाल्याण्डको मागलाई दवाउने प्रयास गरिरहेको आरोप शर्माले लगाए। गोर्खाजातिहरु प्रति बंगाल सरकारको राम्रो सोँचछैन भन्ने यो नै प्रत्यक्ष प्रमाण हो यस्तो समय जनता सुतेर होइन जागेर गोर्खाल्याण्डको निम्ति एकजुट भएर पहाड़मा 144 धारा लागे झै पहाड़लाई सन्नाटो पारेर बंगालको कुटनिति र प्रयासलाई बिफल पारि दिने अपिल पनि तिनले गरेकाछन् ।

0 Response to "बन्द यथावत राखेर बंगाल सरकारको बिरोधमा एकजुट हुनुपर्छ – राजिव शर्मा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.