-->
तृणमूल प्रार्थी पवन सुन्दास गोजमुमोमा सामेल

तृणमूल प्रार्थी पवन सुन्दास गोजमुमोमा सामेल

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 10 मई। तृणमूल कङ्ग्रेस पार्टीका प्रार्थी पवन सुन्दास चुनाव प्रचारको अन्तिम दिन गोर्खा जनमुक्ति मोर्चामा सामेल भएका छन्। कालेबुङ नगरपालिकाको वार्ड नम्बर 1 वाट तृणमूल कङ्ग्रेस पार्टीको टिकटमा खडा भएका पवन सुन्दास आज गोजमुमो पार्टीमा सामेल भएका हुन्। 
मेला ग्राउण्डमा आयोजित गोजमुमो पार्टीको चुनावी जनसभामा सुन्दास तृणमूल त्यागेर गोजमुमोमा सामेल भएका हुन्। उनलाई आज गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले पार्टीकोप झण्डा प्रदान गरेर पार्टीमा सामेल गराएका छन्। 
यस अवसरमा सुन्दासले सम्बोधन गर्दै तृणमूल मन्त्रीहरू क्रमैले इन्द्रनिल सेन अनि अरुप विश्वास गोर्खा जातिलाई फुटाउने वक्तव्य दिएको आरोप लगाउँदै तृणमूल कङ्ग्रेस त्यागेर मोर्चामा सामेल भएको घोषणा गरेका छन्। 
‘आज तृणमूल नेता इन्द्रनिल सेनले गोर्खा जातिका विमल गुरुङलाई बक्सामा हालेर जिल्ला कटाउने जस्ता आपत्तिजनक अनि अपमानित बयान दिएको विरुद्धमा मैले तृणमूल कङ्ग्रेस त्यागेर मोर्चामा सामेल भएका हुँ’ पवन सुन्दासले भने। 
यता तृणमूल प्रार्थी गोजमुमो पार्टीमा सामेल भएपछि अब पहाडमा तृणमूलको हार निश्चित बनेको गुरुङले दाबी गरेका छन्।

0 Response to "तृणमूल प्रार्थी पवन सुन्दास गोजमुमोमा सामेल"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.