-->
शुक्रबार डम्बरसिंह गुरूङको 69 औं पुण्यतिथी  .....जाप युवा एकाईको पश्चताप धरना 48 घण्टे अनशन गरेर फिर्ता हुने

शुक्रबार डम्बरसिंह गुरूङको 69 औं पुण्यतिथी .....जाप युवा एकाईको पश्चताप धरना 48 घण्टे अनशन गरेर फिर्ता हुने

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 5 अप्रेल 2017। स्व डम्बरसिंह गुरुङ अनि स्व अडीबहादुर गुरुङप्रति जीटीए प्रमुख विमल गुरुङले गरेको नकारात्मक टिप्पणीको फलस्वरूप जाप युवा एकाईले सुरु गरेको पश्चताप धरना 48 घन्टाव्यापी अनशनमा परिणत हुने भएको छ। जाप केन्द्रिय समितिको वैठक बसेर उक्त निर्णय गरिएको हो। 
डम्बर चौकमा जाप युवा एकाईले गत शनिबारदेखि गरेको धरना भोलिदेखि 48 घन्टाव्यापी अनशनमा परिणत हुने भएको हो। यसबारे एक पत्रकार सम्मेलनको आयोजना गरेर जाप युवा एकाईका अमिर बस्नेतले जानकारी दिएका छन्। शुक्रबार बाबु डम्बरसिंह गुरूङको पुण्यतिथि रहेको छ। हाम्रा विभुतीहरूलाई नकारात्मक टिप्पणी गर्दा हामी दु:खी छौँ। यसैले पश्चताप धरना गरेका हौँ। अब पुण्यतिथीको दिन हाम्रो पश्चताप धरना फिर्ता गर्न अघि यो धरनालाई 48 घन्टाव्यापी अनशनमा परिणत गर्नेछौँ। जुन अनशनमा 11 सदस्य टोलिले भाग लिनेछन् अनि शुक्रबार समापन गरिनेछ’ अमिर बस्नेतले भने।
जाप युवा एकाईको आपतकालीन बैठक आज दलीय कार्यलयमा सम्पन्न भयो। सभामा पश्चपात धरनाबारे चर्चा गर्दै उक्त धरनामा सहभागि बन्ने समस्त पहाड़वासीप्रति आभार प्रकट गरिएको छ। गोर्खाहरूको श्रीपेचलाई गाली गर्नेहरू विरूद्ध जनताले एकमुष्ठ स्वर निकालेर जवाफ दिएको जनाउँदै शुक्रबार डम्बरचोकमै युवा एकाईले स्व. गुरूङको पुण्यतिथि पालन गर्ने भएको छ। जहाँ बाबू डम्बरसिंह गुरूङप्रति श्रद्धा राख्ने समस्त जातिप्रेमीहरूलाई उपस्थित भइदिने आह्वान युवा एकाईले गरेको छ।
धरनाको पाँचौ दिनपछि गोजमुमो अध्यक्ष विमल गुरूङले आफ्नो वयान तोड़मोड़ गरेको आरोप प्रेस अघि लगाएका थिए। यद्यपि गुरूङले आक्रोशमा आएर गोर्खाहरूका श्रीपेचलाई गाली गरेको र बाबू डम्बरसिंह गुरूङ अनि अड़ीबहादुर गुरूङकै कारण आफूलाई गुरूङ भन्नु पनि लाज लगाएको भिडियो भायरल हुँदा पनि जनतालाई ढाँट्ने कोशिश गर्नु दुर्भाग्यजनक रहेको युवा एकाईको दावी छ।
विमल गुरूङले पश्चताप गर्ने बेलामा पनि जनतालाई ढाटुन्त्यसमा हाम्रो भन्नु केही छैन’ युवा एकाईका अमीर बस्नेतले भने।
शुक्रबारको कार्यक्रममा बाबू डम्बरसिंह गुरूङलाई श्रद्धा गर्ने समस्त जनसाधारण, व्यक्ति विशेष, संघसंस्था र राजनैतिक दलका प्रतिनिधिहरूलाई उपस्थित भइदिने आह्वान पनि उनले गरे। यता जाप युवा एकाईका ब्यूरो अध्यक्ष पंकज छेत्रीले पश्चताप धरनामा लगातार सहभागिता जनाएर बाबू डम्बरसिंह गुरूङप्रति आत्मिक श्रद्धाञ्जलि चढाउनेहरूप्रति आभार प्रकट गरे। भोलिको अनशन र पर्सीको कार्यक्रम अवधि पनि सबैलाई सहभागी बनिदिने अनुरोध छेत्रीले आज गरे।

0 Response to "शुक्रबार डम्बरसिंह गुरूङको 69 औं पुण्यतिथी .....जाप युवा एकाईको पश्चताप धरना 48 घण्टे अनशन गरेर फिर्ता हुने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.