-->
गोर्खाल्याण्डको मागमा युवा अनि नारी मोर्चाद्वारा पोष्टरिङ

गोर्खाल्याण्डको मागमा युवा अनि नारी मोर्चाद्वारा पोष्टरिङ

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 22 अप्रेल। पहाडमा नगरपालिका चुनावलाई लिएर चुनावी मौसम तातो बन्दै गइरहेको अवस्थामा यता छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै गोर्खा जनमुक्ति युवा अनि नारी मोर्चाले भने आज कालेबुङ शहरको विभिन्न स्थानहरूमा पोष्टरिङ गरेको छ। 
बङ्गालबाट उन्मुक्तिको एकमात्र उपाय छुट्टै राज्य गोर्खाल्याण्ड रहेको दाबी गर्दै राष्ट्रहितमा सरकारले दार्जीलिङ जिल्ला, कालेबुङ जिल्ला लगायत तराई डुवर्सलाई समावेश गरेर छुट्टै राज्य गोर्खाल्याण्ड गठन गर्नुपर्ने पोस्टरमा माग गरेको छ। छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा लेखिएका पोष्टरहरू आज युवा अनि नारी मोर्चा कार्यकर्ताहरू यहाँको डम्बर चौक, मेन रोड, मोटर स्ट्याण्ड, सिके चौक, दस माइल फाटक लगायत शहरको अन्य भागहरूमा पनि टाँस्ने कार्य गरेको छ। 
यस अवसरमा गोर्खा जनमुक्ति युवा मोर्चा कालेबुङ जिल्ला समितिका सचिव बालकृष्ण शर्माले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सही समय आएको कारण युवा मोर्चाले आन्दोलनको पहिलो रूपमा पोष्टरिङ गर्ने कार्य गरेको बताएका छन्। 
उनले सम्बोधनको क्रममा युवा मोर्चाले चुनावसित कुनै सरोकार नराखेको स्पष्टिकरण दिँदै केवल छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति मात्र युवा मोर्चाले आन्दोलन गर्ने पनि स्पष्टिकरण दिएका छन्।

0 Response to "गोर्खाल्याण्डको मागमा युवा अनि नारी मोर्चाद्वारा पोष्टरिङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.