-->
आइएसएलद्वारा कालेबुङमा प्रतिभावान फुटबल खेलाडीवर्गको  खोज

आइएसएलद्वारा कालेबुङमा प्रतिभावान फुटबल खेलाडीवर्गको खोज

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 17 मार्च। पहाडका युवा प्रतिभावान फुटबल खेलाडीवर्गको खोज गर्न अनि उनीहरूको प्रतिभालाई राष्ट्रिय स्तरसम्म पुर्याउनका निम्ति आज आइएसएलको एउटा दल एटलेटिको-डी कोलकोता फुटबल एकाडेमीको आयोजनामा आज यहाँको होम्स ग्राउण्डमा ग्रास रुट कार्यक्रम सम्पन्न भएको थियो।
दुईचोटीको आइएसएल फुटबल च्याम्पियन बनिसकेको एटलेटिको-डी कोलकोता फुटबल एकाडेमीको विशेष नेतृत्व अनि सेयर फुटबल क्लब कालेबुङको सहयोगितामा सम्पन्न भएको प्रतिभा चयन फुटबल शिविरमा एटीकेका प्रबन्धक आशिष सरकार, हेड कोच वास्तव राय लगायत 11 जनाको टोलि विशेष रूपले उपस्थित रहेका थिए।
दार्जीलिङ अनि कालेबुङ जिल्लाका विभिन्न स्थानबाट धेरै संख्यामा स-साना नानीहरू उक्त टयालेन्ट हन्ट शिविरमा भाग लिएका थिए। उक्त टयालेन्ट हन्ट शिविरमा केटाहरू सँगै केटीहरू पनि उपस्थित बनेका थिए। शिविरको माध्यमबाट प्रतिभावान खेलाडीवर्गलाई चयन गरेर राष्ट्र अनि अन्तराष्ट्रिय स्तरमा पुर्यााउने सोंच सेयर फुटबल क्लबले राखेको छ जसलाई विशेष गरेर एटीके कोलकोताले सहयोग पुर्यानउने कार्य गरेको हो।
यस अवसरमा सेयर फुटबल क्लबका मुख्य सल्लाहकार ज्योति कार्कीको बाहुलीबाट एटीके कोलकोतामा सम्पूर्ण टोलिलाई सम्मान जनाउने कार्य पनि सम्पन्न भएको थियो। यसक्रममा एटीके कोलकोताका मुख्य आशिष सरकारले पहाडका प्रतिभावन खेलाडीवर्गलाई चयन गरेर राष्ट्रिय स्तरमा पुर्याउने मुख्य उद्देश्य रहेको बताइन्।
अर्कोतर्फ कार्कीले विगत वर्ष झैँ यसवर्ष पनि स-साना प्रतिभावान खेलाडीवर्गलाई चयन गर्ने कार्य गरेको बताउँदै एटीके टोलिप्रति आभार प्रकट गरेकी छन्।

0 Response to "आइएसएलद्वारा कालेबुङमा प्रतिभावान फुटबल खेलाडीवर्गको खोज"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.