-->
9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको पार्थिव शरिर 14 वर्ष पछि पनि जस्ताको त्यस्तै

9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको पार्थिव शरिर 14 वर्ष पछि पनि जस्ताको त्यस्तै

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 21 अप्रेल। 5 अप्रेल 2003 का दिन परिनिर्वाण प्राप्त गरेका 9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको पार्थिव शरिर 14 वर्ष वितेर जाँदा समेत जस्ताको त्यस्तै रहेको छ। वौद्ध धर्म अन्तर्गत ड्रुग्पा काज्युपाका आध्यात्मिक गुरु मानिएका 9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको उक्त पार्थिव शरिर अहिलेघरी कालेबुङ शहरदेखि नजिकै रहेको दलपचन्द गुम्बामा अन्तिम दर्शनका निम्ति राखिएको छ। 
वौद्धगयाबाट सोमबार् कालेबुङ ल्याइपुर्‍याएको उक्त पार्थिव शरिर आगामी 5 मईको दिन पेदोङ वौद्ध गुम्बामा स्थापित छोर्तेनमा समावेश गरिने भएको छ। त्यसभन्दा अघि उनको शरिरको अन्तिम दर्शनका निम्ति दलपचन्द गुम्बामा राखिएको हो। जहाँ दैनिक वौद्ध धर्मानुरागीवर्गले 9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको अन्तिम दर्शन गरिरहेका छन्। वौद्ध धर्म अन्तर्गत ड्रुग्पा काग्युपाको वौद्ध गया, मनाली, पेदोङ अनि दलपचन्दमा गुम्बा स्थापित गरिएको छ। जसको मुख्य केन्द्र वौद्ध गयालाई मानिएको कारण उनको पार्थिव शरिरलाई त्यहाँका भक्तजनहरूका निम्ति दर्शन गराउँन चार महिना भन्दा धेरै समय राखिएर कालेबुङ ल्यापुर्‍याएको हो। 
अत्यन्तै सुशोभित गरेर कालेबुङ ल्यापुर्‍याएको उक्त पार्थिव शरिरको अन्तिम दर्शन दलपचन्द गुम्बामा यसै महिना सम्म चल्ने स्याब्रुङ रिपोर्छे च्यारिटेबल ट्र्स्टका सचिव सोनाम दोर्जीले जानकारी दिएका छन्। यस अवसरमा हाल गुम्बामा दैनिक विश्व शान्तिको कामना गरेर पूजा अर्चना गर्ने कार्य भइरहेको छ। 9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको मृत्यु 47 वर्षको उमेरमा 5 अप्रेल 2003 को दिन भएपछि हालसम्म उनको शरिरलाई पेदोङ गुम्बामा सुरक्षित राखिएको थियो। 
ध्यानमग्न अवस्थामा राखिएको उक्त शरिर 14 वर्ष वितेर जाँदा समेत कुनै विकृति आएको छैन। मानव शरिर मृत्युपछि चाँढै विकृत हुने भए पनि 9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको शरिर भने मृत्यु भएको 14 वर्षसम्म पनि विकृत नहुनु आश्चर्यनै रहेको छ। 
‘स्याब्रुङ रिम्पोर्छेको परिनिर्वाण प्राप्त पछि उनको शरिरमा कुनै क्षति भएको छैन। त्यस शरिरमा कुनै औषधिहरूको प्रयोग समेत गरिएको छैन। यद्यपी आजसम्म शरिर क्षति नभइ सुरक्षित हुनु दैविक चम्त्कार नै मान्नुपर्छ’ सचिव सोनाम दोर्जीले भने। उनले मृत्यु पछि शरिरबाट कुनै प्रकारका दुर्गन्ध समेत नआएको बताउँदै हालमा 9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको 10 औँ अवतार चिन्हित भएको पनि जानकारी गराएका छन्। 
हाल उनको शरिरलाई अन्तिम दर्शनका निम्ति राखिएको बताउँदै अब 5 मई 2017 का दिन त्यस पार्थिव शरिरलाई पेदोङ गुम्बामा निर्माण भइरहेको छोर्तेनमा समावेश गरिने सोनाम दोर्जीले जानकारी दिएका छन्। 
‘हाल पेदोङ गुम्बामा सुन चाँदी लगायतका धातुले एउटा छोर्तेन निर्माण भइरहेको छ। त्यस छोर्तेनमा आगमी 5 मई 9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको शरिरलाई समाधिस्थ गरिनेछ। 5 मईको दिन प्रथम स्याब्रुङ रिम्पोर्छेको मृत्यु भएको कारणले त्यस दिनलाई महत्वपूर्ण मानेर उक्त कार्य गरिने निर्णय गरिएको हो’ स्याब्रुङ रिम्पोर्छे च्यारिटेबल ट्र्स्टका सचिव सोनाम दोर्जीले स्पष्ट पार्दै भने।

0 Response to "9 औँ अवतारी स्याब्रुङ रिम्पोर्छेको पार्थिव शरिर 14 वर्ष पछि पनि जस्ताको त्यस्तै"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.