-->
कालेबुङको सरकारी प्राथमिक शिक्षण प्रशिक्षण केन्द्रको खाली जमिन शैक्षिक पूर्वधारहरूको निर्माण गर्नुपर्ने माग

कालेबुङको सरकारी प्राथमिक शिक्षण प्रशिक्षण केन्द्रको खाली जमिन शैक्षिक पूर्वधारहरूको निर्माण गर्नुपर्ने माग

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 16 फरवरी। कालेबुङ जिल्ला अस्तित्वमा आएपछि अब कालेबुङ जिल्लालाई सञ्चालन गर्नका निम्ति प्रशासनिक कार्यालयहरूको आवश्यक्ता पर्ने हुनाले सरकारी पक्षबाट विभिन्न सरकारी जमिनहरू हेर्ने कार्य भइरहेको छ। 
यसै सम्बन्धमा कालेबुङको सरकारी प्राथमिक शिक्षण प्रशिक्षण केन्द्रको खाली जमिनलाई पनि सरकारी भवन निर्माण गर्नका निम्ति जमिन हेरेको दार्जीलिङका जिल्लापाल अनुराग श्रीवास्तवले अघिबाटै जानकारी गराएका थिए। प्राथमिक शिक्षण प्रशिक्षण केन्द्रको खाली जमिनमा सरकारी भवन निर्माण गर्नका निम्ति जमिन हेर्ने कार्य भएको समाचार प्रकाश आएपछि आज प्राथमिक शिक्षण प्रशिक्षण केन्द्रका प्राचार्य मनिन्द्र भुजेल अनि प्रशिक्षणार्थीहरूले एक पत्रकार सम्मेलन आयोजना गरेर प्रशिक्षण केन्द्रको खाली जमिनमा जिल्लामा हुनपर्ने सम्पूर्ण शैक्षिक प्रशिक्षण केन्द्रको पूर्वधार निर्माण गरेर शैक्षिक विकासको कार्य गर्नुपर्ने माग गरेका छन्। 
उनीहरूले यस सम्बन्धमा आज महकुमा अधिकारी निर्मलया घरामीलाई शैक्षिक पूर्वधारको विकास गर्नुपर्ने माग गर्दै ज्ञापन चढाएको एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका छन्। 
'एनसीटीको नियम अनुसार शैक्षिक विकासका निम्ति हुनपर्ने पूर्वधारहरू निर्माण गर्नका निम्ति कालेबुङको सरकारी प्रशिक्षण केन्द्रमा जमीन पर्याप्त छ। त्यस जमीनमा एउटा जिल्ला निर्माण पछि गरिनुपर्ने शैक्षिक विकासका पूर्वधारहरू विकास गर्न सके कालेबुङ जिल्लामा शैक्षिक विकासका निम्ति एउटै ठाउँबाट कार्य हुनेछ। हामी सरकारलाई शैक्षिक पूर्वधारहरूको विकासका निम्ति प्रस्ताव दिँद्छौँ’ प्राचार्य मनिन्द्र भुजेलले भने।

0 Response to "कालेबुङको सरकारी प्राथमिक शिक्षण प्रशिक्षण केन्द्रको खाली जमिन शैक्षिक पूर्वधारहरूको निर्माण गर्नुपर्ने माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.