-->
कालेबुङ विज्ञान केन्द्रमा नव प्रवर्तन केन्द्र उद्घाटन ..... नव प्रवर्तन केन्द्र पहाडकै निम्ति ठूलो उपलब्धि हो – रोशन गिरी

कालेबुङ विज्ञान केन्द्रमा नव प्रवर्तन केन्द्र उद्घाटन ..... नव प्रवर्तन केन्द्र पहाडकै निम्ति ठूलो उपलब्धि हो – रोशन गिरी

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 फरवरी। कालेबुङ विज्ञान केन्द्रको नव प्रवर्तन भवनको आज उद्घाटन गरियो। आज मुख्य अतिथिका रूपमा उपस्थित जीटीए शिक्षा विभागका सभासद रोशन गिरीको बाहुलीबाट डेलो स्थित कालेबुङ विज्ञान केन्द्रमा निर्मित गरिएको उक्त नव प्रवर्तन केन्द्रको उद्घाटन गरिएको हो। 
कालेबुङ विज्ञान केन्द्रमा आयोजित उक्त उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेशनल काउनसिल अफ् साइन्स म्युजियमका महानिर्देशक अनिल मानेकर, जीटीए शिक्षा विभागका कार्यकारी निर्देशक सोनाम भोटिया उपस्थित रहेका थिए। कालेबुङ विज्ञान केन्द्रका प्रमुख डा. बी.बी गुरुङले स्वागत सम्बोधन राखेपछि सुरु भएको कार्यक्रममा नव प्रवर्तन केन्द्रको मुख्य अतिथि अनि विशिष्ट अतिथिको बाहुलीबाट औपचारिक उद्घाटन गरिएको थियो। 
तक्निकी युगमा विद्यार्थीवर्गलाई नयाँ वैज्ञानिक प्राविधिसँग जोड्न अनि वैज्ञानिक सम्भावनाहरूको खोज गर्नका निम्ति उक्त नव प्रवर्तन भवन तयारी भएको छ। डेलो स्थित विज्ञान केन्द्रकै परिसरमा स्थापित उक्त नव प्रवर्तन केन्द्र राष्ट्रिय विज्ञान सङ्ग्राहलय परिषद, संस्कृति मन्त्रालय भारत सरकारद्वारा 1 करोड 80 लाख रूपियाँक़ो लागतमा निर्मित गरिएको हो। उक्त नव प्रवर्तन भवनमा विज्ञान अनि प्राविधिकी प्रोत्साहन प्रदान गर्नअनि वैज्ञानिक खोज गर्नका निम्ति नयाँ तक्निकीको प्रयोग गरिएको छ। राष्ट्रमा सातौँ स्थानमा अनि उत्तर पूर्वीय राज्यहरूमा प्रथम उक्त नव प्रवर्तन केन्द्र यँहा स्थापित भएको हो। 
यस अवसरमा पत्रकारहरूलाई सम्बोधन गर्दै मुख्य अतिथिका रूपमा उपस्थित जीटीए कार्यकारी सभासद रोशन गिरीले नव प्रवर्तन केन्द्रको स्थापनाले यस क्षेत्रका विद्यार्थीवर्गलाई लाभ पुग्ने बताएका छन्। ‘नव प्रवर्तन केन्द्रको स्थापनाले यस पहाडी क्षेत्रका नानीहरूलाई धेरै लाभ पुग्नेछ। जीटीएको सक्रियतामा भारत सरकारको राष्ट्रिय विज्ञान सङ्ग्राहलय परिषद, संस्कृति मन्त्रालय भारत सरकारद्वारा निर्माण भएको यस केन्द्रमा विज्ञानसँग सम्बन्धित अनि सिर्जनात्मक सोंच राख्ने नानीहरूले नयाँ आविष्कार गर्न सक्नेछन्’ रोशन गिरीले भने। उनले नव प्रवर्तन केन्द्रमा राखिएका वैज्ञानिक सामग्रीहरूले क्षेत्रका विद्यार्थीवर्ग लाभान्वित बन्ने बताउँदै यो एउटा ठूलो उपलब्धि हो भनि अझ बताएका छन्। 
यसैक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथिका रूपमा उपस्थित नेशनल काउनसिल अफ् साइन्स म्युजियमका महानिर्देशक अनिल मानेकरले नव प्रवर्तन केन्द्रको स्थापनाले विज्ञान अनि प्राविधिसँग सम्बन्धित विषयमा यस क्षेत्रका विद्यार्थी लगायत अन्य साधारण मानिसहरूले समेत आफ्ना विचारलाई साकार रूप दिन सक्ने बताएका छन्। 
‘भारतमा मोठ 60 वटा नव प्रवर्तन केन्द्रको स्थापना गरिने कार्य चलिरहेको छ। जसमध्ये 30 वटा केन्द्रको निर्माण कार्य समापन हुने अवस्थामा छ। सिर्जनात्मक सोंच भएका सबै वर्गका नानीहरूलाई आफ्ना आविष्कर गर्ने ठाउँ यो कालेबुङ विज्ञान केन्द्रमा स्थापित नव प्रवर्तन केन्द्र बन्नेछ। यदि कसैको आविष्कार देशभरी नै श्रेष्ठ सिर्जना ठानिए त्यसलाई स्वामित्व दिलाउने कार्य पनि गरिनेछ’ महानिर्देशक अनिल मानेकरले भने। 
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कालेबुङ विज्ञान केन्द्रका प्रमुख डा. बी बी गुरुङले नयाँ रूपमा स्थापित नव प्रवर्तन केन्द्र कालेबुङ लगायत पहाडकै निम्ति गौरवको विषय रहेको अनि सम्पूर्ण वैज्ञानिक तथा प्राविधिक खोज गर्न चाहनेहरूले आफ्ना सिर्जनात्मक विचारलाई साकार रूप दिन सक्ने बताएका छन्। 
उद्घाटन समारोहमा गान्धी आश्रमका विद्यार्थीवर्गले साङ्गितीक प्रस्तुति दिएका थिए भने रियाज डान्सका कलाकारहरूले सांस्कृतिक प्रस्तुती दिएका थिए। उक्त उद्घाटन भएको नव प्रवर्तन केन्द्रमा ई-पुस्तकालय, व्याख्यान कक्ष, थ्रिडी प्रिन्टर, थिडी प्रोगामिङ सफ्टवेर, रोबोटिक्स, इलेक्ट्रोनिक्स, बायो क्यामिस्ट्रि ल्याब, क्यामिस्ट्री ल्याब, फिजिक्स ल्याब, मेकानिकल ल्याब आदि रहेको छ।

0 Response to "कालेबुङ विज्ञान केन्द्रमा नव प्रवर्तन केन्द्र उद्घाटन ..... नव प्रवर्तन केन्द्र पहाडकै निम्ति ठूलो उपलब्धि हो – रोशन गिरी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.