-->
कालेबुङ विज्ञान केन्द्रमा नव प्रवर्तन भवन उद्घाटनको तयारीमा

कालेबुङ विज्ञान केन्द्रमा नव प्रवर्तन भवन उद्घाटनको तयारीमा

डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 21 फरवरी। कालेबुङ विज्ञान केन्द्रको नव प्रवर्तन भवन उद्घाटनको निम्ति तयारी भएको छ। तक्निकी युगमा विद्यार्थीवर्गलाई नयाँ वैज्ञानिक प्राविधिसँग जोड्न अनि वैज्ञानिक सम्भावनाहरूको खोज गर्नका निम्ति उक्त नव प्रवर्तन भवन तयारी भएको छ। डेलो स्थित विज्ञान केन्द्रकै परिसरमा स्थापित उक्त नव प्रवर्तन भवनको उद्घाटन आगामी 25 फरवरीका दिन हुने भएको छ। 
राष्ट्रिय विज्ञान सङ्ग्राहलय परिषद, संस्कृति मन्त्रालय भारत सरकारद्वारा 1 करोड 80 लाख रूपियाँक़ो लागतमा निर्मित उक्त नव प्रवर्तन भवनमा विज्ञान अनि प्राविधिकी प्रोत्साहन प्रदान अनि वैज्ञानिक खोज गर्नका निम्ति नयाँ तक्निकीको प्रयोग गरिएको छ। राष्ट्रमा सातौँ स्थान ओगट्नका निम्ति तयार रहेको उक्त नव प्रवर्तन भवन उत्तर पूर्वीय राज्यहरूमा पहिलो पल्ट स्थापना हुन गएको हो। ‘नव प्रवर्तन भवन एउटा पूल हो। जहाँ तक्निकीसँग़ जडित विषयमा अध्ययन गर्न चाहने विद्यार्थीवर्गले आफ्ना सिर्जनात्मक विचारलाई पोख्न सकिन्छ। 
विद्यार्थीवर्गको सिर्जनात्मक वैज्ञानिक सम्भावना माथि केन्द्रमा रहेका तक्निकी शिक्षकले त्यस सम्भावनामाथि खोज गर्न सहयोग प्रदान गर्नेछ’ कालेबुङ विज्ञान केन्द्रका प्रमुख डा. बी.बी गुरुङले भने। यदि वैज्ञानिक खोज माथि व्यापक सम्भावना रहे उक्त सिर्जनात्मक सोंच भएका विद्यार्थीवर्गलाई भारतका अन्य वैज्ञानिक केन्द्रका वैज्ञानिकहरूसँग जोडेर त्यसमाथि खोज गर्नलाई प्रोत्साहन गर्ने कार्य पनि नव प्रवर्तन भवनबाट सञ्चालन गरिने गुरुङले जानकारी दिएका छन्। वर्तमान युगमा वैज्ञानिक खोज तिव्रतासँग अघि बढीरहेको अवस्थामा यस क्षेत्रका विद्यार्थीवर्गलाई पनि वैज्ञानिक खोजमा प्रोत्साहन दिनका निम्ति उक्त नव प्रवर्तन भवनको भूमिका उल्लेख्नीय रहने डा. बी.बी गुरुङले जनाएका छन्। 
नव प्रवर्तन भवनमा जोडिएर वैज्ञानिक खोज गर्नका निम्ति विज्ञानसँग चाह राख्ने विद्यार्थीवर्गले नव प्रवर्तन भवनको सदस्य बन्नुपर्ने नियम रहेको छ। एकचोटि सदस्य बनेपछि विद्यार्थीवर्गले आफ्ना सिर्जनात्मक वैज्ञानिक योजनामा साकार रूप दिनका निम्ति खोज सुरु गर्न सक्नेछन्। जसको निम्ति सम्पूर्ण तक्निकी सहयोग नव प्रवर्तन भवनले दिने भएको डा. गुरुङले अझ बताएका छन्। 
कालेबुङमा वैज्ञानिक खोजमामाथि विद्यार्थीवर्गलाई लाभदायक बन्ने उक्त नव प्रवर्तन भवन निर्माण हुनमा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनको विशेष सक्रियता रहेको डा. बी.बी गुरुङले जानकारी दिँदै विज्ञान खोज माथि चासो राख्ने सम्पूर्ण दार्जीलिङ, कालेबुङका विद्यार्थीवर्गले आफ्नो वैज्ञानिक बन्ने सपना पुरा गर्न सक्नेछन् भनि जनाएका छन्। यदि विद्यार्थीवर्गले खोज गरेर निर्माण गरेको वैज्ञानिक उत्पादन श्रेष्ठ भएको त्यस उत्पादनको स्वामित्व (पेटेन्ट) प्राप्त गर्नका निम्ति पनि नव प्रवर्तन भवनले कार्य गर्ने डा. गुरुङले बताएका छन्। उद्घाटनका निम्ति तयारी रहेको उक्त नव प्रवर्तन भवनमा ई-पुस्तकालय, व्याख्यान कक्ष, थ्रिडी प्रिन्टर, थ्रिडी प्रोगामिङ सफ्टवेर, रोबोटिक्स, इलेक्ट्रोनिक्स, बायो क्यामिस्टृई ल्याब, क्यामिस्ट्री ल्याब, फिजिक्स ल्याब, मेकानिकल ल्याब आदि रहेको छ।

0 Response to "कालेबुङ विज्ञान केन्द्रमा नव प्रवर्तन भवन उद्घाटनको तयारीमा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.