-->
नयाँ जिल्लामा 3 महकुमा 10 खण्ड र 60  ग्राम पञ्चायत निर्माण गर्नुपर्ने क्रामाकपाको माग

नयाँ जिल्लामा 3 महकुमा 10 खण्ड र 60 ग्राम पञ्चायत निर्माण गर्नुपर्ने क्रामाकपाको माग

File Photo
डी के वाइबा, कालिमन्युज, कालेबुङ 11 फरवरी। मुख्य मन्त्री ममता ब्यानर्जीको कालेबुङ आगमन अनि नयाँ जिल्लाको घोषणाको क्रममा कालेबुङमा तीनवटा महकुमा, 10 वटा खण्ड अनि 62 वटा ग्राम पञ्चायत निर्माणको घोषणा गर्नुपर्ने क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीले माग गरेको छ। 
क्रामाकपा कालेबुङ महकुमा समितिका अध्यक्ष किशोर प्रधानले एक पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ जिल्लामा वर्तमान कालेबुङ महकुमा क्षेत्रसँग संलग्न क्षेत्रहरूलाई पनि समावेश गर्नुपर्ने मुद्दाको उठान गरेका छन्। विशेष गरेर कालेबुङ जिल्ला अस्तित्वमा आएपछि विकास कार्यलाई विस्तार गर्नका निम्ति प्रशासनिक कार्यालयहरूको स्थापना वर्तमान कालेबुङ बजार देखि अन्यन्त्र स्थापित गर्न पर्ने पनि क्रामाकपाको माग रहेको छ। 
‘जिल्लापाल कार्यलय विशेष गरेर समथार समलबोङ क्षेत्रमा बनाउनु पर्छ। जसले गर्दा कालेबुङ महकुमाको दुर्गम क्षेत्र तोदे ताङ्ता, जलढक्का, आदिका वासिन्दाहरूलाई बाग्राकोट भएर आउन सजिलो हुनेछ। त्यहाँ सम्पूर्ण कालेबुङवासीको निम्ति मध्य भाग बनिने कारण सबैलाई सुविधा प्रधान हुनेछ। यसका साथै विकासको गति बजारबाट बाहिर फैलिएर जान सक्नेछ’ किशोर प्रधानले भने। 
आफुहरूले कालेबुङ जिल्लालाई पूर्णरूपले स्वागत गरेको बताउँदै कालेबुङ महकुमा क्षेत्रसँग संलग्न रहेका क्षेत्रहरूलाई पनि नयाँ जिल्लाभित्र समावेश गर्ने प्रक्रिया प्रशासनिक स्तरमा सुरु गर्नुपर्ने माग गरेका छन्। उनले विशेष गरेर डुवर्सका नेपाली बाहुल क्षेत्रहरू जसलाई राष्ट्रिय राजमार्गले छेकेर कालेबुङ महकुमा क्षेत्रसँग जोडेको छ त्यस क्षेत्रलाई पनि नयाँ जिल्लाको सिमाना भित्र समावेश गर्नुपर्ने माग गरेका छन्।

0 Response to "नयाँ जिल्लामा 3 महकुमा 10 खण्ड र 60 ग्राम पञ्चायत निर्माण गर्नुपर्ने क्रामाकपाको माग"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.