-->
डम्पिङ ग्राउण्डमा गाउलेहरूले मैला फ्याक्न नदिने

डम्पिङ ग्राउण्डमा गाउलेहरूले मैला फ्याक्न नदिने

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 1 जनवरी 2017।घरी घरी बल्झिरहने कालेबुङ शहरमा मैलाको समस्याले एकचोटी पुन: सताउने छाँट स्पष्ट बनेको छ। कालेबुङ नगरपालिका क्षेत्रको मैला आजदेखि भालुखोप स्थित डम्पिङ ग्राउण्डमा फ्याँक्न स्थानीय गाउलेहरू नदिने भएका छन।
भालुखोप ग्राम कल्याण समितिले कालेबुङ नगरपालिकालाई मैला व्यवस्थापन राम्रो नगरेको आरोप लगाउँदै डम्पिङ ग्राउण्डमा आजदेखि मैला फ्याँक्न नदिने अडान राखेर विरोध गर्न सडकमानै उत्रिएको छ।
कालेबुङ नगरपालिकाले नै निर्माण गरेको डम्पिङ ग्राउण्डमा अघिबाटै स्थानीय गाउँलेहरूलाई कुनै असुविधा नहुनेगरी मैला व्यवस्थापन राम्रो गरिने आश्वासन दिएर आजसम्म डम्पिङ गर्दै आएपनि अब उसो भने मैला फ्याँक्न नदिन भालुखोप ग्राम कल्याण समिति अघि आएको छ। समितिका कार्यकर्ताहरूले आजदेखि मैला फ्याँक्न नदिनका निम्ति सडकमा नै ओर्लिएका थिए भने नगरपालिकाले आज उक्त क्षेत्रमा मैला फ्याँक्न भने पठाएको थिएन। जसको कारण कुनै तनाव सिर्जना हुन पाएन। यद्यपी उनीहरूले मैला फ्याँक्न नदिनलाई दैनिक सडकमा ओर्लिने बताएका छन्।
यसक्रममा भालुखोप ग्राम कल्याण समितिका अध्यक्ष प्रदीप राईले सही प्रारूप अनुसार जबसम्म नगरपालिकाले मैला व्यवस्थापन ठिकसँग गर्दैन तबसम्म उक्त क्षेत्रमा मैला फ्याँक्न नदिने स्पष्ट बताएका छन्। ‘नगरपालिकाले मैला फ्याँक्ने व्यवस्थापन ठिकसँग गर्नुपर्छ अनि मात्र हामी मैला फ्याँक्न दिनेछौँ’ प्रदीप राईले भने।
यता नगरपालिकाद्वारा निर्माण गरिएको डम्पिङ ग्राउण्डमा मैला फ्याँक्न नदिएपछी यता शहरवासी फोहोर मैलाको समस्याले पिरोलिने स्पष्ट बनेको छ। मैला व्यवस्थापनको निम्ति कालेबुङ नगरपालिकाले डम्पिङ ग्राउण्ड क्षेत्रमा नै बायो ग्यास प्रोजेक्ट निर्माण गरेपनि उक्त बायो ग्यासको निम्ति पनि मैला नगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन। जसको कारण दिन दिँदै कुहुने अनि नकुहुने मैलाको थुप्रो क्षेत्रमा बढीरहेको छ। यसले गर्दा डम्पिङ ग्राउण्ड संलग्न गाउँका मानिसहरूले स्वास्थ्यजनक समस्या भोग्न परिरहेको दाबी गरेका छन्।
यता क्षेत्रवासीले डम्पिङ ग्राउण्डमा मैला फ्याँक्न नदिने अडान राखेपनि महकुमा प्रशासनले भने सोहि डम्पिङ ग्राउण्डमा मैला फ्याक्ने स्पष्ट पारेको छ। महकुमा अधिकारी निर्मलय घरामीले यसबारे यस्तै जानकारी दिएका छन्।

0 Response to "डम्पिङ ग्राउण्डमा गाउलेहरूले मैला फ्याक्न नदिने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.