-->
कवि राजेन्द्र भण्डारीलाई 20 औँ पारसमणि प्रधान पुरस्कार प्रदान गरिने घोषणा

कवि राजेन्द्र भण्डारीलाई 20 औँ पारसमणि प्रधान पुरस्कार प्रदान गरिने घोषणा

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 1 जनवरी 2017। नेपाली साहित्य अध्ययन समितिले यसवर्षको 20 औँ पारसमणि प्रधान पुरस्कार कवि डा. राजेन्द्र भण्डारीलाई प्रदान गर्ने घोषणा गरेको छ। 
नेपाली साहित्यमा 25 वर्षदेखि अनवरत सेवा प्रदान गर्दै आइरहेका साहित्यकारहरूलाई प्रदान गरिने उक्त पुरस्कारको निम्ति मोठ 90 जना साहित्यकारहरूको नाउँ अनुमोदन गरिएको थियो भने आखिरमा पुरस्कार चयन समितिले कवि राजेन्द्र भण्डारीलाई 20 औँ पारसमणि पुरस्कार प्रदान गर्ने निर्णय लिएको हो। सन् 1956 मा कालेबुङमा जन्मेका कवि डा. राजेन्द्र भण्डारीले यसभन्दा अघि भाइचन्द स्मृती पुरस्कार, शोभाकान्ति थेगिम पुरस्कार, शिवकुमार राई स्मृति पुरस्कार, दियालो पुरस्कार, गुमानसिंह चामिलिङ पुरस्कार अनि सिक्किमबाट भानु पुरस्कार प्राप्त गरिसकेका छन् भने यसपल्ट उनलाई 20 औँ पारसमणि प्रधान पुरस्कार प्रदान गर्ने नेपाली साहित्य अध्ययन समितिले घोषणा गरेको छ। 
यसबारे नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष ज्ञान सुतारले 20 औँ पारसमणि पुरस्कार प्रापकको रूपमा कवि राजेन्द्र भण्डारीको नाउँ घोषणा गरेका छन्। ‘नेपाली साहित्य अध्ययन समितिको पुरस्कार चयन समितिले 20औँ पारसमणि पुरस्कार प्रापको रूपमा डा. राजेन्द्र भण्डारीको नाउँ चयन गरेका छन्। चयन समितिको निर्णय अनुसार समितिले 20 औँ पारसमणि पुरस्कार प्रापकको रूपमा डा. राजेन्द्र भण्डारीको नाउँ घोषणा गर्दछ’ नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष ज्ञान सुतारले भने।

0 Response to "कवि राजेन्द्र भण्डारीलाई 20 औँ पारसमणि प्रधान पुरस्कार प्रदान गरिने घोषणा"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.