-->
यस पालिको धर्नाले पहाड़मा अवस्यनै नयाँ केहि दिनेछ- बिमल गुरुङ

यस पालिको धर्नाले पहाड़मा अवस्यनै नयाँ केहि दिनेछ- बिमल गुरुङ

राजेश शर्मा, कालिमन्युज, नयाँ दिल्ली 14 दिसम्बर । गोजमुमोले केन्द्र सरकारलाई चाप दिनको निम्ति गरिरहेको 5 दिने धरना प्रदर्शनको तेस्रो दिन आज दिल्लीको जन्तर मंतरमा अनसनसाथ प्रारम्भ गऱ्यो । आज धरनामा गोजमुमो पार्टी अध्यक्ष बिमल गुरुङ पनि उपस्थित थिए| 
तिनले छुट्टै एउटा भेटमा कुराकानी गर्दै भने कि दिल्लीमा यस पाली भइरहेको धरनाले कुनै राम्रो कार्य हुने संकेत देखीएको छ जसको निम्ति पहाड़को संसदले गोर्खाको हितमा काम गरिरहेको छ| दिल्लीमा बारमबार गोजामुमोले आवाज उठाउने काम गरिरहेको छ अनि यस सालको धरनाले पहाड़को जनताको हितमा कुनै नया बाटो स्थापना गर्ने अनि केन्द्र सरकारले गोर्खाको आवाजलाई सुन्ने आशा गरिएको छ । 
तिनले भने आज यस समयमा गोर्खाहरु एक भएर आवाज उठाउन पर्छ । गृहमंत्रालयबाट बोलाहट हुने संकेत पाइएकोछ तर खबर भने आइहालेको छैन | यदि केन्द्र सरकारको गृहमन्त्रालयबाट कुनै निमन्त्रण आएन भने अवस्यनै पहाड़ तराइ अनि डुवर्सको निम्ति म बुलंद आवाजसाथ उठाउने छु | मलाई साथ दिन म जनतालाई आग्रह गर्छु जनताले साथ दिए म गोर्खाल्याण्डको निम्ति सरकार समक्ष मैले गर्ने कार्य गरेको हुन्छु । 
तिनले एउटा प्रश्नको उत्तर दिदै iभने कि पहाड़को कतिपय पार्टीले दिल्लीमा गोर्खाको आवाज बिथोलने काम गरिरहेको छ जसको निम्ति जनताले अब सोचनपर्छ । यसै समयमा गोर्खाको आवाज महत्वपूर्ण देखिनुपर्छ । 2016को जन्तर मन्तरको धरना कार्यक्रमले पहाड़को निम्ति अवस्यनै केही नयाँ कुरा ल्याएको हुनेछ भन्ने कुरामा म केन्द्र सरकार समक्ष आशाबादी रहेको छु । 
तिनले भने पहाड़को जनताले आज दिल्लीको प्रांगनमा अलग राज्यको निम्ति आवाज उठाइ रहेको छ त्यसको फल आउने दिनमा अवस्य नै राम्रो हुनेछ। तिनले अपिल गर्दै भने कि पहाड़, तराई अनि डुवर्सका सन्तानले नअत्तालिकन अलग राज्यको निम्ति साथ दिनुहोस ।

0 Response to "यस पालिको धर्नाले पहाड़मा अवस्यनै नयाँ केहि दिनेछ- बिमल गुरुङ "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.