-->
डूवर्सका ७ बंधन श्रमिकहरू नेपालबाट मुक्त

डूवर्सका ७ बंधन श्रमिकहरू नेपालबाट मुक्त

कालिमन्युज, सिलगड़ी, २६ दिसम्बर: मानव तस्करीको एक घटनामा नेपालबाट ७ व्यक्तिहरुलाई  मुक्त गरिएको खबर प्राप्त भएकोछ| मुक्त गरिएका ७ मध्ये ३ स्त्री अनि ४ पुरुष छन यसमध्ये २ अल्पवयस्क छन । अल्पवयस्कहरुमा एक किशोर अनि एक किशोरी रहेका छन|
तिनीहरु जलपाइगडी जिल्लाको माल थाना अंतर्गत ओदलाबारी क्षेत्रका बासिन्दा हुन| पिडीतहरुलाई एक दलालले काम दिने प्रलोभनमा नेपाल पुर्याएको जनाइएको छ| उनीहरुलाई सिलगडीको एउटा ईटा कारखानामा काम दिने भनेर सिलगडी पुरयाएको तर सिलगडी पुगेपछि कारखाना सिलगडीदेखि अझ टाडा रहेको भन्दै काकरभित्ता पुरयाएको अनि त्यहाबाट पनि केही टाडा मात्रै रहेको बहानामा नेपालको गोरानाबजार पुर्याएको आरोप लगाइएको छ| 
काकरभित्तादेखि ७-८ घण्टा टाडोमा जनकपूर अन्चल अन्तर्गत महोत्तरी जिल्लाको रामगोपालपूर प्रहरी चौकीको गोरानाबजारको एउटा ईटा भट्टीमा काम गर्न उनीहरुलाई लगिएको एक महिना भैसकेको थियो | उनीहरुलाई रु १.२५ प्रति ईटा पारिश्रमिक दिइन्थ्यो | तर उनीहरुलाई उनीहरुको घरमा सम्पर्क गर्न निषेध गरिएको थियो भने सो गरेमा नतिजा राम्रो नहुने धम्की समेत दिइएको अनि तिन महिना सम्म काम गरेर मात्र छोडेर घर जान पाइने हुकुम गरिएको थियो| एकजना ठेकेदारले पिडित किशोरीहरुलाई अपशब्द समेत प्रयोग गरेर प्रताडना दिइएको बताइएकोछ| 
यसैबीच केही पिडीतहरुले लुकेर आफ्नो घरमा सम्पर्क गरि आफ्नो पिडाबारे जानकारी दिन सके| “स्टेप्स” नामक ओदलाबारीको एक गैर-सरकारी संस्थाले यस घटनाबारे जानकारी थाहा पाएपछी परिवारपक्षबाट माल थानामा एफ आइ आर अनि हराएको डाइरी दर्जा गरियो| “स्टेप्स” ले जलपाईगडी अनि दार्जीलिंगका डीसीपीओ दुवैलाई यसबारे सूचना दियो | डीसीपीओ मृनाल घोसले यसबारे सिलगडीको अर्को गैर-सरकारी अनि मानव तस्करी विरोधी संस्था “टाईनी ह्यान्ड्स इण्डिया”संग समपर्क गरे जसको नेपालमा पनि यस्तै समबन्धित आफ्नो संस्था रहेको छ| 
“टाईनी ह्यान्ड्स इण्डिया” ले नेपाल पुलिससंग सम्पर्क गरेर नेपालको काकरभिट्टा क्षेत्रको विभिन्न जगहमा छापामारेर खोजि गरेता पनि उनीहरुको पत्तो लगाउन सकेन| पिडीतहरुलाई उनीहरु कुन जगहमा राखिएको थाहा नलागेको कारण पहिलो प्रयासमा उनीहरु मुक्त हुन सकेनन| काकरभिट्टा प्रहरीका एस आइ गिरिराज खड्काको सहायतामा विभिन्न स्थानमा खोजि गरेपछि उनीहरुको पत्तो लाग्यो अनि “टाईनी ह्यान्ड्स इण्डिया”को एक दल रामगोपालपुर थानाको सहयोगमा नेपालको उक्त ईटा भट्टी पुगयो| त्यहा ईटा भट्टी मालिकले उनीहरुलाई प्रलोभन नदिएर काम गर्न मात्र ल्याएको बताए तर पिडितहरुले अर्कै कुरा बताए| 
एजेन्टले कारखाना मालिकबाट ने रु ५० हजार लिएको कारण मालिकले उनीहरुलाई जान नदिएको बतायो| ७ पिडित मध्ये २ जना विद्यार्थीहरु छन जसमध्ये १ जना माध्यमिक परिक्षा २०१७ दिन लागेका छन भने अर्का विद्यार्थी बाह्रौ श्रेणीका छात्रा हुन अनि एक महिना मात्र काम गरेर पडाइ कायम राख्न घर फर्किने सोचेर उनीहरु यो काम गर्न राजी भएका थिए| 
नेपाल पुलिसको रामगोपालपूर थानाको एस आइ बेचन यादवको नेतृत्वमा ७ जना पिडितहरुलाई उ स्थानबाट हिजो उद्धार गरियो| आज उनीहरुलाई “टाईनी ह्यान्ड्स इण्डिया” को टोलीले नेपालबाट भारत ल्यायो | सम्पूर्ण कागजातको काम पूर्ण भएपछी उनीहरुलाई ४१ बटालियन एस एसबीको उपस्थितिमा आ आफ्ना परिवार अभिभावकको हातमा जिम्मा लगाइयो| पुलिस सुत्र अनुसार मानव तश्कर गर्ने उक्त दलाल फरार भएको र उसको विरुद्ध धारा ३६३, ३६६ए, ३७८ (४) आइपीसी अन्तर्गत मामिला दर्जा गरिएको छ |

0 Response to "डूवर्सका ७ बंधन श्रमिकहरू नेपालबाट मुक्त"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.