-->
मगर विकास वोर्डको सभा सम्पन्न

मगर विकास वोर्डको सभा सम्पन्न

डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 अक्टोबर। मंगर विकास बोर्डको कार्यकारी समितिको सभा सम्पन्न भएको छ। विकास बोर्डका अध्यक्ष नवीन थापाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा उनले मगर विकास बोर्डको सम्पूर्ण कार्यक्रमहरूको विवरण अनि भावी कार्यक्रमहरूबारे जानकारी गराएका थिए। यसबारे कार्यकारी समितिका सदस्यवर्गले भावी कार्यक्रमबारे आ-आफ्ना विचार राखेका थिए। 
कार्यकारी समितिको उक्त सभामा विभिन्न स्थानहरूमा सार्वनजिक भवन निर्माणार्थ सरकारलाई माग राखिने प्रस्ताव पारित गरिएको छ। यसका साथै वर्तमान अवस्थामा बेरोजार रहेका शिक्षित युवा युवतीहरूका निम्ति रोजगारमूलक प्रशिक्षण प्रदान गरिनुपर्ने पनि चर्चा गरिएको नवीन थापाले बताएका छन्। मगर जातिका निम्ति सिलगडीमा एउटा युवा होस्टेल निर्माणको आवश्यक्ता रहेको अनि यसबारे पनि सरकारलाई अवगत गराएर माग राख्ने कार्यकारी समितिले प्रस्ताव ग्रहण गरेको छ। 
सभामा अहिलेसम्म सरकारद्वारा प्राप्त कोष अनि यसको प्रयोगबारे सम्पूर्ण विवरण बोर्डका उपाध्यक्ष तुशर मगरले दिएका थिए। सभामा मगर जातिका विपन्न परिवारवर्गका निम्ति घर निर्माणको निम्ति अनुमोदिर राशी अनि गृह निमार्ण कार्यमा भइरहेको विषयमा पनि सभामा कार्यकारी समितिलाई जानकारी दिइएको थियो। सभामा मगर जातिका विपन्न परिवारहरूको निम्ति गृह निर्माणको सत्य तथ्य र आवश्यता जाँच्न गर्ने कमिटि गठन गरिने पनि प्रस्ताव पारित गरिएको छ। जुन कमिटिले गृह निर्माण सम्पूर्ण देख रेख गर्ने भएको छ। 
मगर विकास बोर्डको उक्त सभामा कालेबुङ महकुमा अधिनस्थ रहेका तीनवटा खण्डहरूका प्रतिनिधीहरू क्रमैले पप्पु थापा, रमेश मगर, दार्जिलिङबाट युवराज राणा मगर, खर्साङबाट सचिव मगर, तेजबहादुर मगर, शरण मगर, अनि ओम मगर उपस्थित रहेका थिए। सभामा अहिलेसम्म मगर विकास बोर्डले गरिरहेका कार्य अनि भविष्यमा गर्नुपर्ने कार्यहरूबारे अध्यक्ष नविन थापा मगरले निर्देश दिएका छन्। आजसम्म मगर बोर्डले गरिरहेको कार्यको सराहना गर्दै उनले भविष्यमा पनि जातिय हितार्थ अझै राम्रा कार्य गरेर उदाहरण पेश गर्नुपर्ने सदस्यवर्गलाई आह्वान गरेका छन्। 

0 Response to "मगर विकास वोर्डको सभा सम्पन्न "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.