-->
गुरुङ जातिको विकासका निम्ति गुरुङ सङ्गठन गठन

गुरुङ जातिको विकासका निम्ति गुरुङ सङ्गठन गठन

डी के वाइबा, कालिमन्युज, कालेबुङ 24 जून। दार्जीलिङ पहाड लगायत तराई डुवर्सका गुरुङ जातिलाई एकबद्ध बनाउन गुरुङ सङ्गठन गठन गरिएको छ। यहाँको 12 माइल परिसरमा एक सभा बसेर आज उक्त सङ्गठनको कार्यकारिणी समिति गठन गरिएको छ।
गुरुङ सङ्गठनको आधिकारिक गठन पछि अब सङ्गठनले समस्त गुरूङहरूको सुरक्षाको निम्ति कार्य गर्ने दावी गरेको छ। आजसम्म गुरुङ जाति पछि परेको बताउँदै अब पछि परेका गुरुङ जातिलाई एकबद्ध बनाएर आफ्नो भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न सङ्गठनले कार्य गर्ने भएको छ।
‘हामीले काम धेरै अघिदेखि गर्दै थियौ। आज चाहि आधिकारिक रूपमा कमिटी बनाएका हौ’- नवगठित सङ्गठनका अध्यक्ष नवराज गुरूङले भने। 
उनले सङ्गठनको मुख्य उद्देश्य गुरूङहरूको विकास गर्नु हो ग्रामीण क्षेत्रमा छरिएर बसेका गुरुङ जातिको उन्नतीको निम्ति कार्य गर्ने दाबी गरेका छन्। उनले गुरूङ सङ्गठनको रूपमा गुरूङ विकास वोर्डको निम्ति पनि अघिबाटै पहल हुँदै आइरहेको जनाउँदै उनले आफुहरूको उद्देश्य गुरूङहरूको संस्कृतिको विकास हो भने। यसबाहेक उनीहरूको सामाजिर र आर्थिक अवस्थामा पनि विकास हुनुपर्छ भन्दै यसको निम्ति गुरूङ जातिको निम्ति पनि विकास बोर्ड गठन गरिनुपर्छ भनि माग गरे। 
उक्त मागबारे उनले अघिबाटै राज्यका गृहमन्त्री, पछौटे कल्याण विभाग लगायत मुख्यमन्त्री समेतलाई पत्राटार गरिसकेको जानकारी गराउँदै अब यस मागलाई जोडदारसंगले उठान गरिने पनि नवराज गुरुङले जानकारी गराए। यसैक्रममा सङ्गठनका सचिव अर्पण गुरूङले प्रत्येक ग्रामीण क्षेत्रमा पुगेर गुरूङहरुलाई सचेत गराउने बताउँदै आज गुरुङहरू धेरै पछि परेको बताए। 
यता सङ्गठनका कोषाध्यक्ष चन्द्रबहादुर गुरूङले सङ्गठनले पहिलो कार्यक्रम स्वरूप 6 जुलाईदेखि गाउँ पस अभियान शुरू गर्नेछ जनाए। तेज बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न उक्त सभामा सङ्गठनको कार्यकारी समितिको चयन गरिएको छ। जसमा अध्यक्ष नवराज गुरूङ, उपाध्यक्षमा क्रमैले हस्तबहादुर गुरूङ,तेजबहादुर गुरूङ, नीलकुमार गुरूङ र भीम गुरूङ, मूल सचिव अर्पण गुरूङ,सहसचिव सोम कुमार गुरूङ र राजेन गुरूङ, कोषाध्यक्ष चन्द्र बहादुर गुरूङलाई चयन गरिएको छ। 
यसबाहेक कार्यकारिणी सदस्यहरूको पनि चयन आज नै गरिएको छ। सभामा दार्जीलिङ, खरसाङ, रोङ्गो, मन्सोङ लगायत अन्य स्थानबाट गुरूङहरूको उपस्थिति रहेको थियो।

0 Response to "गुरुङ जातिको विकासका निम्ति गुरुङ सङ्गठन गठन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.