-->
राजनैतिक दाव पेचको निम्ति गोजमुमो सदस्यहरुको पक्राउ – विनय तामङ

राजनैतिक दाव पेचको निम्ति गोजमुमो सदस्यहरुको पक्राउ – विनय तामङ

कालिमन्युज, जयगीँउ 1 सितम्बर । 2009 को गोर्खाल्याण्ड आन्दोलनको विभिन्न फौजदारी मुद्धाहरुमा भएकाहरुलाई पक्राउ गर्ने क्रम डुवर्समा प्राम्भ भएको छ। मध्य डुवर्सको गोजमुमो केन्द्रिय समिति सदस्यय सन्दीप छेत्रीलाई चमर्ची क्षेत्रबाट आज दिउसो बानरहाटबाट् बंगाल पुलिसले पक्राउ गर्यो । 
समाचार प्रकासमा आउन साथ डुवर्समा गोजमुमोका समर्थकहरु एंव कार्यकर्ताहरुमाझ तनाव साथ हतासा देखियो । 
यस सम्वन्धमा गोजमुमोका सुचना एंव संचार विभागका सभासद विनय तामङसंग दुरभाषमा जानकारी लिदा तिनले भने तृणमूल काग्रेस नेत्रि मुख्य मंत्री ममता मंत्री ब्यानर्जीको यो राजनैतिक षडयंत्र हो, 2011 मा केन्द्र, राज्य एंव गोजमुमो माझमा भएको त्रिपक्षिय समझौता भएर नै गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जिटिए) बनिएको थियो त्यस समय उक्त समझौतामा 2007 देखी 2011 सम्मको केसहरुलाई खारीज गर्ने लिखित हस्ताक्षर भएको थियो । तर ममता सरकारले राजनैतिक षड़यन्त्र रचेर डुवर्सको केन्द्रिय समितिका पार्टी सदस्य सन्दिप छेत्रीलाई पक्राउ गरी 2011 को समझौतालाई उलंघन गरेको छ, तिनले भने यस बारे कालेबुङ्मा हुने द्विपक्षीय वार्तामा अवस्यै कुरा उठाउनेछौ, तिनले बताए । 
यस सम्वन्धमा बिमल गुरुङले नियूक्त गरेका डुवर्सको गोजमुमो चिफ आनन्द बिश्वक्रमसंग फोनमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सरकारी पक्षको पुलिसबिभागको क्राइम डिएस पि अनिरुद ठाकूरले भने कि गोजमुमोको 2009 मा भएको आन्दोलनको मुद्धामा ननबेलेबल केस भएको खण्डमा तिनलाई पक्राउ गरिएको हो ।

0 Response to "राजनैतिक दाव पेचको निम्ति गोजमुमो सदस्यहरुको पक्राउ – विनय तामङ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.