-->
बजेट सत्रमा गोर्खाल्याण्डको आवज उठ्ने जाप युवा एकाइको दाबी

बजेट सत्रमा गोर्खाल्याण्डको आवज उठ्ने जाप युवा एकाइको दाबी

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 10 जनवरी। संसदको बजेट सत्रअवधी जन आन्दोलन पार्टीले दिल्लीमा धर्ना प्रदर्शन गर्ने तय गरिसकेको छ। यस्तो अवस्थामा गोर्खाल्याण्डको मागलाई दिल्लीको सडकमा गुञ्जाउन चाहना राख्नेहरूलाई जापले दिल्ली चलो कार्यक्रममा सहभागी भइदिने खुल्ला अपिल गरेको छ। 
जाप युवा एकाइका प्रवक्ता नरेश राईले आज एक पत्रकार सम्मेलन आयोजना गरेर संसदको शितकालिन सत्रमा जापले दिल्लीमा चलाएको ‘संसद मार्च’ कार्यक्रमले केन्द्र सरकारलाई धेरै प्रभाव परेको दाबी गर्दै आगामी 29 जनवरी देखि सुरु हुने बजेट सत्रमा पुन: दिल्लीमा धर्ना दिने भएको राईले स्पष्ट पारेका छन्। 
उनले शितकालिन सत्रमा संसदमा गोर्खाल्याण्डको आवाज उठ्न नसकेपनि आफुहरूले दिल्लीमा विभिन्न राजनैतिक दलका सांसदहरूसँग भेटघाट गरेर फर्किएको कारण बजेट सत्रम गोर्खाल्याण्डको आवाज संसदमा उठ्ने नरेश राईले दाबी गरेका छन्।

0 Response to "बजेट सत्रमा गोर्खाल्याण्डको आवज उठ्ने जाप युवा एकाइको दाबी"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.