-->
सी के प्रधान हत्याकाण्ड : परिवार पक्षलाई छैन न्यायको कुनै आशा ..... विनय तामाङको वयानले झिनो आशा जागेको छ – डी.के प्रधान

सी के प्रधान हत्याकाण्ड : परिवार पक्षलाई छैन न्यायको कुनै आशा ..... विनय तामाङको वयानले झिनो आशा जागेको छ – डी.के प्रधान

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 10 जुलाई। गोरामुमो नेता सी के प्रधान हत्याकाण्डको पुन: सीबीआई जाँचको निम्ति पहल गर्ने जीटीए अध्यक्ष विनय तामाङले जनसभाबाट घोषणा गरेपछि यता स्व. सी के प्रधानका दाजु कर्णल डी के प्रधानले प्रतिक्रिया व्यक्त गर्दै आफुहरूले न्याय पाउने आशा मारिसकेको बताएका छन्। 

‘अहिले सी के प्रधानको हत्या भएको 16 वर्ष भइसक्यो। सन् 2011 देखि सीबीआईले गवाही लिने कार्य गरिरहेको छ। यससम्बन्धमा अहिलेसम्म न्यायालयले के आदेश दियो, मुद्दा कहाँ पुग्यो हामीलाई केही जानकारी छैन’ स्व. सी के प्रधानका दाजु कर्णल डी.के प्रधानले भने।

सन् 2002 मा दिउँदै कालेबुङ बजारको डडुँवा डाँडामा प्रधानलाई गोलि ठोकेर हत्याराहरू चम्पट कसेपछि उक्त हत्याकाण्डको जाँच सीबीआईले नै गर्दै आइरहेको छ। यद्यपी अहिलेसम्म पीडित परिवार पक्षले भने न्याय पाउन नसकेपछि जीटीए प्रमुख विनय तामाङले सी के प्रधानका परिवार पक्षलाई न्याय दिलाउनका निम्ति पहल गर्ने घोषणा गरेका हुन्।

तामाङको घोषणा पछि आज पहिलोपल्ट प्रतिक्रिया दिँदै स्व. सी के प्रधानका दाजु डी के प्रधानले आफ्नो भाइको हत्या भएको 16 वर्षसम्ममा पनि न्याय नपाउँदा सम्पूर्ण आशा मारेपनि अहिले जीटीए अध्यक्ष विनय तामाङले पुन: जाँचको निम्ति पहल गर्ने घोषणाले झिनो न्यायको आशा जागेको बताएका छन्। 

‘हामी परिवारहरूले आशा मारिसकेका छौँ तर, अहिले जीटीए प्रशासक विनय तामाङले सी के प्रधान हत्याको पुन: सीबीआईको जाँच गराउने बयान दिएपछी हामीलाई झिनो आशा जागेको छ’ प्रधानले भने। ।

0 Response to "सी के प्रधान हत्याकाण्ड : परिवार पक्षलाई छैन न्यायको कुनै आशा ..... विनय तामाङको वयानले झिनो आशा जागेको छ – डी.के प्रधान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.