-->
चित्रकार एवम् मूर्तिकार अमीर सुन्दासलाई तेस्रो स्व. तारामणि सुब्बा स्मृति पुरस्कार

चित्रकार एवम् मूर्तिकार अमीर सुन्दासलाई तेस्रो स्व. तारामणि सुब्बा स्मृति पुरस्कार

डी.के.वाइबा, कालिमन्युज, गोरुबथान 19 जुलाई। तेस्रो स्व. तारामणि सुब्बा स्मृति पुरस्कार यस वर्ष चर्चित युवा चित्रकार, मूर्तिकार अमीर सुन्दासलाई प्रदान गरिने घोषणा गरिएको छ। गोरुबथान साझा साहित्य संरक्षण संस्थाद्वारा प्रदान गरिने उक्त पुरस्कारको आज घोषणा गरिएको हो। एक पत्रकार सम्मेलनको आयोजना गरिएर संस्थाका अध्यक्ष तरुण राईले उक्त घोषणा गरेका हुन्। आगामी 20 अगस्त भाषा मान्यता दिवको अवसरमा उक्त पुरस्कार प्रदान गरिने भएको छ।

‘प्रत्येक वर्ष विभिन्न विद्या दिइने स्व. तारामणि सुब्बा स्मृति पुरस्कार यस वर्ष चित्रकला एवम् मूर्तिकला विद्या दिइने निर्णय लिएका छौँ। यसपल्टको पुरस्कार बाग्राकोट चिया कमान (पश्चिम डुवर्स) निवासी चर्चित युवा चित्रकार एवम् मूर्तिकार अमीर सुन्दासलाई दिइने निर्णय गरिएको छ’ संस्थाका अध्यक्ष तरुण राईले भने। पुरस्कारका रूपमा नगद राशि, प्रशस्ति-पत्र, स्मृति चिन्ह अनि अंगवस्त्र (दोसल्ला) प्रदान गरिने पनि अध्यक्ष राईले बताएका छन्।

चित्रकार एवम् मूर्तिकार सुन्दासले समाजलाई दिएको योगदानको कदर गर्दै पुरस्कारको निम्ति जुरीले तिनको नाउँ चयन गरेको संस्थाका अध्यक्ष राईले बताएका छन्। यसभन्दा अघि साहित्य विद्यामा युवा साहित्यकार सुवास सोताङलाई पहिलो अनि खेलकुद क्षेत्रमा अन्तरराष्ट्रीय फुटबल खेलाडी केशव प्रधानलाई दोस्रो स्व. तारामणि सुब्बा स्मृति पुरस्कारले अलङ्करण गरिएपछि तेस्रो पुरस्कार कित्रकार एवम् मूर्तिकार सुन्दासले दिइने निर्णय लिइएको पनि उनले स्पष्ट पारेका छन्। वितेको वर्ष छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको कारण कसैलाई प्रदान गर्न नसकेको पनि उनले जानकारी दिएका छन्।

अर्कोतिर, यसै वर्ष पारसमणि पुरस्कार अनि स्रष्टा पुरस्कारले विभूषित डा. एडोन रोंगोंगलाई पनि उक्त कार्यक्रममा सम्वर्द्धना जनाइने  भएको तरुण राईले जानकारी दिएका छन्। यसरी नै शिक्षा अनि सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिनुहुने युद्धवीर उच्चत्तर माध्यमिक विद्यालयक पूर्व प्रधान अध्यापक आर.बी.राई अनि समाजसेवी श्याम थापालाई नागरिक सम्मान जनाइने पनि संस्थाका सचिव रुस्तम शर्माले जानकारी दिएका छन्।

स्मरण रहोस्, हरि सुन्दास अनि फूलमाया सुन्दासको कोखमा बाग्राकोटमा जन्मिएका सुन्दासले बद्रीनारायण प्रधान, आदिकवि भानुभक्त आचार्य, महाकवि देवकोटा, अगमसिंह गिरी, पारसमणि प्रधान, हरिभक्त कटुवाल, अरुणा लामा, डा. अम्बेड्कर, दुर्गा मल्ल, नवाङ गोम्बु, विरसा मुण्डा, विष्णुलाल उपाध्यय, लगायत 30 भन्दा बढी मूर्ति बनाएर प्रसिद्धि कमाएका छन्। उनके बनाएका मूर्तिहरु मणिपुर, असम, सिक्किम, दार्जीलिङ, सिलगढी, डुवर्स आदि विभिन्न क्षेत्रमा स्थापित समेत गरिसकेको छ।

0 Response to "चित्रकार एवम् मूर्तिकार अमीर सुन्दासलाई तेस्रो स्व. तारामणि सुब्बा स्मृति पुरस्कार"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.